जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

प्राइम कमर्शियल र कामना सेवा विकासले ऋणपत्र निष्कासन गर्ने, सेवोनमा दिए निवेदन

प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। प्राइमले प्रतिकित्ता १ हजारमा ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको हो।

जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ भने २१ लाख कित्ता  ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ। बैंकले २०८५ सालसम्मको ८ वर्षे अवधिको यस ऋणपत्रको ब्याजदर ८.७५ प्रतिशत दिने जनाएको छ। ऋणपत्र निष्कासनका लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक चयन गरेको छ।

त्यसैगरी, कामना सेवा विकास बैंकले प्रतिकित्ता १ हजारमा  १० लाख  कित्ताको १ अर्ब रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको छ। बैंकले ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ।

बैंकले २०८७ सालसम्मको १० वर्षे अवधिको यस ऋणपत्रको ब्याजदर ९.५ प्रतिशत तोकेको छ। ऋणपत्र निष्कासनका लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ। यी दुवै बैंकको ऋणपत्र धितोपत्र बोर्डले अनुमति दिएपछि निष्कासन हुनेछन्

कृषि बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा, नाफा ८ करोड ८४ लाख

कृषि बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं बार्षिकोत्सव एवं रजतजयन्ती एक औपचारिक समारोहबीच मंगलबार केन्द्रिय कार्यालय लम्की कैलालीमा सम्पन्न गरेको छ ।

सस्थाले गत आ.व.मा संस्थाले ८ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ  । संस्थाका सदस्यहरूका लागि कुल कर्जा लगानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, कुल निक्षेप २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।  संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखाद बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिरहेको जनाएको छ ।

वि.सं.२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६ हजार ६ सय रुपैयाँ शेयर पुँजीबाट सञ्चालन भएको संस्था रजतजयन्तीसम्म आईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड शेयरपँजी रहेको आर्जन गरेको संस्थाले जनाएको छ ।

संस्थाको रजतजयन्ती  समारोहमा अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथी लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई रहेका थिए ।  समारोहका प्रमुख अतिथि एवं न.पा प्रमूख महादेव बजगाईले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका थिए । उक्त समारोहमा बोल्दै प्रमुख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

उक्त समारोहमा समुदायमा उत्कृष्ट प्रेरणादायी कार्य गर्ने ३ जनालाई संस्थाका अध्यक्षले जनही ११ हजार ११ सय १ रुपैयाँ सहित सम्मान गरेका थिए । सम्मानीत हुनेमा परोपकारी अभियन्ताका रूपमा, बर्दगोरीया गा.पा.२ मा मानसिक सन्तुलन ठिक नभएर वेवारिसे जिवन बिताईरहेका बेसाहराहरूको लागि सहाराघर सन्चालक बल बहादुर बिष्ट, कृषि अभियन्ताका रूपमा ईजायरबाट अध्ययन अवलोकनगरी फर्केर १५ विगाह जमिन भाडामा लिई खाद्यान्न, तरकारी एवं फूलखेतीमा अग्रसर बर्दगोरीया गा.पा.२ का  नविन जोशी रहेका छन् । त्यस्तै युवा अभियन्ताका रूपमा स्वच्छता अभियान एवं मानविय सहायतामा सक्रिय लम्कीचुहा न.पा.३ का युवा के.पी.खनाल रहेका छन् । समारोहमा संस्थाका संस्थापक अध्यक्ष ईन्द्र कुमार शाहलाई २५ तोला चाँदीको सिक्का सहित सम्मान गरिएको थियो  ।

यसैगरी संस्थाले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको ’महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनमा प्रथम स्थान हाँसिल गर्न सफल टीकापुरका कुबेर प्रसाद तिमिल्सिना, द्वितिय हुने लम्कीका  पुजा शाह र तृतियहुने टीकापुरका  दिक्षा तिमिल्सिना रहेका छन् ।

समारोहका विशिष्ठ अतिथी लम्कीचुहा न.पा. वडा नं १ का वडाध्यक्ष जनक बमले प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार रुपैयाँ , १० हजार र ५ हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । उक्त समारोहमा संस्थाको अन्तरशाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

यसरी पुरस्कृत हुनेमा लम्की शाखाका अमर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दास्रो, हसुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना रहेका छन् । विजेताहरूका लागि पुरस्कार राशी क्रमशः नगद १०, ७,५ र ३ हजार रहेको छ । यस अघि रजतजयन्ती लाई लक्षित गरि संस्थाले ’कोभिड १९ को विषम परिस्थितीमा संस्थाको सेवा प्रवाह एवं व्यवसाय विस्तारमा कर्मचारीको भूमीका’ विषयक अन्तर शाखा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

त्यसैगरी रजतजयन्ती कार्यक्रम संस्थाका सम्पूर्ण शाखा कार्यालयमा विविध कार्यक्रम गरि मनाइएको छ । कोभिड–१९का कारण सुरक्षा मापदण्ड अपनाई सिमित सहभागी बिच केक काटेर, शाभकामना आदानप्रदान गर्दै बार्षिकोत्सव एवं रजतजयन्ती मनाईएको हो । समारोहलाई सामाजिक सन्जाल फेसबुक एवं स्थानिय रेडियोहरूबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

हुन्डीको कारोबार गर्ने तीन व्यापारी १ करोडसहित पक्राउ

प्रहरीले हुन्डीको कारोबार गर्ने तीन जनालाई १ करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुन्धान काठमाडौं महानगरपालिका–२३, ओम बहाल स्थित गोल्डेन लिफ होटलमा अवैध रुपमा हुण्डी कारोबार गरिरहेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका–११ का हाल ताहाचल बस्ने ब्यापारी विकास मित्तल, झापा जिल्लाकै दमक नगरपालिका–११ का हाल वडा नम्बर ३१ बस्ने कमल मित्तल र पर्वत जिल्ला कुश्मा नगरपालिका–१ हाल काठमाडौंको वडा नम्बर २२ बस्ने गणेश पौडेल रहेका छन् । पौडेल पनि ब्यापारी नै हुन ।

उनीहरुको साथबाट ९९ लाख ८४ हजार रुपैयाँ र ९ सय अमेरिकी डलर समेत जफत भएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

सुर्या लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डेले राजीनामा दिए

सुर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् ।

पाण्डेले मंसिर १ देखि लागु हुने गरी संचालक समिति समक्ष सोमबार राजीनामा बुझाएका हुन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका चार्टर्ड एकाउन्टेन्ट पाण्डे २०७३ फागुनमा सुर्या लाइफ इन्स्योरेन्सको सीइओ पदमा नियुक्त भएका थिए ।

३ महिना कार्यकाल बाँकी रहदै पाण्डेले राजीनामा बुझाएका हुन् । उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको कम्पनी स्रोतले जानकारी दियो ।

पाण्डे जीबन बीमा कम्पनीहरुको छाता संगठनका अध्यक्ष पनि हुन् ।

पाण्डे सीइओ भएपपछि त्यसअघि हुन नसकेका ३/४ आर्थिक वर्षको साधारणभसा गराएका थिए । साधारणसभा भएपछि अड्किएको बोनस लगानीकर्ता र कर्मचारीले खान पाएका थिए ।

पाण्डेले नियामक निकाय बीमा समितिसँगको कम्पनीको सम्बन्ध सुमधुर बनाएका थिए । बीमा समितिको अध्यक्षमा राष्ट्र बैंकका पाण्डेका सहकर्मी चिरञ्जीबी चापागाईं भएकाले सूर्याको सम्बन्ध अत्यन्तै सुमधुर भएको थियो ।

पाण्डे सीइओ भएर जाँदाखेरी सूर्याको कूल कारोबार ३२ करोड थियो । अहिले २ अर्ब रुपैयाँको हाराहारीमा छ । त्यस्तै, करिब ३ अर्ब रुपैयाँ बराबरको लगानी कोष अहिले १० अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी, १/२ करोड रहेको नाफा अहिले २५ करोडको हाराहारीमा पुगेको छ ।

पाण्डेले व्यवस्थापकीय नेतृत्व सम्हाले पछि कम्पनीले उल्लेख्य प्रगति हासिल गरेको तथ्यांकहरुले देखाउँछन् ।

पाण्डे ०२० असोज २७ गते स्याङजाको दीर्घा अर्घले गाउँमा परिवारमा जन्मिएका हुन् । नेपालबाट ०४६ सालमा कमर्शमा बिकम गरेका पाण्डेले ०५४ मा भारतबाट चाटर्ड एकाउन्टेन्ट पूरा गरेका छन् ।

राष्ट्र बैंकमा ०४२ साल बैशाख ३ गते नोकरी सुरु गरेका पाण्डे ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । तत्कालीन गभर्नर डा. चिरज्बीबी नेपालले डेपुटी गभर्नरका लागि पाण्डेको नाम सिफारिस गरे पनि सरकारले उनलाई नियुक्त गरेको थिएन । डेपुटी गभर्नर नभएपछि उनले ३० वर्षे सेवा अवधिका कारण ०७३ साल पुस ३ गते अवकाश पाएका थिए ।

पाण्डेसँग कृषि सामाग्री संस्थान र नेपाल सरकारबीचको फरफारक र पेट्रलियमसँग सम्बन्धित भानु आयोगमा बसेर काम गरेको अनुभव छ । त्यस्तै, लुम्बीनी बैंक सुधार गर्न राष्ट्र बैंकले पठाएको टोलीको सदस्यकारुपमा साढे २ वर्ष र एक वर्ष एनसीसी बैंकको व्यवस्थापनको संयोजक भएर सुधारका काम गरेको अनुभव पनि छ । निजीकरणसम्बन्धी सरकारका विविभन्न प्राजेक्टमा काम गरेका पाण्डेलाई करको विषेशज्ञकारुपमा चिनिन्छन् ।

झन्डै ४ वर्ष बीमा कम्पनीको सीइओ भएर काम गरेपछि अब उनीसँग बीमाको अनुभव पनि भयो । स्रोतका अनुसार पाण्डे आफ्नै अडिट फर्म चलाउन लागेका छन् ।

स्वदेशी लघुवित्तको सिइओद्वारा राजीनामा

स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले राजीनामा दिएका छन् । चापागाईको राजीनामालाई कम्पनीको कात्तिक १७ गतेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको समेत जिम्वेवारी चापागाईले पुरा गर्दै आएका थिए ।

उनको राजीनामा पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तथा सचिवको जिम्वेवारी कम्पनीका कायम मुकायम नायव प्रबन्धक राजन मगरलाई दिने निर्णय कम्पनीको कात्तिक १७ गतेकै बैठकले गरेको छ । मगरले मंसिर १ गतेदेखिनै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी पुरा गर्नेछन् ।

कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्रै दिन निर्देशन

कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले रोकिएका सबै भुक्तानी दिन निर्देशन दिइएको बताए । कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका थिए । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीहरुले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ

एनएमबि ५० को शेयर लगानी नेपाल लाइफमा सबैभन्दा धेरै

एनएमबि ५० को असोजमसान्तसम्ममा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९८ पैसा कायम भएको छ । फण्डको न्याभ अघिल्लो महिनाको तुलनामा४५ पैसाले कम हो । अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेको थियो । फन्डले गत वर्षको मुुनाफाबाट इकाइधनीलाई दिएको ५ प्रतिशत नगद लाभांश पश्चात्  मूल्य समायोजन गर्दा न्याभ घटेको फण्डले जनाएको छ ।

फण्डमा सूचीकृत कम्पनीको सेयरमा लगानी ९९ करोड ३२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो भदौ महिनाको भन्दा १२ करोड ८ लाख ८८ हजार रुपैयाँ बढी हो । यस अवधिमो फन्डले ४८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानी रहेको छ । यस कम्पनीको २८ हजार ११३ कित्ता सेयरमा ३ करोड ८६ लाख २७ हजार रुपैयाँ लगानी गरिएको हो ।

सानिमा जनरल इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

सानिमा जनरल इन्स्योरेन्सले प्राथमिक निष्कासन (आईपीओ) मार्फत बिक्री गरेको साधारण सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ। सर्वसाधारणका साथै कम्पनीको स्थापक सेयर पनि नेप्सेमा सूचीकृत भएको जनाइएको छ।

सर्वसाधारणलाई बिक्री गरिएको र संस्थापकको गरी सानिमा जनरलको कुल एक करोड कित्ता सेयर सूचीकृत भएको हो। यससँगै सेयरधनीहरुले कात्तिक १९ बुधबारदेखि दोस्रो बजारमा यसको कारोबार गर्न पाउने भएका छन्। कम्पनीले लगानीकर्ताको डिम्याट खातामा कात्तिक १४ गते सेयर जम्मा गरिसकेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज १०३.७३ देखि ३११.१९ तोकेको छ। नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको ओपन रेञ्ज तोक्ने गर्दछ ।

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि २५ गतेसम्म कुल ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणले पाएका थिए।

यसअघि चुक्ता पुँजी  ७० करोड रहेको सानिमा जनरलको जारी पुँजी एक अर्ब रहेको छ। सर्वसाधारणलाई सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी पनि जारी पुँजी बराबरको रकम (एक अर्ब रुपैयाँ)  कायम भएको छ।

बैंकर तथा उद्योगी सूर्यबहादुर केसीको निधन

रारा चाउचाउका संस्थापक सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।

युवावस्थामा तत्कालीन पोखरा नगर पंचायतको प्रधानपंच समेत रहेर काम गरेका केसी सफल उधोगी मानिन्छन । उनको लगानी हाईड्रोपावर , बैंकिंग, चाउचाउ एवं फुड्स , र मिडिया लगायतका क्षेत्रमा छ ।

केसी माछापुच्छे बैंकमा लामो समयसम्म अध्यक्ष रहेर बैंक सञ्चालन गरेका थिए ।  उनी नेपाली काँग्रेसका समानुपातिक  तर्फका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको उनका परिवारले बताएको छ ।

दर्जनौ बैंक विकास बैंक र वित्तिय संस्थाको लगानीमा स्थापित जनरल इन्स्योरेन्स कम्पनीमा सञ्चालकद्वय बज्राचार्य र अग्रवालका कारण विवाद चर्कियोः बीमा समिति बेखबर ?

दर्जनौ बैंक, विकास बैंक र वित्तिय संस्थाहरुको प्रमोटर शेयर लगानी रहेको नयाँ निजीवन विमा कम्पनी जनरल इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा विवादले उत्कर्ष लिएको भेटिएको हो । महाप्रवन्धक एसके तमोटको थप कार्यकाल कति थप्ने कि नथप्ने भन्ने बारे चर्को विवाद भएपछि महाप्रबन्धक तमोटको कार्यकाल ३ महिना मात्रै थप भएपछि विवादले चर्को रुप लिएको भेटिएको छ ।

जनरल इन्स्योरेन्स कम्पनीमा बीमा समितिको निर्देशिका विपरित साधारण शेयरधनीका तर्फबाट साधारण सभानै नगरी सुचितराज बज्राचार्यलाई सञ्चालक बनाईएको भेटिएको छ । जनरल इन्स्योरेन्सको साधारण शेयर हालै केही महिना अगाडी बजारमा गएको थियो ।
तर, साधारण शेयरधनीका तर्फबाट सञ्चालक बज्राचार्य कसरी बने यसको खोजी हामीले शुरु गरेका छौं । कहाँ छ बीमा समिति किन बोल्दैन, कारण के हो ?

गत कात्र्तिक १८ गते जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा बसेको बैठकमा सञ्चालकद्वय सुचितराज बज्राचार्य र विवादास्पद व्यापारी दिपेन्द्र अग्रवालका कारण कम्पनीका हालका महाप्रबन्धक एसके तमोटलाई मात्रै ३ महिनाको कार्यकाल थप गरिएको एक सञ्चालकले पंक्तिकारसंग बताए ।

जनरल इन्स्योरेन्स कम्पनी (नेपाल)का सञ्चालक दिपेन्द्र अग्रवाल मेगा बैंकमा सञ्चालक रहँदा बैंक नै तहसनहस बनाउने गरि गोप्य कागज–पत्र पत्रकारलाई दिँदै समाचार लेखाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने विवादास्पद व्यपारी हुन् । अहिले उनीकै कारण लाखौ लाख साधारण शेयरधनी र दर्जनौ बैंक र वित्तिय संस्थाको प्रमोटर शेयर रहेको हुर्किदै गरेको, प्रगति पथमा हिड्दै गरेको जनरल इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड फेरि विवादमा फसेको छ भन्दा फरक पर्दैन ।

 

भनिन्छ सञ्चालकद्वय अग्रवाल, बज्राचार्यका कारण जनरल इन्स्योरेन्समा जनताको पैसा डुब्दै छ भन्दा फरक पर्दैन । कहाँ छ बिमा समिति ?

बीमा समितिलाई गुम्राहमा राखी साधारण शेयरधनीका तर्फबाट साधारण सभा नै नगरि कानुन बिपरित एक सञ्चालक नियुक्त गरिएको भेटिएपछि हिजै बिमा समितिमा उजुरी समेत परेको बीमा समिति स्रोतको दाबी छ । 

जनरल इन्स्योरेन्स कम्पनीले कम्पनीका महाप्रबन्धकलाई समेत थाहा नै नदिई सञ्चालक समितिले भनेको भन्दै हालका महाप्रबन्धक तमोटलाई ३ महिना थप कार्यकाल गरेको गोप्य पत्र पत्रकारलाई मेलबाट पठाएको भेटिएको छ ।

जबकी अध्यक्ष कुनाल कयालले यसबारे अनविज्ञता व्यक्त गरेका छन् । गतवर्ष ५५ करोड भन्दा बढिको व्यापार गरेको जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एवं पूराना बीमा विज्ञ तमोटलाई घरको गोठालो जस्तो गर्दै सरसल्लाहनै नगरि ३ महिना कार्यकाल थप गरिएको स्रोतको दाबी छ ।

उनी कात्तिक १७ गते कार्यालय गई अब कार्यालय नआउने भन्दै बाहिरिएको एक कर्मचारीले पंक्तिकारसंग टेलिफोनमा बताए । यस बारेमा प्रक्रिया लिन खोज्दा महाप्रबन्धक तमोटको फोन उठेन ।

बीमा समितिलाई गुम्राहमा राखी साधारण शेयरधनीका तर्फबाट साधारण सभा नै नगरि कानुन बिपरित एक सञ्चालक नियुक्त गरिएको भेटिएपछि हिजै बिमा समितिमा उजुरी समेत परेको बीमा समिति स्रोतको दाबी छ ।

जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष कुनाल कयाललाई तर्साउदै र धम्काउदै कानुन विपरित सञ्चालक बनेका सुचितराज बज्राचार्य र अर्का सञ्चालक विवादास्पद ब्यापारी एवं शेयर दलाल दिपेन्द्र अग्रवालकै कारण महाप्रबन्धकको ४ वर्ष कार्यकाल थप्नु पर्नेमा ३ महिना मात्रै थप गरिएपछि बीमा समितिले समेत चासो देखाएका भेटिएको छ ।

अध्यक्ष कयाललाई आफ्नो काबुमा ल्याउदै युनाइटेड इन्स्योरेन्स कम्पनीका डिपुटी सीइओ एवं विवादित व्यक्ति रमेश कुमार भट्टराईलाई सीइओ ल्याउन सञ्चालक अग्रवाल र बज्राचार्य लागि परेको भेटिएको छ । हेक्का होस् ।

अन्य सञ्चालक कृष्ण बोहोरा र कुमारी बैंकको तर्फबाट आएका सञ्चालक रामचन्द्र खनालले भने पुरानै नेतृत्वलाई थप ४ वर्ष काम गर्न दिनुपर्ने बैठकमा धारण राखेको खुलेका छ ।

जनरल इन्स्योरेन्सका सञ्चालकद्वय अग्रवाल र बज्राचार्यले आफ्नै किराना पसल जस्तै गरि लाखौ लाख शेयरधनीको लगानीको कम्पनी जनरल इन्स्योरेन्स चलाउन खोजेपछि दक्ष एवं अनुभवी बीमा विज्ञ तमोटले करर्पोट सुसाशन विपरित आफू नजाने अडान राखेपछि कम्पनीमा विवाद बढेको एब सञ्चालकको दाबी छ ।

भनिन्छ । अध्यक्ष कयाललाई आफ्नो काबुमा ल्याउदै युनाइटेड इन्स्योरेन्स कम्पनीका डिपुटी सीइओ एवं विवादित व्यक्ति रमेश कुमार भट्टराईलाई सीइओ ल्याउन सञ्चालक अग्रवाल र बज्राचार्य लागि परेको भेटिएको छ । हेक्का होस् । जनरल इन्स्योरेन्स कम्पनीमा ५ जना सञ्चालकहरुको मात्रै शेयर छैन लाखौ लाख गरिब र निरिह जनताको शेयर छ । सचेत भया ।

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रेबाट तिर्न सकिने

कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टर बाट सहजै भुक्तान गर्न सकिने भएको छ। कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको कम्पनीले जनाएको छ। यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ।

यस अघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको कम्पनीले जनाएको छ।

प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउण्टर पोखराको बाटुलेचौरमा

प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको बाटुलेचौरस्थित मितेरी हस्पिटलमा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

काउण्टरको उद्घाटन गण्डकी प्रदेशका प्रदेश सभासद माननिय कृष्ण बहादुर थापाले सोमबार गरेका हुने । उक्त काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा हस्पिटलमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ ।