जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कनेक्ट आईपीएसको चर्को लुटमा नेपाल राष्ट्र बैंकको साथः एउटा चेक(एसी–पे) १२ बजेपछि जम्मा गर्दा एउटा चेकको एक सय शुल्क लिएर जनतामा लुट मच्चाएको खुलासा !

कनेक्ट आईपीएसको चर्को लुटमा नेपाल राष्ट्र बैंकको साथः एउटा चेक(एसी–पे) १२ बजेपछि जम्मा गर्दा एउटा चेकको एक सय शुल्क लिएर जनतामा लुट मच्चाएको खुलासा !

जनता लुट्ने एउटा संस्था कनेन्ट आईपीएस हो भन्दा अब चाहि फरक पर्दैन । नेपालको बैंक र वित्तिय संस्थाहरुको बुबा होइन हजुरबुबा (नियमनकारी निकाय) नेपाल राष्ट्र बैंकको १० प्रतिशत लगानी रहेको कनेक्ट आईपीएसले दिन चौगुना रात तीन गुना नेपाली जनता ठगी गरेको फेला परेको छ । सुन्दा पनि अचम्म लाग्ने प्रचार प्रसार गर्दा झट्ट हेर्दा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त मात्रै होइन । राष्ट्र बैंकबाटै प्रबद्र्धन भएको नारा दिने तर नचाहिने शुल्क लिएर नाफामुखी संस्था झै लुट मच्चाउने संस्था हो । कनेक्ट आईपीस भन्दा फरक पर्दैन ।

भनिन्छ अब यस संस्थालाई नेपाल राष्ट्र बैंकले आफ्नो पूर्ण स्वामित्वमा लिने भएको छ भन्दा फरक पर्दैन । कनेक्ट आईपीएसले दिनदहाडै जनता लुट्न थालेपछि नेपाल राष्ट्र बैंकले पूर्ण स्वामित्व आफैले लिन प्रक्रिया अगाडी बढाएको एक डिपुटी गर्भनरले पंक्तिकारलाई टेलिफोनमा बताए । सुन्दा पनि अचम्म लाग्ने कनेन्ट आईपीइसले १२ बजेपछिका चेक २७ वाणिज्य बैंकहरुमा सो दिन जम्मा गर्न चाहे प्रति चेकमा १०० रुपैसा शुल्क लिएको देखिन्छ । सो पैसा बैंक र वित्तिय संस्थालाई आउँदैन । सीधै कनेक्ट आईसीएसलाई जान्छ भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

सर्वसाधारण नेपाली जनतालाई कम शुल्कमा छिटो चेक क्लियरिंङ होस् भन्ने उदेश्यले राष्ट्र बैंकको प्रवर्द्धनमा एनसीएचएलको स्थापना गरीएपनि यसमा ९० प्रतिशत सेयर स्वामित्व निजि क्षेत्रको हुँदा सेवा भन्दा नाफामुखी भएकाले राष्ट्र बैंकले हस्तक्षेप गरेर सम्पूर्ण स्वामित्व आफुले लिन लागेको एक डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।

भनिन्छ एनसीएचएलले अर्को दिन साटिने गरि चेक डिपोजिट गर्दा ५०० समयको चेकमा निशुल्क, ५० हजारसम्म ५ रुपैयाँ, २ लाखसम्म १० रुपैयाँ र २ लाख माथि १५ रुपैयाँ शुल्क कायम गरिएको छ तर सोहि दिन चेक साट्नु पर्ने भए १०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । जबकी साधारणतया सोहि दिन साट्न र अर्को दिन साट्नलाई एनसिएचएललाई प्रविधि, जनशक्ति, सर्भर वा अन्य कुनै पनि स्रोत अतिरिक्त प्रयोग गर्नुपर्ने आवश्यकता रहदैन । तर, उसले आजै एकाउन्ट पे चेक जम्मा गर्दा १०० रुपैया शुल्क लिदै आएको भेटिएको छ । कनेक्ट आईपीएसले ठगी धन्दा बढाएको मात्रै छैन । राज्यलाई चुनौती दिँदै आएको छ भन्दा फरक पर्दैन ।

सर्वसाधारण नेपाली जनतालाई कम शुल्कमा छिटो चेक क्लियरिंङ होस् भन्ने उदेश्यले राष्ट्र बैंकको प्रवर्द्धनमा एनसीएचएलको स्थापना गरीएपनि यसमा ९० प्रतिशत सेयर स्वामित्व निजि क्षेत्रको हुँदा सेवा भन्दा नाफामुखी भएकाले राष्ट्र बैंकले हस्तक्षेप गरेर सम्पूर्ण स्वामित्व आफुले लिन लागेको एक डिपुटी गर्भनरले पंक्तिकारसंग दाबी गरे ।

१२ बजे अगाडी चेक डिपोजिट गर्दा सोहि दिन साटिन्छ तर १२ बजेर १ मिनेट त्यसपछि डिपोजिट गर्दा अर्को दिन मात्र साटिन्छ । तर १२ बजे पछि डिपोजिट गरेपनि अतिरिक्त १०० रुपैयाँ शुल्क तिर्दा सोहि दिन नै चेक साटिने अहिलेको अवस्था छ । यसरी घडीको सुईको आधारमा शुल्क उठाएर एनसीएचलले आर्थिक बर्ष २०७५ ७६ मा मात्रै १५ करोड ७२ लाख ८२ हजार आम्दानी गरेको देखिन्छ । गर्भनर साब ?
आम नेपाली जनताले थोरै शुल्क तिरेर सहजै भुक्तानीको सुविधा पाउन र सबैमा वित्तीय पहुँच बढोस् भन्ने राष्ट्र बैंकको उदेश्यमा एनसीएचएलको चुनौती समेत दिएको छ भन्दा फरक पर्दैन ।

सर्वसाधारण नेपालीहरुलाई भुक्तानी सेवा दिनलाई राष्ट्र बैंकले नै प्रवर्द्धन गरेको संस्थाको औषत खुद नाफा वृद्धि ४२ प्रतिशत हुँदा कति नाफामुखी छ भने तथ्यांक आफैं बोल्छ । त्यस्तै एनसीएचएलले सर्वसाधारणबाट उठाएको महंगो शुल्क बैंकमा राखेर गत बर्ष मात्रै ब्याजको रुपमा ५२ लाख ७७ हजार आम्दानी गरेको भेटिएको छ भन्दा फरक पर्दैन । लुटको खेती गर्ने यस्तो संस्था आम नेपालीलाई चाहिदैन ।

सर्वसाधारणबाट महँगो शुल्क लिएर एनसीएचएलले निजि क्षेत्रका आफ्ना ९० प्रतिशत सेयरधनीलाई उच्च प्रतिफल दिँदै आएको देखिन्छ । एनसिएचएलको कर्मचारीलाई आकर्षक बोनस तथा सीईओले बाणिज्य बैंकका सीईओ भन्दा राम्रो तलब र सुविधा लिएको भेटिएको छ । यो कस्तो संस्था हो अर्थमन्त्रीज्यू ? हेक्का होस् । यसमा राज्यको १० प्रतिशत लगानी रहेको छ ।

४ बर्षमा एनसिएचएलका सेयरधनीले ६२ प्रतिशत नगद र ७८ प्रतिशत बोनस सेयर गरि १४० प्रतिशत लाभांश बुझेका छन् भने त्यहाँ काम गर्ने २८ जना कर्मचारीले तलब सुविधा र भत्ता कटाएर गत आर्थिक बर्ष अर्थात एक बर्षमा मात्रै स्टाफ बोनस बापत ३ करोड ५२ लाख २८ हजार बुझेको भेटिएको छ । जुन एउटा कर्मचारी बराबर १२ लाख ५८ हजार हुन् आउँछ । भन्दा फरक पर्दैन गर्भनरसाब यो लुट कहिलेसम्म हो ?


गत आर्थिक बर्ष मात्रै एनसीएचएलले २३ करोड ७७ लाख ३६ हजार खुद मुनाफा आर्जन गरेको छ भने यसबाट सेयरधनीलाई ८२ लाख ८० हजार रुपैयाँ बराबरको बोनस तथा ४३ लाख २० हजार बराबरको नगद लाभांश वितरण गरेको छ । सर्वसाधारण नेपालीहरुलाई भुक्तानी सेवा दिनलाई राष्ट्र बैंकले नै प्रवर्द्धन गरेको संस्थाको औषत खुद नाफा वृद्धि ४२ प्रतिशत हुँदा कति नाफामुखी छ भने तथ्यांक आफैं बोल्छ । त्यस्तै एनसीएचएलले सर्वसाधारणबाट उठाएको महंगो शुल्क बैंकमा राखेर गत बर्ष मात्रै ब्याजको रुपमा ५२ लाख ७७ हजार आम्दानी गरेको भेटिएको छ भन्दा फरक पर्दैन । लुटको खेती गर्ने यस्तो संस्था आम नेपालीलाई चाहिदैन ।

१२ बजेपछि आएका चेकहरु आजै जम्मा गर्नु परेमा प्रति चेक १ सय रुपैया लाग्नेछ । त्यो पैसा तपाईको खाताबाट काटिने छ । यो कस्तो सेवा हो । घडीको सुईको आधारमा जनतालाई ठग्ने अधिकार कसैलाई छैन अर्थमन्त्रीज्यू हेक्का होस् ।

डिजिटल मार्फत चेक क्लियरिंङको काम गर्ने संस्थाको रुपमा स्थापना भएको एनसीएचएलले सेवा विस्तारको नाममा आफ्नो लाइसेन्स विपरित काम गरेको भेटिएको छ । भन्दा अब चाहि फरक पर्दैन । राष्ट्र बैंकले भुक्तानी प्रणाली प्रदायक र भुक्तानी सेवा संचालक गरि दुई अलग अलग प्रकृतिको लाइसेन्स वितरण गरेपनि पछिल्लो समय कनेक्ट आइपीएसले दुवै काम गर्दै आएको छ, जुन राष्ट्र बैकको कानुनी व्यवस्था बिपरित हो । तर, आफ्नै लगानी भएका कारण राष्ट्र बैंक बोल्दैन । अर्थमन्त्रीज्यू हेका होस् । एनसीएचएलले भुक्तानी प्रणाली संचालकको लाइसेन्स पाएपनि उसले भुक्तानी सेवा प्रदायकको पनि काम गर्दै आएको देखिन्छ । यो नेपाली कानुन अनुसार गर्न पाइदैन ।

हेर्दा पनि घिन लाग्ने काम कनेक्ट आईपीएससंग सेवाको सम्झौता गरेको बैंकहरुले ग्राहकलाई भन्दछन् । १२ बजेपछि आएका चेकहरु आजै जम्मा गर्नु परेमा प्रति चेक १ सय रुपैया लाग्नेछ । त्यो पैसा तपाईको खाताबाट काटिने छ । यो कस्तो सेवा हो । घडीको सुईको आधारमा जनतालाई ठग्ने अधिकार कसैलाई छैन अर्थमन्त्रीज्यू हेक्का होस् । जबकी सरकारी संस्था राष्ट्र बैंककै १० प्रतिशत लगानी रहेको संस्थाले १२ बजेपछि भन्दै एउटा चेकमा १०० रुपैया लिन पाउने अधिकार कसले दियो ? यो चाहि खोजीकै विषय बनेको छ । सचेत भया ।

6605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका