जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • उटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने, प्रतिकारोबार २० रुपैया तोकियो

उटा बैंकको एटीएमले अर्को बैंकमा पैसा झिक्दा शुल्क लाग्ने, प्रतिकारोबार २० रुपैया तोकियो

अब अन्तर बैक एटीएम प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको छ।

अन्तर बैक एटीएम प्रयोग गर्दा प्रत्येक महिनाको सुरुमा दुइवटा नि:शुल्क कारोबार भएपनि  त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लिन सक्नेछन्। दुई भन्दा बढी कारोबार बाहकको हकमा बैक तथा वित्तिय संस्थाहरुले पूर्व अनुमति लिएर वा सेवा शुल्क बारे पू्र्व जानकारी गराएर इन्टरनेट बैकिङ,मोवाइल बैकिङ, एसएमएस बैकिङ जस्ता विद्युतीय बैकिङ सेवा वापतको शुल्क लिन सक्नेछन्।

कोरोना सुरु भएपछि अन्तर बैकिङ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो। बैकहरुले एटीएम संचालन खर्च उठाउन नसकेको भन्दै राष्ट्र बैकसँग अनुरोध गरेपछि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरिएको हो।

बैक तथा वित्तिय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको प्रबन्ध मिलाइ  मोवाइल,इन्टरनेट,एसएमएस बैकिङ सर्भिसको आफ्नो युजर नेम तथा पासवर्ड हराएमा विर्सिएमा आफै प्राप्त गर्न (रिट्राइभ) गरि सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

10245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?