जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोर्खा ब्रुअरीको गोदामा सील, ४ लाख ३७ हजार कार्टुन वियर बिक्रीमा समेत रोक, ९० करोड अन्तशुल्क तिर्न आन्तरिक राजश्व विभागको निर्देशनः वियर होकि लोकल रक्सी ?

गोर्खा ब्रुअरीको गोदामा सील, ४ लाख ३७ हजार कार्टुन वियर बिक्रीमा समेत रोक, ९० करोड अन्तशुल्क तिर्न आन्तरिक राजश्व विभागको निर्देशनः वियर होकि लोकल रक्सी ?

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रअरीले आम नेपालीको स्वास्थ्य माथी गम्भीर खेलवाड गर्दै गुणस्तरहिन वियर उत्पादन गरि बिक्री वितरण गरेको पुष्टी भएको छ । विदेशी लगानीकर्ता काल्सवर्ग समूहको ९० प्रतिशत र राजेन्द्र खेतानको मात्रै १० प्रतिशत शेयर रहेको गोर्खा ब्रअरीले नेपालमा फरक÷फरक नामका ४ वियर उत्पादन गर्दै आएको छ ।

यी चारवटै काल्सवर्ग, टुवर्ग, गोर्खा र सानमिगल बियर गुणस्तरहिन र हानिकारक भएको भन्दै कारवाही गर्ने प्रक्रिया शुरु भएको भेटिएको छ ।
यी चारवटै वियरमा गुणस्तरहिन र हानिकारक भएको भन्दै उत्पादनलाई बिक्री वितरणमा रोक लगाईएको आन्तरिक राजश्व विभागले जनाएको छ ।

विभागले गोर्खा ब्रअरकिो उत्पादन सानमिगल, टुवर्ग, गोर्खा, काल्सवर्ग वियरमा न्यूनतम हुनुपर्ने गुणस्तर पनि नभेटिएपछि ४ लाख ३७ हजार कार्टुन वियर भण्डारण गरिएको नवलपरासी स्थित गोदाममा नै सील गरिदिएको खुलेको छ । नेपालीहरुको महान चार्डपर्व दशैं, तिहार र छठमा बढि वियर विक्री हुने मौका छोपी जनताकै स्वास्थ्यमा हानी पु¥याउने किसिमका वियर भेटिएपछि विभागले बिक्रीमै रोक लगाएको भए पनि बजारमा वियर विक्री भइरहेको पाइन्छ ।

तोकिएको र आवश्यकता भन्दा कम गुणस्तरमा ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग गरी कम्पनीले वियर उत्पादन गरेपछि गोदाम नै सिल गरिदिएको हो । गुणस्तर कम भएका वियरहरु सिल गरिएको र सोही अनुसारको अन्तशुल्क दाखिला नगरेसम्म सिल कायम रहने विभागका महानिर्देशक विनोदबहादुर कुँवरले पंक्तिकारसंग टेलिफोनमा बताए ।

‘गोर्खा ब्रुअरीले उत्पादन गर्ने सबै खालका वियरमा गुणस्तर कम भेटिएपछि हामीले नवलपरासी गोदाम सिल गरेका छौ’, विभागका महानिर्देशक कुँवरले भने, ‘गुणस्तर कम पाईएका कारण अब अन्तशुल्क नतिरेसम्म सिल यथावत रहन्छ । उनीले दाबी गरे ।

वियरको लागि ५० प्रतिशतभन्दा बढी जौको मात्रा राख्नुपर्नेमा गोर्खा ब्रुअरीले ५० प्रतिशतभन्दा बढी कनिका राखेर उत्पादन गरेको निरीक्षणमा भेटिएको देखिन्छ । विभागले गरेको निरीक्षणमा कनिका राखेर वियर उत्पादन गरेको पाईएपछि गोदाम सिल गरिएको हो । गोदाम सिल भएपछि मापदण्ड कायम गरेर उत्पादन गरिएको भनिएका वियरमा पनि विभागले सुक्ष्म अध्ययन गरिरहेको विभाग उच्च स्रोतको दाबी छ ।
कानुनमा भएको व्यवस्था अनुसार ५० प्रतिशतभन्दा बढी जौको मात्रा राखेर बनेको वियरमा प्रतिलिटर १६५ रुपैयाँ अन्तशुल्क लाग्छ । ५० प्रतिशतभन्दा कम जौको मात्रा प्रयोग भए प्रतिलिटर ४२३ रुपैयाँ अन्तशुल्क लाग्ने प्रावधान छ ।

आन्तरिक राजश्व विभागले सिल गरेको गोर्खा ब्रुअरीको गोदाममा भएको ४ लाख ३७ हजार बक्सको अतिरिक्त अन्तशुल्क ९० करोड रुपैयाँ लाग्ने भएको छ । विभागले ’जरीवाना’ स्वरूप लगाएको ९० करोड रुपैयाँ अन्तशुल्क नतिरेसम्म सिल गरिएको नवलपरासीको उक्त गोदाम नखोल्ने भएको हो ।

यसबारेमा उद्योगले भने अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको र बरु मापदण्ड पूरा गरेको भन्दै नयाँ उत्पादन थालेको छ । खेतान समूह र काल्सवर्ग समूहले सन् १९८९ मा गोर्खा ब्रअरीको सुरुवात गरेका इतिहास छ । गोदाम भण्डारमा रहेका ४ लाख ३७ हजार कार्टुन वियरमा आन्तरिक राजश्व विभागले अनुगमन पछि गुणस्तर घटेकाले उच्च अन्तःशुल्क लगाउने निर्णय गरेको हो ।

गोर्खा ब्रुअरीले भने अन्तःशुल्कमा असन्तुष्टि जनाउँदै आएको छ । उसले थप अन्तःशुल्क नतिर्ने भन्दै ‘मिलाउन’ उच्च अधिकारी र नेताहरुसँग भेटेर लविङ गरिरहेको उच्च स्रोतको दाबी छ । सन् १९८९ मा खेतान समूह र काल्सबर्ग समूहको संयुक्त लगानीमा गोर्खा ब्रुअरी सुरु भएको हो। सन् २०१० देखि काल्सबर्ग समूहले अधिकांश शेयर खरिद गरेर व्यवस्थापन सम्हाल्दै आएको देखिन्छ ।

आन्तरिक राजश्व विभागले ‘गुणस्तर नपुगेको भन्दै वियरबाट लोकल रक्सी’मा घटुवा गरेको गोर्खा ब्रुअरीले ९० करोड नयाँ दर अनुसारको अन्तःशुल्क चुक्ता नगरेसम्म बजारमा लैजान रोक लगाएको भएपनि बजारमा वियर बिक्री भइरहेको पाइन्छ ।
आन्तरिक राजश्व विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशुल्कसहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्तसहितको पत्र पठाएको भेटिएको छ । हेक्का होस् प्रधानमन्त्रीज्यू ।

गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारै नामको वियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएको छ । वियरका लागि शुद्ध जौ नै हुनुपर्छ । नेपालमा राम्रो बजार हिस्सा ओगटेको गोर्खा ब्रुअरीका वियरहरुमा कनिकाको मात्रा बढी हुँदा त्यसले स्वास्थ्यमा पनि बढी असर गर्छ । ‘गोर्खा ब्रुअरीले उत्पादन गर्ने वियरहरुमा जौको गुणस्तर नपुगेकाले वियरको अन्तःशुल्क नभई अन्य स्थानिय रक्सी सरहको अन्तःशुल्क तिर्नुपर्ने निर्देशन हामीले दिएका छौं’, आन्तरिक राजश्व विभाग उच्च स्रोतको दाबी छ ।

वियरमा हुनुपर्ने गुणस्तर नभएपछि आन्तरिक राजश्व विभागले अन्तःशुल्कको मूल्य बढाइ दिएको छ । वियर बनाउन कनिकाको मात्रा प्रयोग गर्नु भनेको लोकल रक्सी बनाउने प्रविधि हो । यसले गुणस्तर पनि कम हुने, सस्तो पनि पर्ने र जनस्वास्थ्यमा पनि असर गर्ने विभागको दाबी छ ।
वियरमा सरकारले प्रतिलिटर १ सय ६५ रुपैयाँ अन्तःशुल्क तोकेको छ । तर, कनिका बढी हालेका कारण विभागले गोर्खा ब्रुअरीका उत्पादनलाई वियरको मान्यता नदिई अन्य सरहको अन्तःशुल्कका लागि कम्पनीलाई निर्देशन दिएको छ । लोकल रक्सी सरहको मान्यता पाएपछि अब गोर्खा ब्रुअरीले उत्पादन गर्ने चारवटा वियरले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क तिर्नुपर्ने हुन्छ ।

अहिले मुलुक कोरोना महामारीको चर्को चपेटामा फसेको मौका छोपी बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रअरीले गुणस्तरहिन वियर उत्पादन गरि बजार पठाएर आम नेपाली जनताको स्वास्थ्यमा खेलवाड गरेको भएपनि शक्ति र पैसाको भरमा कारवाहीबाट बच्ने प्रपन्च रचिरहेको देखिन्छ । सचेत भया ।

16580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका