जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्राइम कमर्शियल र कामना सेवा विकासले ऋणपत्र निष्कासन गर्ने, सेवोनमा दिए निवेदन

प्राइम कमर्शियल र कामना सेवा विकासले ऋणपत्र निष्कासन गर्ने, सेवोनमा दिए निवेदन

प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। प्राइमले प्रतिकित्ता १ हजारमा ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको हो।

जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन हुनेछ भने २१ लाख कित्ता  ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ। बैंकले २०८५ सालसम्मको ८ वर्षे अवधिको यस ऋणपत्रको ब्याजदर ८.७५ प्रतिशत दिने जनाएको छ। ऋणपत्र निष्कासनका लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक चयन गरेको छ।

त्यसैगरी, कामना सेवा विकास बैंकले प्रतिकित्ता १ हजारमा  १० लाख  कित्ताको १ अर्ब रकम बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको छ। बैंकले ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजी तवरबाट बिक्री हुनेछ।

बैंकले २०८७ सालसम्मको १० वर्षे अवधिको यस ऋणपत्रको ब्याजदर ९.५ प्रतिशत तोकेको छ। ऋणपत्र निष्कासनका लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ। यी दुवै बैंकको ऋणपत्र धितोपत्र बोर्डले अनुमति दिएपछि निष्कासन हुनेछन्

4730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका