जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।

त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल बैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, डिजिटल प्रणालीमार्फत् नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सिमा भित्र परेका तीन वटा घरटहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

उनले सरकारले बालअधिकार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताए । त्यस्तै सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ती तथा पदस्थापन गर्ने निर्णय समेत गरेको बताए ।

1740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?