कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई १४% लाभांश दिने घोषणा गरेको छ ।
कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई १४% लाभांश दिने घोषणा गरेको छ ।
कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नेपाल स्टक एक्सचेन्जले स्पष्टीकरण सोधेको छ । नेप्सेले आर्थिक वर्ष २०७४र७५ का लागि प्रस्तावित लाभांश पटकपटक संशोधन गरेको आरोपमा स्पष्टिकरण सोधेको हो ।
कम्पनीले गरेको प्रस्तावित लाभांश दोस्रोपटक पनि संशोधन गरेपछि नेप्सले गत कात्तिक ४ गते पत्र पठाई गुराँस लाइफसँग यस विषयमा चित्तबुझ्दो जबाफ माग गरेको हो। कम्पनीले १३.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो भने बीमा समितिले उक्त लाभांश अस्वीकृत गरेपछि पुन अर्को लाभांश प्रस्ताव गर्न निर्देशन दिएको थियो।
मा समितिको निर्देशनपछि कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउने ९ करोड ८५ लाख ४४ हजार ६०० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। तर कम्पनीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ हकप्रद सेयर जारी भई सो हकप्रद सेयर नेप्सेमा सूचीकरण भएपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएको छ।
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको विहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६र७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
हाल बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ ।
डिसहोम फाइबरनेट अब ४ नयाँ ठाउँमा पाइने भएकाे छ । कम्पनीले जडिबुटी, पेप्सीकोला, कडाघरी र बागडोलमा उपलब्ध छ ।
देश निवासीहरु माझ उच्च गतिको इन्टर्नेट सेवाको माग पहिचान गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुलाई सेवा प्रधान गर्न फेब २०२० मा डिसहोम फाइबरनेटको प्रवर्तन गरिएको थियो ।
नबिल बैंकका निवर्तमान पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको निधन भएको छ । आइतबार उनको कोरोना संक्रमणका कारण निधन भएको उनका परिवारले जनाएको छ। पौड्लको ह्याम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो।
नबिलको स्थापना कालदेखि २०४२ सालदेखि नै बारम्बार संचालक समितिमा रहदै आएका थिए। पौडेलको पदावधि सकिएपछि केही दिन अघि मात्रै नबिलबाट बाहिरिएर नयाँ अध्यक्ष उपेन्द्र प्रसाद पौड्याललाई नियुक्त गरिएको थियो ।
बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार बराबरको बोनस सेयर र कर सहित ३.६० प्रतिशतले हुने ३१ करोड ६८ लाख ४९ हजार ७१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ।
ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सदस्य र स्वास्थ्यकर्मीहरुको सामूहिक जीवन बीमा गरिदिने भएको छ । उक्त सामूहिक बीमा सम्बन्धि सम्झौता बुधबार भएको हो ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा।विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो ।
नेपालमा पनि तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्नेछन् ।
ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड(१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ र अन्य योजनामा समेत सहजता प्रदान गर्ने उक्त सम्झौतामा उल्लेख छ ।
यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् ।
ज्योति लाईफ इन्स्योरेन्सले नेपाल मेडिकल एशोशिएशनसँग आवद्ध सदस्य र स्वास्थ्यकर्मीहरुको सामूहिक जीवन बीमा गरिदिने भएको छ । उक्त सामूहिक बीमा सम्बन्धि सम्झौता बुधबार भएको हो ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र नेपाल मेडिकल एशोशिएशनको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रम नेपाल मेडिकल एशोशिएशनका महासचिव डा।विनोद रिजाल लगायत दुवै संस्थाका अन्य अधिकारीहरुको उपस्थितिमा भएको हो ।
नेपालमा पनि तिव्रगतिमा फैलिंदै गरेको कोरोना भाइरसको महामारीको प्रतिकुल परिस्थितिमा पनि सेवामा समर्पित स्वास्थ्यकर्मीहरुले सहुलियत दरमा सामूहिक जीवन बीमा गर्न सक्नेछन् ।
ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड(१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको जोखिम रक्षावरणको सुविधा प्रदान गर्नेछ र अन्य योजनामा समेत सहजता प्रदान गर्ने उक्त सम्झौतामा उल्लेख छ ।
यो सामूहिक जीवन बीमा सरल र अनलाइन फर्मको प्रकृयाबाट भरी संघमा आवद्ध सम्पूर्ण सदस्य तथा स्वास्थ्यकर्मीहरुले आफ्नो बीमा गरी, परिवारका सदस्यहरुको भविष्य सुनिश्चित गराउन सक्नेछन् ।
एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ । यस महान उत्सवलाई लक्षित गरी ५०∞ सम्म छुट र ईएमआई (किस्ता) सुविधाहरू प्रदान गरेको जानकारी गराइएको छ ।
एनएमबि बैंकले २०७७, कार्तिक १ देखि एनएमबि दशैं बोनान्जा सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५००० रुपैयाँतसम्म पैसा बचत गर्न सक्ने बैंकले जनाएको छ । एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्याशब्याक र ईएमआई सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने बैंकमा सिटिजन्स बैंकले पहिलो बनेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार ३२८ रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४७.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ९१ लाख ६९ हजार ३८६ रुपैयाँ रहेको थियो । चालु आवको तीन महिनामा बैंकको वितरण योग्य नाफा ९२ लाख ७४ हजार २२९ रुपैयाँ रहेको छ ।
चालु आवको तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । जसले नाफा बढाउन सहयोग पुगेको छ । गत आवको तेस्रो त्रैमासमा ७० करोड ८३ लाख २५ हजार ११५ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधमिा आईपुग्दा ८३ करोड ९१ लाख ७२ हजार ५१७ रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि बढेर ७३ करोड ३० लाख ७५ हजार ८१२ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ४८ करोड ९२ लाख १३ हजार ९८० रुपैयाँ रहेको थियो ।
९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख ९८ हजार २८१ रुपैयाँ रहेको छ । ९७ अर्ब ९४ करोड ६ लाख २१ हजार ५६१ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८२ अर्ब ६४ करोड ८६ लाख २३ हजार ७६६ रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा ०.९८ प्रतिशत रहेकोमा चालु आवको तेस्रो त्रैमासमा बढेर १.४३ पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा रहेको छ ।
कोरोनाका कारण सबै क्षेत्र प्रभावित हुँदा पनि बैंकको नाफा आर्जनमा भने कुनै कमि देखिएको छैन । बैंकको काम कारबाहीलाई कोरोनाले न्यून असर पारेको देखिएको छ
ग्लोेबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत बोनस सेयर र करसहित २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष १२.७५ प्रतिशत बोनस र करसहित १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो ।
यस वर्ष प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीले प्राप्त गर्नेछन् । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने बताइएको छ ।
बैंकले हाल १३३ शाखा, १४२ एटिएम तथा ७ वटा एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ । यसबाहेक ग्लोबल आईएमई बैंकले विदेशमा पनि तीन ओटा प्रतिनिधि कार्यालयमाफर्त सेवा प्रदान गर्दै आइरहेको छ
कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङ्गस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल हुन् । नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत २० वर्ष देखी आफ्ना देशव्यापी शाखा संजाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवादिदै आएको कुमारी बैंकको निक्षेप रु १२२ अर्ब र कर्जा लगानी रु ११५ अर्ब रहेको बैंकले जनाएको छ ।