जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल पत्रकार महासंघ की कांग्रेसी अखडा, अध्यक्ष पोखरेलको निवास, कोषाध्यक्ष सेजुवालको कमिशन खेतीः महासंघकै केन्द्रिय महिला उपाध्यक्ष अधिकारी, सचिव चौहान र केन्द्रिय सदस्य तिवारी कांग्रेस पार्टीकै विभिन्न पदमा निर्वाचितः किन बोल्दैन प्रेस चौतारी ?

नेपाल पत्रकार महासंघ की कांग्रेसी अखडा, अध्यक्ष पोखरेलको निवास, कोषाध्यक्ष सेजुवालको कमिशन खेतीः महासंघकै केन्द्रिय महिला उपाध्यक्ष अधिकारी, सचिव चौहान र केन्द्रिय सदस्य तिवारी कांग्रेस पार्टीकै विभिन्न पदमा निर्वाचितः किन बोल्दैन प्रेस चौतारी ?

नेपालका करिब करिब १३ हजार पत्रकारहरुको साझाा संस्था, आस्थाको केन्द्रविन्दु नेपाल पत्रकार महासंघमा नयाँ कार्य समिति निवार्चित भए संगै कांग्रेसी अखडा बनेको छ भन्दा अब चाहि फरक पर्दैन । नेपाल पत्रकार महासंघको भवन नेपाल सरकारको अनुदानबाट बनेको हो । त्यो आम पत्रकारहरुको साझा संस्था पनि हो तर, विपुल पोखरेल अध्यक्षमा निर्वाचित भएपछि उनीले निवास बनाएर कब्जा गरेका छन् भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । उनीले महासंघलाई नै निवास बनाएर दिउँसो होइन राती सुत्ने (गेष्ट हाउस) नै बनाएरको फेला परेको छ ।

यसैले आम पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कतै कांग्रेसी अखडा त बनेको होइन भनी आम पत्रकारहरुले चिन्ता र चासो ब्यक्त गर्न थालेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका कोषाध्यक्ष एवं कांग्रेस महामन्त्री पूर्व बहादुर खड्काका प्रेस सल्लाहकार कलेन्द्र सेजुवालले त केन्द्रिय समितिको स्वीकृत नै नलिईकन एउटा घिन लाग्ने काम गरेको फेला परेको छ । भनिन्छ एउटा संस्थाले कुनै पनि काम गर्दा टेण्डर आव्हानबाट गर्ने परम्परा छ । तर, कोषाध्यक्ष सेजुवालले त महासंघलाई चाहिने हवाई टिकट काट्ने, गाडी उपलब्ध गराउने एजेन्ट आफ्नै जिल्लाको साथीको पीक नेपाल भन्ने संस्थाको सम्पर्क कार्यालय काठमाडौं देखाएर सबै जिम्मा दिएको भेटिएको छ । यसबाट कोषाध्यक्ष सेजुवालले ठूलो आर्थिक अनियमितता गरेको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन ।

सो संस्था माफर्त उनीले हवाई टिकट र बिल, मिसनका गाडीको बीलबाट १५ प्रतिशत कमिशन लिने गरेको भेटिएको छ । यतिसम्मको नक्कली बिल नै बनाएर आर्थिक अनियमितता गरेको भेटिएको छ । यसले आम पत्रकारहरुको प्रतिष्ठा माथी नै आँच आउने काम भएको छ भन्दा अब चाहि फरक पर्दैन । कहाँ छ नेपाल पत्रकार महासंघको लेखा समिति उसले यस्ता विषयमा छानवीन गरि कारवाही गर्न सक्ने उसको कार्यविधीमा नै उल्लेख गरिएको छ । यसबारे केन्द्रिय लेखा समितिका संयोजक लेखनाथ न्यौपानेसंग पटक÷पटक सम्पर्क गर्दा उनीले फोन उठाएनन् । यसबाट के प्रस्ट हुन्छ भने यस कार्यमा कतै केन्द्रिय लेखा समितिको पनि मिलोमतो छ कि भन्ने आशंका बढेको देखिन्छ । हेक्का होस् ।

विगतमा सुरेश आचार्य सभापति नेपाल पत्रकार महासंघको हुँदा देखिनै श्यामकृष्ण भेटवालको एउटा कम्पनीलाई हालका उपाध्यक्ष रमेश विष्ट कोषाध्यक्ष हुँदा सम्झौता गरि सो कम्पनीले सबै खाले टिकट उपलब्ध गराउने र नाफाबाट १० देखि १५ प्रतिशत नेपाल पत्रकार महासंघलाई दिने गरि सम्झौता भएको पत्र आर्थिक बजार न्यूज डटकमसंग सुरक्षीत छ । तर, केन्द्रिय समितिलाई जानकारी नै नदिई कोषाध्यक्ष सेजुवालले आफ्नै साथीको पीक नेपाल कम्पनीलाई नियुक्त गरि हवाई टिकट, महासंघको बैठक, मिसनहरुमा प्रयोगका गाडीका सबै प्रक्रियाहरुको जिम्मा दिएको देखिन्छ । यस कम्पनीबाट महंगा टिकट खरिद गरि घोटला भएको र थप १५ प्रतिशत कमिशन समेत लिने गरेको भेटिएको छ । हेक्का होस् ।
हजारौं पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई कमाउ धन्दा बनाउने, गोष्ट हाउस बनाउने र महासंघको पदलाई दुरुपयोग गर्दै कांग्रेस पार्टीका महत्वपूर्ण पदमा उम्मेदवार दिएर विजय हासिल गर्ने अधिकार केन्द्रिय समितिका कुनै पनि पदाधिकारीहरुलाई महासंघको विधानले छुट दिएको छैन हेक्का होस् । छानवीन होस् ।

यति मात्रै होइन हजारौं हजार पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघकै केन्द्रिय महिला उपाध्यक्ष वाला अधिकारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएकी छन् । समाजिक सञ्जालमा महिला उपाध्यक्ष पदबाट राजिनामा दिने भनी आफ्नो प्रचार आफै गर्दै हिडेकी अधिकारीले पत्रकार महासंघको केन्द्रीय नेतृत्व समक्ष अझै लिखित राजीनामा पत्र दिएकी छैनन् । भन्दा फरक पर्दैन ।
यस बारेमा केन्द्रिय उपाध्यक्ष रमेश विष्टले भनेः– राजीनामा दिने सामाजिक सञ्जालमा वालाजीले लेख्नु भएको देखे तर राजीनामा दिएको मलाई थाहा छैन । भनी पंक्तिकारसंग बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय उपाध्यक्ष वाला अधिकारीले पदबाट राजीनामा दिने सामाजिक सञ्जालमा पोष्ट गरेर आफ्नै चुनावी प्रचार गर्दै हिँडेको भेटिएको छ । यहाँ सम्मकी उनीका बारेमा विभिन्न सञ्चार माध्याममा आएका समाचार उनीले फेसबुकमा राखी आफ्नै कांग्रेस पार्टीको प्रचार गरेको भेटिएको छ । महासंघको उपाध्यक्ष पदको दुरुपयोग गर्दै आफ्नै कांग्रेस पार्टीको प्रचार गर्ने अधिकार अधिकारीलाई छैन । हेक्का होस् ।

केन्द्रिय नेतृत्वमै भएका व्यक्तिहरुले महासंघको प्रतिष्ठा, आस्था र विश्वासलाई तिलाञ्जली दिँदा आम सदस्यहरुको आस्था घटाएका मात्र छैन अब महासंघ नै आम श्रमजीवी पत्रकारहरुले छाड्ने परम्पराको थालनी हुने खतरा समेत बढेको देखिन्छ । किन बोल्दैन प्रेस चौतारी ? कहा छ ? के महासंघमा उसका सदस्य छैन ? यति मात्रै होइन नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान र केन्द्रिय सदस्य छवि तिवारी नेपाली काँग्रेसको महत्वपूर्ण जिल्ला तहको नेतृत्वमा निर्वाचित भएका छन् । उनीहरुले तत्कालै साझा संस्था नेपाल पत्रकार महासंघको उच्च पदबाट राजीनामा दिनु पर्दछ कि पर्दैन यि त पात्र मात्रै हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको डाटा हेर्ने हो भने करिब करिब १५ जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्षहरु नै कांग्रेस पार्टीका स्थानीय तहका महत्वपूर्ण पदमा विजयी भएको भेटिएको छ । यसबाटै प्रष्ट भएको छ । नेपाल पत्रकार महासंघ कांग्रेसी अखडा हो भनेर हेक्का होस् । छानवीन गरि सदस्यताको टुंगो लागाइयोस ।

नेपाल पत्रकार महासंघमा प्रेस चौतारी, प्रेस सेन्टर लगायत दर्जनौ पत्रकारहरुको संस्था आवद्ध छन् । यी संस्थाहरुले यस्ता विषयमा तत्कालै बोल्नु पर्दछ कि पर्दैन ? नत्र नेपाल पत्रकार महासंघबाटै बाहिर निस्कन सक्नु प¥यो । र कांग्रेसलाई नेपाल पत्रकार महासंघ जिम्मा दिनु प¥यो भन्दा अन्यथा नहोला ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा के छ ?

महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको पुरीको विज्ञप्तिको पेटबेलीमा थियो । उनले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको सम्झना गराएका थिए । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघले आग्रह गरेको चेतावनी पनि थियो विज्ञप्तिमा ।

गत ९ भदौमा मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेको छ । सोही बुँदा उद्धृत गर्दै महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा रहेको इंगित गरिएको थियो । कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघले आग्रह गरेको थियो ।

नेपाल पत्रकार महांघका कोषाध्यक्ष के भन्छन् त ?
आर्थिक बजार न्यूजडटकमले प्रमाण सहित समाचार प्रकाशन गरिसकेपछि नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले पंक्तिकारसंग कुरा गर्दै आफूले कुनै पनि कमिशन नलिएको र नयाँ कम्पनीलाई काम दिँदा नेपाल पत्रकार महासंघलाई करिब करिब ६० हजार फाइदा भएको साथै आफू कान्तिपूर दैनिकको संवाददाता भएको, कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको प्रेस सल्लाहकार नभएको बताएका छन् । सचेत भया ।

11000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका