जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • विकास बैंकहरु मात्रै होइन, १ दर्जन वाणिज्य बैंक हरु को भन्दा बढि वितरण योग्य मुनाफा नाफा कमाएको मुक्तिनाथ विकास बैंकको भित्री कथा ?

विकास बैंकहरु मात्रै होइन, १ दर्जन वाणिज्य बैंक हरु को भन्दा बढि वितरण योग्य मुनाफा नाफा कमाएको मुक्तिनाथ विकास बैंकको भित्री कथा ?

नेपालका विकास बैंकहरुमा नम्बर १ वान बनेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकहरुलाई चुनौतीको विषय बनेको छ भन्दा फरक पर्दैन ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण केलाउने हो भने मुक्तिनाथ विकास बैंकले ८ अर्ब चुक्ता पूँजी भएका १२ वटा वाणिज्य बैंकलाई उछिनेको छ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।

नेपालको ग्रामीण भेगलाई कर्मथलो मान्दै आएको मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्जा प्रवाह र डिपोजिट संकलनमा नेपालका सबै विकास बैंकलाई उछिनेको भेटिएको छ ।

बैंकको सीइओ प्रद्युमन पोखरेल दक्ष एवं अनुभवी बैंकरहरुको सूचिमा पर्ने नाम हो । उनी विकास बैंक संघको उपाध्यक्ष पनि छन् । मुक्तिनाथ विकास बैंक भित्र युवा र अनुभवी बैंकरहरुको टिम छ । दुरदराज र ग्रामीण क्षेत्रमा लगानी गरेको मुक्तिनाथ विकास बैंकले केही वाणिज्य बैंकहरुलाई चुनौती दिएको देखिन्छ ।

मुक्तिनाथ विकास बैंकले राजधानीमा प्रधान कार्यालय सञ्चालन गरेको केही वर्ष मात्रै भएको छ तर, उसको प्रगतिले वाणिज्य बैंकहरु आत्तिएका छन् भन्दा फरक पर्दैन ।

विकास बैंक संघका पूर्व अध्यक्ष भरतराज ढकाल मुक्तिनाथ विकास बैंकका अध्यक्ष छन् । उनी आफैमा अनुभवी बैंकरहरुको नाम भित्र पर्दछन् । भने बैंकको सीइओ प्रद्युमन पोखरेल दक्ष एवं अनुभवी बैंकरहरुको सूचिमा पर्ने नाम हो । उनी विकास बैंक संघको उपाध्यक्ष पनि छन् ।
मुक्तिनाथ विकास बैंक भित्र युवा र अनुभवी बैंकरहरुको टिम छ । दुरदराज र ग्रामीण क्षेत्रमा लगानी गरेको मुक्तिनाथ विकास बैंकले केही वाणिज्य बैंकहरुलाई चुनौती दिएको देखिन्छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले हालै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्ममा बैंकको अधिकांश सुचकमा उच्च सुधार भएको विवरणमा देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२८प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भन्दा फरक पर्दैन ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको देखिन्छ ।

खुद ब्याज आम्दानीमा सामान्य मात्र सुधार देखिएपनि अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा ३० प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ। यही आम्दानीले बैंकको खुद नाफा वृद्धिदर बढाउन टेवा पुर्याएको देखिन्छ ।

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र रिटेन्ट अर्निङ्गमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत र जगेडा कोष १४.३९ प्रतिशत बढेको छ भने रिटेन्ट अर्निङ्ग १३.२२ प्रतिशत घटेको देखिन्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको देखिन्छ ।

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र रिटेन्ट अर्निङ्गमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत र जगेडा कोष १४.३९ प्रतिशत बढेको छ भने रिटेन्ट अर्निङ्ग १३.२२ प्रतिशत घटेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको आधार दर ११.१८ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ । यी सबै बैंकका सूचकले मुक्तिनाथ विकास बैंक सबल र सक्षम बैंक हो भन्दा फरक पर्दैन । सचेत भया ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप ३०.६४ प्रतिशत बढेर ७४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २२.२७ प्रतिशत बढेर ५८ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकको निष्क्रिय कर्जा ०.११ प्रतिशतबाट बढेर ०.३० प्रतिशतमा पुगेको देखिन्छ । समीक्षा अवधिमा बैंकको आधार दर ११.१८ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ । यी सबै बैंकका सूचकले मुक्तिनाथ विकास बैंक सबल र सक्षम बैंक हो भन्दा फरक पर्दैन । सचेत भया ।

 

23160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?