जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सम्वैधानिक परिषद्मा सरकारको छायाँ, नाम मात्रको परिषद्

उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा विश्व आतंकित भईरहेको छ । विश्वका सरकारहरुले आफ्ना जनताको जिऊ धनको सुरक्षा गर्ने दायित्वलाई सकेसम्म पुरा गरिरहेका छन् । कोरोना भाइरसबाट नेपाल समेत अछुतो रहन सकेको छैन । कोरोना भाइरसकै कारण अहिलेसम्म ४१ हजारभन्दा बढी मानिस संक्रमित भईसकेका छन् भने निको हुनेको संख्या भने निरासाजनक रहेको छ ।

त्यसैगरी निधन हुनेको संख्या दिनप्रतिदिन बढिरहेकोले नेपाली जनतामा एक प्रकारको त्रास फैलिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपीओली सरकारले नेपालमा कोरोना भाइरस फैलिने वित्तिकै उक्त भाइरसलाई रोकथाम गर्न आवश्यक निर्णय गर्नुपर्दथ्यो तर त्यसो हुन सकेन । प्रधानमन्त्री केपीओलीले नेपाली जनतामा रोग पचाउने युनिटी पावर बढी हुनाले कोरोना भाइरसबाट डराउनुपर्दैन भन्दै बेसार पानी गुर्जो, तातोपानी खाएको खण्डमा कोरोना भाइरस निको हुने लंगडो तर्क उद्घोष गरे । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खरिद गरिएको औषधी र उपकरण समेत भ्रष्टाचार भयो । आफ्ना जनताको जिऊ ज्यानको सुरक्षागर्ने दायित्व लिएका व्यक्तिहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुबे ।

विभिन्न सञ्चारमाध्यमले औषधी र उपचकरण खरिदमा भ्रष्टाचार भएको समाचारहरु प्रकाशित र प्रसारित गर्दा प्रधानमन्त्रीले उद्घोष गरिदिए, सञ्चार माध्यमहरुले सरकारलाई कामै गर्न दिएनन् भनेर । सञ्चार माध्यमलाई दोष लगाएर प्रधानमन्त्री भ्रष्टहरुकै पक्षमा उभिन पुगेका हुनाले प्रधानमन्त्री केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दा उद्घोष गरेको आफ्नै उद्घोषलाई विर्सिदिए । त्यसबेला प्रधानमन्त्रीले भनेका थिए आफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर ।

प्रत्येक सरकारी कार्यालयहरुका कर्मचारीहरुलाई कार्यालय पुग्ने वित्तिकै भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाउन प्रत्येक दिन लगाइन्थ्यो तर तिनै कर्मचारीहरु कर्सुीमा बस्ने वित्तिकै भ्रष्टाचार गर्न तल्लिन रहने भन्ने प्रमाण त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक दिन सरकारी कर्मचारीहरुलाई रंगेहात पक्राउ गरेकोले प्रमाणित गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो भने माथिल्लो तहबाट भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नुपर्नेमा उसले खरिदार, सुब्बा सम्मकालाई पहिलो निसाना बनाउँदै आएको छ ।

अख्तियारले भ्रष्टाचारमा संलग्न भएका भनि पक्राउ गरिएका व्यक्तिहरुमा ७५ प्रतिशत भन्दा बढी तल्लो तहका कर्मचारी रहेका छन् । माथिल्लो तहबाट हुने भ्रष्टाचार र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म भ्रष्टाचारमा कमी आउन सक्ने सम्भावना नै रहँदैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी उजुरीहरुको चाङ लागेको छ ।

अबौं अर्बको भ्रष्टाचार भएको भन्दै लिखित उजुरी परेपनि त्यस विषयमा अख्तियार पदाधिकारीहरुले छानविन भएको भन्दै आफ्नो पदावधि समाप्त पार्दै अख्तियारबाट बाहिरिने गरिरहेका छन् । तत्कालिन माओवादी केन्द्रका लडाकुहरु राखिएको शिविरहरुमा अबौंको भ्रष्टाचार भएको भन्दै तत्कालिन नेकपा एमालेका नेता महेश बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी गरेका थिए । त्यसैगरी विवेकशिल पार्टीले स्वास्थ्य सामाग्री र उपकरण ठुलो मात्रामा भ्रष्टाचार भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री लगायत स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारी विरुद्ध अख्तियारमा लिखित उजुरी गरेको थियो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका विरुद्ध पनि अख्तियारमा लिखित उजुरी परेपनि आजसम्म अख्तियारले उजुरीका विषयमा कुनै छानविन गर्न सकेको छैन । खरिदार र सुब्बा तहका कर्मचारीहरुलाई पक्राउ गरेको ८÷१० दिनमै विशेष अदालतमा मुद्दा चलाउने अख्तियार नेतृत्वले ठुला वडा र पहुँचवालाका विरुद्ध परेका उजुरी हरुमाथि छानविन नै नगरी त्यसै थन्काउने गरेको हुनाले भ्रष्टाचारीहरुकै मनोबल बढेको छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबै भ्रष्टाचारमा डुबेका छन् ।

प्रदेश सरकार, स्थानीय तहमा भएको भ्रष्टाचारका समाचारहरु दिनहुँ प्रकाशित÷प्रसारित भइरहँदा समेत उनीहरुमाथि कुनै कारबाही नभईरहेको अवस्थामा कोरोना भाइरसलाई देखाएर भ्रष्टाचारीहरुले भ्रष्टाचार गर्ने राम्रो मौका पाएका छन् । प्रदेश सरकारहरुले खरिद गरेका गाडीहरुमा व्यापक भ्रष्टाचार भएको छ । तर संघीय सरकार र प्रदेश सरकार अनि स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टीकै बहुमत रहेकाले कसैलाई कारबाही हुन सकेका छैन । केही महिना अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरले नेपालगञ्ज पुगेर एक सार्वजनिक कार्यक्रममै उद्घोष गरेका थिए ।

अख्तियारले साँच्चिकै भ्रष्टाचरीहरुलाई कारबाही गर्ने हो भने ९० प्रतिशत स्थानीय तहका पदाधिकारीहरुको बास जेलमा हुन्छ भनेर । अख्तियारकै आयुक्त सावित्री गुरुङले समेत त्यस्तै खाले अभिव्यक्ति दिएकी थिइन् । ठुलाबडा र पहुँचवाला भ्रष्टाचारीहरुका फाइल खोल्ने वित्तिकै फोन आउँछ हामीसँग दुई तिहाई नजिकको बहुमत छ भनेर ।

सत्ताधारी दलका मान्छेहरुले गर्ने गरेका भ्रष्टाचारका फाइल खोल्न लाग्दा महाअभियोगको बाटो खुल्न सक्छ भनेर धम्क्याउने गरेको भन्दै महाअभियोग त सहुँला तर आफूहरुले आजिवन सेवा गरेवापत् राज्यबाट पाइने पेन्सन लगायत सुविधा समेतबाट बञ्चित हुनुपर्ने अवस्था आएको खण्डमा ठुलावडा र पहुँचवाला भ्रष्टाचारीहरुलाई कसले कारबाही गर्न सक्छ भनेर सार्वजनिक रुपमै उद्घोष गरेकी थिइन् । त्यसैले भन्न सकिन्छ अख्तियार दुरुपयोग अनुसन्धनन आयोग बहुदलीय व्यवस्थाको प्रर्दुभावपछि भ्रष्टाचारीहरुलाई क्लिन चिट दिने निकायका रुपमा मात्र रहेको छ भनेर ।

पञ्चायतीकालमा समेत अख्तियारले ठुलाठुला र पहुँचवाला व्यक्तिहरुलाई कारबाही गरेका थुप्रै उदाहरणहरु रहेका छन् । तत्कालिन बनमन्त्री हेमबहादुर मल्ललाई मन्त्री हुँदै भ्रष्टाचारको काण्डमा जेल हालिएको थियो । पछि उनले सर्बोच्च अदालतबाट सफाई पाएका थिए भने तत्कालिन कृषिमन्त्री पद्म सुन्दर लावतीसमेत मल काण्डमा मुछिएका हुनाले उनले मन्त्री पदबाट राजिनामा दिएका थिए । झण्डै २ वर्षपछि उनले समेत अदालतबाट सफाई पाएका थिए ।

भ्रष्टाचार र सुनकाण्डकै बारेमा जनतामा व्यापक असन्तुष्टि देखिएपछि तत्कालिन राजा विरेन्द्रले आफ्नै कान्छा भाईलाई अधिराज कुमारको पदविबाट हटाएका थिए र उनका अङ्ग रक्षक भरत गुरुङ, पूर्व प्रहरी महानिरीक्षक डिबी लामा सहितका व्यक्तिहरुमाथि मुद्दा चलाइएको थियो । त्यसबेला भरत गुरुङ र डिबी लामाको पक्षबाट मुद्दा हेर्ने व्यक्तिहरु बहुदलीय व्यवस्थाको आगमनपछि मन्त्री भएका छन् भने केही व्यक्ति अहिले पनि पदमै रहेका छन् ।

यसरी तत्कालिन पञ्चायती व्यवस्थामा समेत भ्रष्टाचारीहरु त्यसमा आफ्नै भाई किन नहुन् सम्मलाई कारबाही गरिएको इतिहाँस भएपनि अहिले भने पहुँचवाला र ठुलाबडा कुनै भ्रष्टाचारीहरुलाई कारबाही भएको छैन । भ्रष्टाचारमा सत्ताधारी दलकै व्यक्तिहरु मुछिने गरेका हुनाले सत्ताको दुरुपयोग गरेर त्यस्ता भ्रष्टाचारीहरुलाई बचाउने काममा सिंहदरबार र बालुवाटार नै अग्रपंक्तिमा उभिने गरेको हुनाले अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य नै समाप्त भएको हुनाले त्यसलाई विघटन गरिदिए हुने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्वैधानिक आयोग भएपनि व्यवहार त्यो आयोग सरकारको छायाँको रुपमा रहेको र त्यहाँ नियुक्त हुने पदाधिकारीहरु भागवण्डाकै आधारमा नियुक्त हुने हुनाले आफूलाई नियुक्त गर्ने व्यक्तिहरुलाई अख्तियारका पदाधिकारीहरुले कारबाही गर्न सक्ने अवस्था नै रहँदैन त्यसैले गर्दा अख्तियारलाई साँच्चिकै बलियो र दरिलो बनाउने हो भने त्यहाँ नियुक्त हुने पदाधिकारीहरुको नियुक्ति खुल्ला रुपमा विज्ञापन गरेर गरिनु उपयुक्त हुनेछ । कुनै पार्टीका दासलाई त्यहाँ नियुक्त गरिनु हुँदैन । दासलाई नै नियुक्त गरिने हो भने त्यस आयोगबाट निष्पक्षताको आशा गरिनु किमार्थ उचित हुन सक्दैन ।

संविधान निर्माण गर्दा नै तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र नेपली कांग्रेसले आफ्नो स्वार्थ अनुसारको संविधान निर्माण गरी त्यही अनुरुपको सम्वैधानिक परिषद् गठन गर्ने व्यवस्था गरेका छन् । सम्वैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री नै हुने भएकाले प्रधानमन्त्रीले चाहेनुसारका व्यक्तिमात्र सम्वैधानिक निकायमा नियुक्त हुन सक्छन् ।

सम्वैधानिक परिषद्मा कार्यकारी प्रधानमन्त्रीले राखेका प्रस्तावहरुको विरोध गर्ने क्षमता सदस्य रहेका व्यक्तिहरु, प्रधानन्यायाधिश प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखसँग हुँदैन । प्रमुख प्रतिपक्षी दलका नेताले विरोध गरेको खण्डमा बहुमतका आधारमा निर्णय गर्ने गरिएको हुनाले प्रमुख प्रतिपक्षी दलका नेताले पनि सम्वैधानिक निकायमा आफ्ना केही मान्छेलाई नियुक्ति गर्न अनुरोध गरेर भागवण्डाकै आधारमा नियुक्त गरिने भएकाले सम्वैधानिक परिषद् पनि एक प्रकारले कार्यकारी प्रधानमन्त्रीको छायाँकै रुपाम रहने र संसदीय सुनुवाई समितिमा समेत सत्ताधारी दलकै बहुमत रहने हुनाले त्यहाँ समेत प्रधानमन्त्रीले प्रस्ताव गरेका व्यक्तिबाहेक अन्यले नियुक्ति पाउने सम्भावना न्यून रहेको छ ।

त्यसको प्रत्यक्ष प्रभाव हो मर्यादा क्रममा दोस्रो नम्वरमा रहेका र सर्बोच्च अदालतको कामु प्रधानन्यायाधिश रहेका दिपकराज जोशीलाई प्रधानमन्त्रीकै इच्छामा प्रधानन्यायाधिश बन्नबाट रोकिएको इतिहास साँची रहेको छ । संसदीय सुनुवाई समितिमा पनि तत्कालिन कामु प्रधानन्यायाधिश जोशीमाथि विभिन्न आरोप लगाइयो, त्यस्तो आरोपको प्रमाणित गर्न जोशीले सार्वजनिक रुपमा आग्रह गरेपनि उनको आग्रहलाई वेवास्ता गर्दै संसदीय सुनुवाई समितिले उनलाई प्रधानन्यायाधिश बन्न अयोग्य सावित ग¥यो । आफूलाई प्रधानन्यायाधिश बन्न अयोग्य घोषणा गरेपछि जोशीले त्यसको प्रतिवाद गर्दै आफ्नो शैक्षिक योग्यता लगायत अन्य विषयमा छानविन गर्न लिखित आग्रह गरेपनि त्यसको कहिँकतै सुनुवाई नै भएन किनकी प्रधानमन्त्री ओली नै उनी विरुद्ध खनिएका थिए ।

कारण थियो उनी पहिलो पटक प्रधानन्यायाधिश नियुक्त हुँदा कांग्रेसको सिफारिसमा भएका थिए । जोशी पुनरावेदन अदालतमा हुँदै सर्बोच्च अदालत पुगेका थिए । तत्कालिन पुनरावेदन अदालत र सर्बोच्चमा न्यायाधिश रहुन्जेल उनीमाथि कुनै कारबाही र छानविन भएन तर जब प्रधानन्यायाधिश बन्ने रोलक्रममा पुगे उनी माथि विभिन्न आरोप लगाइयो । अहिले पनि जोशीले लगाएका आरोपहरु जिवितै छन् ।

के एउटा व्यक्तिले आफूमाथि लागेको आरोपहरुको छानविन होस् झुठो ठहरे कारबाही भोग्न तयार छु भनेर लिखित आग्रह गर्दा उनीमाथि छानविन हुनु पर्दछ कि पर्दैन सरकार ? नेपालको इतिहासमै सर्बोच्च अदालतका न्यायाधिशले आफूमाथि छानविन गर्न सम्वैधानिक परिषद्, न्याय परिषद् र सरकारसँग आग्रह गरेको यो नै पहिलो रेडर्क हो । तर स्वयम् कार्यकारी प्रधानमन्त्री नै विपक्षमा रहेका हुनाले हिजो अरुलाई न्याय दिने व्यक्ति नै अन्यायमा परेका छन् । यो कहाँको लोकतान्त्रिक पद्दति हो सरकार ?

लोकतन्त्रमा सबै नागरिकको हक अधिकार बराबरी रहन्छ भनिन्छ तर व्यवहारमा त्यस्तो देखिएको छैन । समाजवादको कुरा गर्नेहरुले समाजवादको उल्टोमार्ग अपनाई रहेका छन् । समाजवादको ठुला ठुला गफ गर्ने तर व्यवहारमा ठीक उल्टो कदम चाल्ने प्रवत्तिमा नेपाल कम्युनिष्ट पार्टी लागि परेको छ ।

कोरोना भाइरसका कारण जनता आक्रान्त भइरहेको बेला अब कोरोना संक्रमितहरुले सिफारिस लिएर मात्र उपचार गर्न पाउने व्यवस्था भइरहेको बेला अब कोरोना संक्रमितहरुले सिफारिस लिएर मात्र उपचार गर्न पाउने व्यवस्था सरकारले गरेको छ । सरकारको पहिलो दायित्व र कर्तव्य भनेको जनताको सेवागर्नु र जनताको जीऊ धनको रक्षा गर्नु हो तर सरकार भने जनतालाई नै अप्ठ्यारो अवस्थामा पार्न उद्दत रहेको छ ।

कोरोना संक्रमितहरुलाई अस्पतालमा उपचार गराउन पनि सिफारिसको आवश्यकता पर्ने निर्णय गर्नु सरकारको लाचारीपन बाहेक न्य केही हुन सक्दैन । विज्ञहरुको सुझावलाई वेवास्ता गर्दै सरकारमा बस्नेहरु नै आफँै विज्ञ बनेका हुनाले कोरोना भाइरसले उग्ररुप लिँदै गएकोले अब समयमै सरकार जिम्मेवार नबने त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।

सरकारी उच्च कर्मचारीहरुनै प्राइभेट बैंकका अध्यक्ष बनेपछिः डिपोजिटमा हाहाकार हुने बैंकरहरुकै चेतावनी ?

नेपालका २७ वाणिज्य बैंकहरुमा पछिल्लो समय सरकारी उच्च तहका कर्मचारीहरु बैंक सञ्चालक समितिको अध्यक्ष बन्न थालेपछि केही बैंकरहरुले पंक्तिकारसंग भने यति अवस्था बन्दै गए हाम्रा बैंकमा चर्को तरलता अभाव अब देखापर्न थाल्दछ । सबैभन्दा ठूला डिपोजिट भएका सरकारी स्वामित्वका संस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषका प्रमुखहरु नै प्राइभेट बैंकका सञ्चालक समितिका अध्यक्ष बनेको छन् ।

हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिको अध्यक्ष कर्मचारी सञ्चयकोषका प्रम्ुख प्रशासक तुलसी प्रसाद गौतमलाई गत फाल्गुन १ गतेदेखि लागु हुनेगरी सथप गराएको छ । यस्तै भाद्र १७ गते हिजो देखि लागु हुने गरी नागरिक लगानी कोषका सीइओ रमण नेपाललाई लक्ष्मी बैंक लिमिटेडको संञ्चालक समितिको अध्यक्षमा नियुक्ति गरिएको छ । उनीले हिजै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंगै सपथ लिएका छन् ।

यी दुवै संस्थाहरुको प्रमोटर शेयर दुवै बैंकमा छ । नेपाल र गौतम बैंक सञ्चालक समितिको अध्यक्ष बन्न पाउने अधिकार पक्कै होला । तर, उनीहरु अध्यक्ष बनेपछि यी ठुला डिपोजिट भएका संस्था नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषको पैसा अरु वाणिज्य बैंकमा अब नजाने, उनीहरुले आफू नै अध्यक्ष भएको बैंकमानै अन्य बैंकले दिएको ब्याजमै राख्ने भएपछि २४ वाणिज्य बैंकहरुले ठूलो डिपोजिट नपाउने भन्दै बैंकरहरुले अब बैंकहरुमा चर्को तरलता अभाव हुने चेतावनी दिएका छन् ।

अहिले कोरोना भाइरसको महामारी भएपछि बैंकहरुको कर्जा लगानी घटेको छ । नेपाल बैंकर्स संघले डिपोजिट ब्याजदरको भद्र सहमति लागु नहुने निर्णयनै गरिसकेको छ ।

भोलि कर्जाको चर्को माग भए पछि फेरि भद्र सहमती भए अन्य २७ वटा वाणिज्य बैंकहरुले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषको ठूलो डिपोजिट नपाउने एक सीइओले पंक्तिकारसंग बताए उनीले चेतावनी दिँदै भने आफ्नै संस्थाको सीइओ र अर्को प्राइभेट बैंकको अध्यक्ष भएपछि हामलिे त डिपोजिट पाउने कुरा लास्सामा सुन छ कान मेरो बुच्चै भए जस्तै हो नि ।

अहिले पनि हिमालयन बैंकमा ठुलो कर्मचारी सञ्चय कोषको डिपोजिट छ । अरु बैंकमा पनि केही छ । तर ठूलो डिपोजिट भने छैन । यस्तै लक्ष्मी बैंकमा नागरिक लगानी कोषेको ठूलो डिपोजिट राखिएको छ । अन्य बैंकमा केही साना हिस्सा मात्रै रहेको देखिन्छ । ती सीइओले भनेः बैंक भित्रका गतिविधिमा थप सकृय देखाउन र सरकारी संस्थाकै मान्छे राखेपछि ठूलो बैंक भन्ने देखाउन यस्तो परम्परा शुरु भएको हो ।

यसले निकट भविष्यमा २४ वाणिज्य बैंकको तरलतामा ठूलो असर पर्ने र लगानीमा चुनौती थपिने ती बैंकरले दाबी गरे । एउटै व्यक्ति एकातिर सीइओ र अर्कोतिर बैंक अध्यक्ष बन्नु चाहि राम्रो पक्ष पक्कै होइन । यसले संस्था भित्रको कर्पोरेट सुशासनलाई कस्तो प्रभाव पर्ने हो । त्यो हेर्न भने बाँकी छ । सचेत भया ।

विदेशी विनिमयको घोटला काण्डमा छानवीन गर्न राष्ट्र बैंकले हिमालयन बैंकलाई गरेको आग्रह राजश्व अनुसन्धान विभागद्वारा रद्दीको टोकरीमाः यसरी दिइएको थियो लाखौ डलर आफन्तलाई हिमालयन बैंकले !

सुन्दा पनि डरलाग्ने हेर्दा त मनै सिरिङ्ग हुने काम एउटा बैंकबाट नियमनकारी निकायको आँखा छल्दै गर्दछ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो । नोपलको सरकारी संस्था कर्मचारी संचय कोषका (प्रमुख प्रशासक) अध्यक्ष रहेको हिमालयन बैंकमा डरलाग्दो विदेशी विनिमयमा घोटला भएका घटना फेला परेको छ ।

हेर्दा घटना सामान्य जस्तै छ । तर, यो अरु कुनै बैंकलाई भए जेल नै पठाउने घटना हो । तर, हिमालयन बैंकमा यो लागु हुँदैन । कारण हो हिमालयन बैंंकका संस्थापक राष्ट्र बंैकका पूर्व गर्भनर मात्रै होइनन पहिलो गर्भनर हुन् हिमालयन शम्सेर राणा भन्दा फरक पर्दैन ।

घटना पूरानो हो, चिरनजीवी नेपाल राष्ट्र बैंकको गर्भनर हुँदा हिमालयन बैंकले आफ्नै नाता पर्ने अन्नपूर्ण होटलकी प्रबन्ध निर्देशक सृजना राणाका छोरा विदेश पढ्न जाने भनी होटलले लेखिएको पत्रकै आधारमा हिमालयन बैंकका सीइओ अशोक राणाले राष्ट्र बैंकको स्वीकृती नै नलिईकन २०७१ असारमा २,६५४११ अमेरिकी डलर दिएको खुलेको छ । त्यसपछि राष्ट्र बैंकका तत्कालीन गर्भनर चिरनजीवी नेपाललको चर्को दबाब पछि यस्तो पत्र पठाए हेरौ पत्रमा के छ त ?

उक्त घटना पछि राष्ट्र बैंकले अनुसन्धान गरिदिन भन्दै राजश्व अनुसन्धान विभागलाई पत्रनै लेखि पठाएको थियो । तर, आजसम्म यसको न छानवीन भएको छ न त कारवाही नै कहाँ छ सरकार ? अर्थमन्त्री किन बोल्दैनन् ? कानुन सानालाई मात्रै लाग्ने हो ? यो कस्तो देश हो प्रधानमन्त्रीज्यू ?

पत्रमा भनिएको छ ।
उपर्युक्त सम्बन्धमा यस विभागबाट हिमालयन बैंक लि. केन्द्रीय कार्यालय कमलादी र शाखा कार्यालय ठमेल काठमाडौंमा रहेको होटल डेला अन्नपूर्ण प्रा.लि.को विदेशी मुद्रा कारोबारको विशेष निरिक्षण गर्दा देहाय बमोजिमका कैफियत रहेको पाइएकोले सोको अनुसन्धान तहकिकातका लागि उक्त बैंकबाट प्राप्त कागजातहरुको प्रतिलिपि सहित तहाँ पठाइएको व्यहोरा निर्णयानुसार अनुरोध गर्दछु भनि राष्ट्र बैंकले तपसिलमा भनेको छ ।

यस बैंकबाट जारी इ.प्रा. परिपत्र संख्या ५५५ मा विभिन्न शर्तहरुका आधारमा विदेश (भारत बाहेक) र भारतमा उच्च शिक्षा अध्ययन गर्न जाने तथा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक पर्ने विदेशी मुद्रा (भारतीय रुपैया बाहेक) को सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकोमा हिमालयन बैंक ठमेलले होटल डेला अन्नपूर्ण प्रा.लि.को पत्रका आधारमा उक्त होटलका कार्यकारी अध्यक्ष कपिल शम्शेर जबराको छोराछोरीको विद्यालय शिक्षा अध्ययनको लागि मिति २०६८ श्रावण देखि २०७१ चैत्रसम्मको उक्त होटलको विदेशी मुद्रा खाता खर्च गरी अमेरिकी डलर २,६५,४११.९६ सटही सुविधा प्रदान गरेको देखिएको छ ।

साथै सन् २०१२÷०४÷२६ मा होटल डेला अन्नपूर्ण प्रा.लि.को ने.रु. खाता खर्च गरी छोराछोरीको विद्यालय शिक्षा अध्ययन प्रयोजनको लागि DOWNE HOUSE SCHOOL लाई ने.रु. १५,४६,०४५.०५ बराबरको विदेशी मुद्रा भुक्तानी गरेकोले छानवीन गर्न आग्रह गरिन्छ । पत्रमा भनिएको छ ।

यस बैंकबाट जारी इ.प्र. परिपत्र संख्या ४१६ मा निर्यात तथा पर्यटन क्षेत्रको व्यवसायबाट परिवत्र्य विदेशी मुद्र आर्जन गरी खातामा खोलिरहेको निकायहरुलाई आफ्नो व्यापार प्रवद्र्धनको सिलसिलामा कुनै पदाधिकारीलाई तालिम गोष्ठी, बैठक आदिको निमित्त विदेश भ्रमण (भारत बाहेक)मा पठाउँदा मात्र त्यस्ता निकायहरुको विदेशी मुद्रा खाता खर्च गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेमा कम्पनीका पदाधिकारीको छोराछोरीको विद्यालय शिक्षा अध्ययनको निमित्त समेत बुदा नं. १ मा उल्लेख भए बमोजिम सटही सुविधा प्रदान गरेको देखिन्छ छानवीन गरिदिन अनुरोध छ ।

उक्त पत्रबाटै प्रस्ट हुन्छ । हिमालयन बैंकले कतिसम्म निमयनकारी निकायको निर्देशन पालना गरेको छ भनेर हेक्का होस् । अहिले हिमालयन बैंकका अध्यक्ष सरकारी संस्थ कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी प्रसाद गौतम भएका छन् । यस्ता र यी बदमासीलाई समयमै ध्यान नदिए भोली डरलाग्दो घटना पनि घट्न सक्दछ ् ।

हिमालयन बैंक यस्तो बैंक हो । त्यस बैंकका सीइओ अशोक राणा चौथो पटक बैंकका सीइओ बनेका छन्् । उनीलाई २ कार्यकाल (८ बर्ष) कहिले लागु भएन । निकम्मा राष्ट्र बैंक चुपचाप छ । कारण के हो अर्थमन्त्रीज्यू ? खोजी होस् । कारवाही होस् । सचेत भया ।

एनएमबि बैंकको सञ्चालकमा कटवाल मनोनित

एनएमबि बैंकको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट जीवन कुमार कटवाल मनोनित भएका छन् । यस अघिका प्रतिनिधि राजेन्द्र काफ्ले भदौ ५ गतेदेखि सेवा निवृत्त भएसँगै कोषका मुख्य प्रबन्धक कटवाललाई मनानयन गरिएको हो । कोषको एनएमबि बैंकको संस्थापक शेयरतर्फ लगानी रहेको छ । कटवालले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्नेछन् ।

कोरोना बीमा हुने खाने वर्ग नभई हुँदा खाने वर्गसम्म पुर्याउने योजनामा छुः करिब १२ लाख जनाको कोरोना बीमा भइसकेको अवस्था छ

चिरञ्जीवी चापागाई चिनाई राख्नु पर्ने नाम होइन । चापागाई बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष हुन् । अहिले विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र तहसनहस भएको छ । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले निषेधाज्ञा जारी गरेको छ । बीमा भनेको फोर्स सेभिंग पनि हो ।

कोरोना बीमाको नामबाट नेपाली नागारिक, परिवार एवम् संस्थाहरुले आफ्ना सदस्यको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने उक्त योजना अहिले चर्चित बनेको छ । यस्तो अवस्थामा पनि सजिलै ‘पोलिसी’ खरीद गर्न सकिने र त्यसका लागि मेडिकल र वित्तीय ‘अन्डरराइटिङ’को आवश्यकता नपर्ने व्यवस्था रहेकाले इच्छुकले अनलाइनमार्फत कोरोना बीमा योजना खरीद गरेको देखिन्छ । इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत २० निर्जीवन बीमा कम्पनीले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत पनि योजना खरिद गर्न सकिने व्यवस्था मिलाइएको बीमा समितिका अध्यक्ष चापागाईको तर्क छ ।

बीमा समितिले बीमालेखलाई दुई समूहमा विभाजन गरिएको छ । पहिलो बीमालेख रु एक लाख बराबरको छ । सो योजना खरिदका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्नेछ । पारिवार वा संस्थागत रुपमा बीमा गर्ने भए ६०० रुपैयाँ मात्रै लाग्नेछ । दोस्रो योजना रु ५० हजार रुपैयाँ बराबरको छ । यो योजना खरिदका लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमाका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ मात्रै लाग्ने देखिन्छ ।

कोरोना भाइरस महामारीकारुपमा आएको र सानो रकमबाट भए पनि सङ्क्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमा लेख जारी गरिएको अध्यक्ष चापागाईले बताए । कोरोना भाइरस सङ्क्रमणपछिको उपचार सरकारले गर्ने भए पनि सङ्क्रमित व्यक्तिको आर्थिक अवस्थालाई ध्यानमा राखेर बीमा लेख जारी गरिएपछि अहिलेसम्म करिब १२ लाख जनाले कोरोना बीमा लेख खरिद गरेको देखिन्छ । कोरोना बीमा २० निजीवन बीमा कम्पनी र एक पुर्नवीमाले बिक्री गरेको अवस्था छ ।

कोरोना बीमाको पहिलो बीमा लेख खरिद गरेर कोरोना बीमा शुरु गरेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईसंग कोरोना बीमामा मात्रै केन्द्रीत रहि आर्थिक बजारन्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यले तयार पारेको यो रिपोर्टः–

० अध्यक्षज्यू दिनदिनै कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । यसबीचमा कोरोना बीमा प्रोडक्ट बजारमा आएको छ । यो कस्तो बीमा हो । यसलाई कसरी लिने ?
संसारभरी फैलिएको कोरोना भाइरसले नेपाल पनि पछिल्लो समय आक्रान्त पारेको छ । तर, उपचारको अलवा अन्य खर्च गर्न दिइने खर्चलाई कोरोना बीमा भनिन्छ । कसैलाई कोरोना पोजेटिभ देखिन साथ बीमा रकम पाइन्छ । यो बीमा समितिको पहलमा २० वटा निजीवन बीमा कम्पनी र नेपालको एउटै मात्र पुनवीमा कम्पनीको पुल मार्फत गरिएको कोरोना बीमा हो ।

० यसले कोरोनाको पिसिआर परिक्षणबाट लक्षण पोजेटिभ देखिएका विरामीलाई आर्थिकरुपमा राहत पक्कै हुन्छ त ?
आर्थिक जोखिम पक्कै कम हुन्छ । बीमा कम्पनी र बीमा समिति बीच छलफल ग¥यो । केही विरामी सन्चो भएपछि घर फर्किदा राम्रो व्यवहार भएन । आम्दानी गुमाउनु पर्ने र समाजबाट बहिस्कृत हुनु पर्ने वाध्यताका कारण यो कोरोना बीमा हामीले ल्याएका हौं । यसले केही मात्रामा भएपनि विरामी र उसको परिवारलाई राहत दिन्छ ।

० त्यसो भए यो कोरोना बीमा आम नेपालीले गर्न सक्दछन त ?
सबै नेपालीले गर्न सक्दछन् । यसमा २ वटा बीमा लेख छन् । एक लाख र पचास हजार रुपैयाको छ । तर, सबै परिवारको बीमा गरिए मात्रै छ सय प्रतिव्यक्ति रुपैयामा बीमा १ लाखको हुन्छ । ५० हजारको परिवारकै बीमा गरिए ३०० प्रति व्यक्ति कोरोना बीमा हुन्छ । १÷१ जनाको मात्रै गरि १ लाखको १ हजार र ५० हजारको ५०० रुपैया तोकिएको छ ।

२०७७ साल बैशाख ७ गतेबाट यो शुरु भएको हो । र पहिलो लेख बीमा समितिको अध्यक्षको नाताले म र मेरो परिवाले नै खरिद गरेको थियो । यो वीचमा बजेट मार्फत सरकारले सामुहिक कोरोना बीमामा राज्यले ५० प्रतिशत अनुदान दिने र राष्ट्र सेवक कर्मचारीहरुको निःशुल्क कोरोना बिमा गर्ने कुरा आयो । त्यसपछि यो बीमा राष्ट्रियकरण भएर राज्यबाटै मान्यता प्राप्त कोरोना बीमा भएको छ । यसको महत्व आजका दिनमा झन बढेको देखिन्छ ।

० स्वास्थ्यकर्मी, डाक्टर र नर्सहरुकोमा चाहि कसरी यो बीमा गरिन्छ त ?
सरकारी डाक्टर र नर्सहरुको राज्यलेनै निःशुल्क बीमा गर्दछ । राज्यका कर्मचारी नभएको हकमा चाहि उहाँहरुले सामुहिक बीमा गरे राज्यले दिने ५० प्रतिशत अनुदान पाउनु हुने नै छ । डा. लोचन कार्कीसंग मेरो कुरा भएको छ । उहाँलाई भनेको छु । ६ सयको बीमा ३ सयमा नै हुन्छ । आँधा राज्यलेनै अनुदान दिने छ । अरु सबै नर्स डाक्टर र अग्रपंक्तिमा काम गर्ने सबैको कोरोना बीमा हुन्छ नि ।

० विदेशबाट फर्किएका नेपाली दाजुभाई दिदिबहिनीहरुको हकमा चाहि कोरोना बीमा के हुन्छ अध्यक्षज्यू ?
विदेशबाट आएका सबैले १५ दिन क्वाराईनटाइमा बस्नु पर्दछ र १५ दिन फेरि घरमा बस्नु पर्दछ र १ महिना पूरा भएपछि उहाँहरुको पिसिआर टेस्ट गरेको हुनुपर्दछ र त्यसलाई स्थानीय तहले सटिफाइ गरेपछि हामीले यी दुईबटा डक्यूमेन्टको आधारमा कोरोना बीमा हुने वातावरण हामीले मिलाएका छौं ।

० यो बीमा कहाँ र कसरी गर्न सकिन्छ प्रक्रिया के छ ?
२० वटा निर्जीवन बीमा कम्पनीहरुको बेवसाइटमा गएर फर्म डाउनलोड गरि भर्नुपर्दछ र पीसीआर टेस्टभएको ७ दिनभित्र रकम पाउनु हुन्छ ।

० भनेपछि पीसीआर टेष्ट भए पुग्दछ ?
पुग्दछ ।

० यो पटक÷पटक किस्ता तिर्ने बीमा हो वा एक पटक भुक्तानी गरेपछि पुग्दछ अध्यक्षज्यू ?
तीनसय तपाई राख्नुहोस् । तीस सय रुपैया राज्यले दिन्छ । ६०० मा सामुहिक परिवारको प्रतिव्यक्ति १ लाखको १ वर्षको कोरोना बीमा हुन्छ । बीचमा कुनै शुल्क लाग्दैन ।

० बीमा गरेका बीमितले कसरी बिमा भुक्तानी पाइन्छ कोरोना भएपछि ?
उसको रिपोर्ट पोजेटिभ आएका कागज सहित बीमा गरेको ठाउँमा दाबी भुक्तानी माग भएपछि ७ दिनभित्र उसले रकम पाउने छ ।

० भुक्तानीका लागि शर्त तोकिएको छ कि ?
व्यक्तिको सबै विवरण सत्य र साँचो त हुनप¥यो नि । यस्ता शर्त केही पनि छैन । बीमा गर्दा चाहिने कागज पत्र राखेर गरेको छ भने केही शर्त लागु हुँदैन । इन्टरनेटबाट गरेका बीमामा कागजपत्र पनि राख्नु प¥यो नि असल साथी हो बीमामा ढाट्न हुँदैन ।

० अनुदान चाहि कसरी लिने त ?
२० निजीवन बीमा कम्पनीले बीमा समितिलाई लेखेर पठाउने छन् र हामीले अर्थमन्त्रालयसंग रकम माग गरि कम्पनीहरुको खातामा रकम राखी दिनेछौं ।

० दाबी भुक्तानी नहुँदै कोरोन संक्रमितको मृत्यु भएमा चाहि कसरी यो पाइन्छ त ?
इच्छाएको व्यक्तिले नै पाइन्छ लेखिएको भए । नलेखिएको भए नजिकको नातेदारले पाउनेछ ।

० अहिलेसम्म कतिले कोरोना बीमा गरेका छन् त अध्यक्ष ज्यू ?
८ लाख ९२ हजारले कोरोना बीमा गरेका छन् । ४९ करोड रकम जम्मा भएके छ । त्यसमा ८ लाख प्रहरी र राष्ट्र सवक कर्मचारीको जोडिएको छैन । ११÷१२ लाख दाजुभाइ दिदीबहिनीले बीमा गरिसक्नु भएको छ ।

० यति धेरै बीमा भएको बताउनु भयो । यस बीमाबाट कति लाभान्वित भएका छन् त ?
यो रोग नलागोस भन्ने हाम्रो चाहना हो । करिब ५० करोड रकम जम्मा भएको छ । १५० दाबी भुक्तानी भएका छन् । २५० दाबी प्रकृयामै छन् । ४ सय जनाको दाबी परेको छ । कोरोना बीमाको असार मसान्तसम्म म्याद छ । दाबी कम प¥यो भने खर्च केही कटाएर सामाजिक सुरक्षाका कार्यक्रममा यो पैसा जान्छ कोरोना विरुद्ध उपचार गर्ने भेन्टिलेटर र अन्य औजार खरिद गर्ने पक्षमा हामी छौं । सबैले कोरोना बीमा गरौं ।

० कोरोना बीमाका चुनौती चाहि के छ त अध्यक्षज्यू ?
यो व्यापक हुँदैन भन्ने थियो तर उल्टो भयो राम्रो भयो, चर्चित भयो बीमा समितिले गाउँ गाउँसम्म यो बीमा पु¥याउन निजीवन बीमा कम्पनीलाई भनेको थियो । घुम्ती र कृषि बीमा मार्फत यसको प्रचार प्रसार भएको थियो । विक्री पनि भएको छ । चुनौती कहाँ छ भने बैंक वित्तिय संस्था कर्पोरेट हाउस राज्यका राष्ट्रसेवक, कर्मचारी, उद्योग व्यवसायी र सबै वर्गले कोरोना बीमा गर्ने मौका त पाउनु भयो तर, विपन्न जनता र ग्रामिण क्षेत्रका जनताले बीमा गर्न सकेका छैनन् । जुम्ला, हुम्ला जस्ता ठाउँमा यो बीमा गर्न सकेका छैनन् । यो चाहि चुनौती हो जस्तो लागेको छ ।

० यसका लागि के योजना छन् त ?
सबै सुरक्षा निकायका प्रमुखहरुले जो सम्बन्धीत जिल्लाका प्रमुख हुनुहुन्छ । उहाँहरुले हाम्रा बीमा कम्पनीहरुसंग समन्वय गरी कोरोना बीमा गर्ने वातावरण बनाईदिनु पर्ने मैले देखेको छु । यसले हुने खाने नभई हुँदा खाने वर्गमा कोरोना बीमा पुग्ने मैले देखेको छु ।

० कोरोना बीमा गर्ने व्यक्ति र कम्पनीहरुलाई चाहि के भन्नु हुन्छ त ?
बीमा कम्पनीहरुलाई धन्यवाद दिन्छु । बीमा समितिले पोलिसी बनाउने हो तर, काम गर्ने निजीवन बीमा कम्पनी हुन् । कोरोना बीमाको पुर्नबीमा हुँदैन । त्यसकारण सचेत भएर अगाडी बढ्नु पर्दछ । १ अर्ब भन्दा बढि रकम दाबी बढि भए बीमा कम्पनीले दिन्छ । त्यसभन्दा बढि भए पुनवीमा कम्पनीले दिन्छ । त्यो भन्दा बढि भए कोषबाट दिन्छ । त्यो भन्दा बढि भए बीमा समितिले दिन्छ । त्यसकारण हामीले ३ अर्ब ५० करोडको फण्ड पनि बनाएका छौं नि ।
बीमा गर्नेहरुलाई चाहि के भन्छु भने कोरोनाको सबै खर्च राज्यले गर्दछ । हामीले राहत दिने हो । त्यसकारण यो उपहारमा सहभागी बनौ । सानो रकममा कोरोना बीमा गरौं । स–परिवारको प्रति व्यक्ति १ लाख रुपैया उपहार लिउ भन्न चाहान्छु । यो अन्र्तर्वात रेडियो सगरमाथामा सुन्न सक्नुहुनेछ ।)

सानिमा बैंकद्धारा रुपन्देहीको भलवारीमा नयाँ शाखा विस्तार

सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे ।

कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।

जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहक महानुभावहरुलाई कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्नेछ ।

मालिकको विश्वास पात्र भएपछि दुबै हातमा लड्डुः एउटै व्यक्ति सीइओ पनि सञ्चालक पनि, भत्ता पनि तलब पनि, लुट कान्छा लुट जनताको पैसामा लुट ?

नेपालका केही समूह र बैंकहरुले दक्ष र अनुभवी मान्छे नखोजी आफ्नै बैंक र विभिन्न कम्पनीमा प्रमुख पद वा उच्च कर्मचारीलाई नै अर्को आफ्नै लगानीमा रहेका संस्थामा सञ्चालक बनाउने परम्परा तिव्ररुपमा विकसीत हुँदै आएको छ भन्दा अब चाहि फरक पर्दैन ।

यसका पछिल्ला उदाहरण हुन् । प्रभु बैंकका डिपुटी सीइओ मणीराम पोखरेल । उनी प्रभु लाईफ इन्स्योरेन्स कम्पनीका सञ्चालक पनि हुन् ।

प्रभु बैंककै उच्च कर्मचारी दिनेश थकाली प्रभु क्यापिटल प्रा.लि.का सीइओ छन् । प्रभु टिभीका सीइओ शंकर प्रसाद कालाकोटी प्रभु बैंकको सञ्चालक छन् । सरकारी स्वाभित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकका सीइओ बीमा समितिका सञ्चालक समितिका सदस्य छन् किरण कुमार श्रेष्ठ । उता शिखर इन्स्योरेन्स कम्पनीका सीइओ दिप प्रकाश पाण्डे सिटिजन लाईफ कम्पनीका सञ्चालक छन् । यी त पात्र मात्रै भए हामीले गलत प्रवृत्तिको कुरा उठाउन खोजीरहेका मात्र छौं ।

एउटै व्यक्तिलाई एक तीर तलब महंगो दिने अर्को तिर भत्ता ठुलौ लिने काम मालिकहरुबाट हुनु र मालिकसंगै बैंकमा बसी मालिलको कुरालाई समर्थन गरि बैंकको बोर्ड बैठकमा बहुमत पु¥याउनेहरुको कथा हामीले पाठक सामु पस्किन खोजेको मात्रै हौ ।

एउटै व्यक्तिलाई जनताको पैसा दुबै हातमा लड्डु, तलब पनि चर्को, भत्ता पनि चर्को । यसैलाई लुट नभने के भन्ने त यसको उत्तर दिने निकाय को हो ? राष्ट्र बैंक, बीमा समिति वा अर्थमन्त्री वा प्रधानमन्त्री ? यो पंक्तिकारले अझै बुझेको छैन ।

मालिकहरुका मान्छे (हनुमान) भएपछि पैसै पैसा पावर नै पावर जे गरेपनि छुट । यो कस्तो देश हो । अर्थमन्त्री डा.युवराज खतिवडाज्यू ? जहाँ गरिब दुखी जनताको १÷१ पैसाले हजार बनाएर लगानी गरेका बैंक र बीमामा घुर्माइफिराई बहुमतकै लुटमा छुट दिने ?

अर्थमन्त्री डा.खतिवडाज्यू एकपटक प्रभु समूहका दर्जनौ संस्थामा उनीहरुको कम्पनीका अफसाईट खोलेर हेर्नुहोस । एउटै व्यक्ति २ ठाउँमा हेर्न तीनवटा संस्थामा समेत सञ्चालक सीइओ र डिपुटी सीइओ र डिजीएम रहेको देखिन्छ । यसले ती संस्थाहरुको कर्पोरेट सुशासन कहाँ पुग्दछ । यी संस्थालाई नियमन गर्ने नियमनकारी निकाय किन बोल्दैन । यसको खोजी अब हामीले शुरु गरेका छौं ।

यो देशमा प्रभु समुह, विशाल ग्रुपलाई जे पनि गर्न छुट छ ? कानुन उनीहरुलाई लाग्दैन । अर्थमन्त्री डा.खतिवडाज्यू ? यो उनीहरुको व्यक्तिगत कम्पनी भए जे गरे पनि हामीलाई केही फरक पर्दैन । तर, हामी नेपाली जनताले १÷१ पैसा जम्मा गरि ७० प्रतिशत लगानीका बैंक र बीमामा मालिकहरुको दोहोरो रजाई अब चल्दैन हेक्का होस् ।

जनताको पैसामा सीइओ एउटा कम्पनीको अर्को कम्पनीको सञ्चालक बनि लुट गर्ने अधिकार कसैलाई पनि छैन । भत्ता र तलब दुबै लिनु लुट हो कि होइन ? फरक÷फरक कम्पनीबाट अर्थमन्त्री डा.खतिवडाज्यू ? यसको उत्तर आम लगानीकर्तालाई तपाईले दिनेकी प्रभु समूहका देबी प्रकाश भट्टचनले ? प्रश्नले उत्तर खोजीरहने छौं हामी ।

उत्तर नपाएसम्म हेक्का होस् । यी त पात्र मात्रै हुन् । नेपालका दर्जनौ बैंक र बीमा कम्पनीमा एउटै व्यक्ति सञ्चालक र सीइओ छन् । उनीहरुको शासन जताततै चल्ने गरेको छ । कर्मचारी भर्ना देखि कर्जा प्रवाहसम्म र सीइओ राख्ने कि फेर्ने सम्म यसले यी संस्थाको कर्पोरेट सुशासन कहाँ पुग्ला । यी संस्थाका महत्वपूर्ण सूचक कस्ता होलान् ? सहजै भन्न सकिन्छ । राम्रो पक्कै छैन भनेर ।

हो बैंकको बीमामा लगानी छ भने बैंककै कर्मचारी पठाउनु पर्ने कानुनी बाध्यता छैन अरु केही विश्वास पात्र पठाउन सक्दछन् । तर, कर्मचारी नै पठाएर दोहोरो लुट मच्चाउने काम कसले बन्द गर्ने हो अर्थमन्त्री डा.खतिवडाज्यू ? जताततै जनताकै लगानीमा लुट मच्चाउने । यो कस्तो बीमा र बैकिङ्ग हो ? आजलाई यत्ति ।

डाउन पिलुवा खोला जलविद्युत आयोजनामा लगानी जुट्यो, सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकको लगानी

संखुवासभाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित साढे नौ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ। सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तीयकरणमार्फत परियोजनामा एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्न लागेका हुन्।

परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ। बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन्। यसमध्ये, सिटिजन्स बैंकले. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड र प्रभु बैंकले २५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन्। ३० प्रतिशत रकम भने प्रवर्द्धकबाट जुटाइने बैंकले जारी प्रेस विज्ञप्तिमा छ।

कम्पनीले आयोजना साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुर बानेश्वरस्थित सबस्टेशनमा जोडिने छ। आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र बर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ।

सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा पनि परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको बताए। उनले सहभागी सबै बैंकलाई आभार व्यक्त गर्दै प्रवर्द्धकलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध समेत गरे।
कम्पनीका कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी दिए। उनले परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।

एनएलजी इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड

एनएलजी इन्स्योरेन्सले साउन २२ गतेदेखि २९ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत खरिद गर्न माग गरेको अविरित हकप्रद सेयर सोमबार बाँडफाँट गरेको छ।

इन्स्योरेन्सले संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण समूहतर्फको ७९ हजार ८५३.२५ कित्ता अवितरित हकप्रद सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रमा नपरेका आवेदकहरुको रकम भदौ १७ गते बुधबारदेखि बोलपत्र फारममा उल्लेख गरेको बैंक खातामा जम्मा गर्ने क्यापिटलले जनाएको छ।

बाँडफाँटमा परेका सेयरधनीहरुको सेयर नेप्सेमा सूचीकृत भएपछि बोलपत्र फारममा उल्लेखित हितग्राही खातामा जम्मा गरिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ।

अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका प्रमुख कार्यकारी अधिकृत सरह हुन त्यसकारणले पनि उहाँ फेरी अर्थमन्त्री बन्ने पक्का ?

मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलकिा विश्वासपात्र एवं मुलुकको ढुकुटीलाई मिलाएर बचाउदै चलाएउदै आएका पात्र हुन्, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा.यूवराज खतिवडा भन्दा अब चाहि फरक पर्दैन ।

एक मन्त्रीले भने जब नेपालमा कोरोना भाइरसका संकेत देखा परे त्यसबेला अब मूलुकको ढुकुटीलाई चलायमान गर्दै बचाएर ल्याएका उनीले थपे त्यसकारण पनि उनीको आवश्यकता अझै गहिरिएर आएको छ । ढुक्क भएर लेखे हुन्छ । उनीकै अभिव्यक्तिलाई सापटी लिने हो भने अबको अर्थमन्त्री डा.यूवराज खतिवडा नै हुन् । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्री चाहि अर्को व्यक्ति आउने देखिन्छ ।

आईतबारको मन्त्री परिषद बैठकमा किन आउनु भएन त सरकारका प्रवक्ता एवं अर्थमन्त्री भनि गरेको प्रश्नमा ती मन्त्रीले थपेः– सञ्चो छैन भन्नु भएको रहेछ उहाँको राष्ट्रिय सभाको सदस्य पद भने सिफारिस नभएको उनीले बताए ।

नेकपा सचिवालय सदस्य एवं नेता वामदेव गौतम प्रधानमन्त्री बन्न मात्रै राष्ट्रिय सभा जान खोज्नु भएका कारण त्यो अहिले सम्भवनै नभएकाले सभासद नबन्ने प्रधानमन्त्री केपी ओली शर्मासंग छलफल नै भइसकेका कारण अब सभासद र अर्थमन्त्री डा. खतिवडा नै बन्ने एक सचिवालय सदस्यले पंक्तिकारसंग टेलिफोनमा बताए ।

डा. खतिवडालाई फेरि सांसद बनाउने कि नबनाउने भन्नेमा प्रधानमन्त्री ओली अझै निर्णयमा पुगेका त छैनन् ? उनको भित्री चाहना डा. खतिवडालाई सांसद बनाउने रहेको भए पनि त्यसका लागि पार्टीमा सहमति जुटाउन बाँकी नै देखिन्छ । तर, प्रधानमन्त्रीले चाहे त्यो सम्भव छ । उनीले दाबी गरे । पार्टीका लागि भन्दा पनि प्रधानमन्त्रीका लागि अर्थमन्त्री खतिवडाको निरन्तरता जरूरी देखिन्छ ।
’अर्थमन्त्री भनेको मन्त्रिपरिषदको सिइओजस्तै हो। त्यसैले प्रधानमन्त्रीका स्थायी पात्र डा.खतिवडा नै हुन् । त्यही भएर प्रधानमन्त्रीले डा. खतिवडालाई निरन्तरता दिन चाहनुभएको देखिन्छ नि ।

यसअघि फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो। तर वैशाख २० गतेसम्म आइपुग्दा भने गौतमले आफू राष्ट्रिय सभामा नजाने भनेका थिए। त्यही दिनको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा राष्ट्रिय सभामा लैजाने समेत निर्णय भने गरेको छ । तर, उनी जान तयार नभएकै कारण प्रधानमन्त्री ओली पक्षकै कतिपय नेताहरू भने खतिवडाको निरन्तरताको पक्षमा लागि परेका छन् ।

डा. खतिवडालाई नै राष्ट्रिय सभामा लैजान र अर्थमन्त्री पुन दिने प्रायः निश्चित भएको पार्टी भित्र यसबारे थप विवाद नहुने ती सदस्यले पंक्तिकारसंग बताए । को मन्त्री बनाउने भन्ने कुरा प्रधामन्त्रकिै हातमा भएका कारण विवादको अर्थ नरहेको उनीको तर्क छ ।
भाद्र २१ गते मन्त्री पद सकिने अर्थमन्त्री डा. खतिवडालाई विहिबार बस्ने मन्त्रीपरिषद्ले राष्ट्रिय सभाको सदस्य पदमा मनोनयन गर्ने एक मन्त्रीले दाबी गरे ।

अर्थमन्त्री डा. खतिवडा यस्ता पात्र हुन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर, यो सत्य हो । उनी माथी आफूलाई प्रजातन्त्रवादी भन्नेहरुले कम्यूनिष्ट भनेर हेर्दैनन् । समाजवादी भन्नेहरु पनि डा.खतिवडासंग डराउने गर्दछन् । साथै पूँजीवादीहरुले त उनीसंग त्रसित मात्रै छैनन् चाडो उहाँलाई अर्थमन्त्रीबाट हटाउन लबिङ्ग गर्न व्यस्त छन् भन्दा अब फरक पर्दैन । ठूला व्यापारीहरु अर्थमन्त्रीको छेउमा जान पनि डराउने गरेको एक उद्योगपतिले पंक्तिकारसंग बताए । उनीले थपे उनीलाई अर्थमन्त्रीबाट हटाए शेयर बजार बढ्ने भ्रम छ । तर, यो सत्य होइन । त्यसकारण कोरोना भाइरसबाट अर्थतन्त्र बचाउन डा.खतिवडाको निरन्तरता अझै आवश्यकता छ नि ।

एकातिर कोरोना कहर अर्थतन्त्रमा आएको छ । अर्कोतिर अर्थतन्त्रलाई चलायमान गर्नु पर्ने दायित्व पनि दिनप्रतिदिन बढ्दै गएको छ । त्यसकारण पनि ढुकुटीलाई बलियो बनाउन र अर्थतन्त्रका सबै सूचकलाई जीवीत राख्न अर्थमन्त्री एवं सरकारको प्रवक्ता डा.युवराज खतिवडाको आवश्यकता झन बढेको एक बैंकरले नाम नलेख्ेने शर्तमा पंक्तिकारसंग बताए ।

एउटा कुरा के चाहि प्रष्ट छ भने नेकपा भित्र शक्ति सन्तुलन पार्टीका दुई अध्यक्ष बीच मिलेआगमी भाद्र २१ गते राष्ट्रपतिबाट डा. खतिवडा सभासद भएको र साँझ अर्थमन्त्री भएको सुन्न र लेख्न पाइन्छ । सचेत भया ।

इन्द्रजात्रामा सानिमा बैंकको उपहार

ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको “ईन्द्रजात्रा क्यूआर कोडको यात्रा’ नामको योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता बाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोर्डका लागि आवेदन दिँदा रु. ५०० बराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्नसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यवसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन् । जसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाई यो योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ ।

यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि [email protected] मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नका लागि निवेदन पेश गर्नुपर्ने छ । यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट रु. ५०० को मोबाइल टपअप प्राप्त गर्नसक्ने बताइएको छ ।

यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने बताइएको छ ।

बैङ्क वित्तीय संस्थालाई ब्याज, सर्भिस चार्ज लगायतमा यो गर, त्यो नगर भन्ने र हरेक कुरा बैङ्क वित्तीय संस्थाको थाप्लोमा मात्रै राख्दा नेपाल सरकारको दायित्व के ?

कोभिड–१९ र लकडाउनले विकास बैङ्कलाई कत्तिको असर पुर्याईरहेको छ, कसरी सेवा दिइरहनुभएको छ ?
कोभिड–१९ ले देशको सम्पूर्ण व्यवसाय र अर्थतन्त्रमा प्रभाव पारेको छ । त्यसको प्रत्यक्ष असर बैङ्क वित्तीय संस्था, विकास बैङ्कलाई पनि परेको छ ।

बैङ्क, वित्तीय संस्था अत्यावश्यक सेवा प्रदायकमा पर्ने हुँदा लकडाउनको अवधिमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सेवा सुचारु गरिरहेका छन् । विकास बैङ्कका सबै सेवाग्राही पूर्णरूपमा आधुनिक प्रविधिमैत्री भइनसकेका कारणले गर्दा पनि सम्पूर्ण शाखा कार्यालय खोल्नुपर्ने बाध्यात्मक स्थिति छ । सबै ग्राहक मोबाइल बैङ्किङ, आईपीएसको माध्यमबाट सेवा लिन नसक्ने, चेक काटेरै कारोबार गर्नुपर्ने अवस्था भएकाले पनि सबै शाखा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाउँदा र मालपोत, वडा कार्यालय बन्द हुँदा व्यवसायमा प्रत्यक्ष असर गरिरहेको छ, जसले गर्दा व्यवसाय वृद्धि हुन सकिरहेको छैन । प्रायः सबै विकास बैङ्कले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । कुनै पनि विकास बैङ्कको ‘रेट अफ रिटर्न’ १६ देखि २५ प्रतिशतसम्म थियो भने अहिले साढे दस–एघार प्रतिशतभन्दा बढी छैन

। कतिपय विकास बैङ्कको नेगेटिभ रिपोर्ट आएको अवस्थासमेत छ । यसबाट पनि कोरोनाले विकास बैङ्कलाई परेको असर आँकलन गर्न सकिन्छ । कोरोना महामारीको अन्त्य कहिले हुने, बन्दाबन्दीको अवस्था के हुने, सबै क्षेत्र समेट्ने गरी सरकारले कस्तो नीति ल्याउँछ भन्ने नै अनिश्चित छ । यस्तै अवस्था रहिरह्यो भने आजको दिनभन्दा भोलिका दिनमा बैङ्क, वित्तीय संस्थामा झन् अप्ठेरो अवस्था आउने महसुस गरेका छौं ।

यो बीचमा मौद्रिक नीति पनि आएको छ । मौद्रिक नीतिले विकास बैङ्कका समस्या कत्तिको समाधान गर्छ ?
मौद्रिक नीति आयो यसको प्रायः सबै क्षेत्रबाट स्वागत पनि भएको छ । हामीले पनि मौद्रिक नीति राम्रो छ भनेर आफ्नो धारणा राखेका छौँ । मौद्रिक नीति आउनुअघि विकास बैङ्कका तर्फबाट हामीले पनि सुझाव दिएका थियौँ । धेरै कुरा समेटिएका छन्, हामी खुसी छौँ र सकारात्मक पनि छौँ । बैङ्क वित्तीय संस्था नरहे व्यवसाय रहँदैन भन्ने कुरामा सबै जानकार नै छन् ।

त्यसका लागि बैङ्क वित्तीय संस्थाको ब्यालेन्स सिट सकारात्मक हुनुपर्छ र बैङ्कले केही मुनाफा कमाउनुपर्छ, त्यो आफ्नो ठाउँमा छ तर मौद्रिक नीतिमा बैङ्क वित्तीय संस्थाको आम्दानीमा गिरावट आउने खालका प्रावधान राखिएका छन् । अहिलेको अवस्थामा बैङ्क वित्तीय संस्थाले धेरै नाफा कमाउने बेला होइन र कमाउन सक्दैनन् । लगानीकर्ताले न्यूनतम रूपमा नाफा पाउनुपर्ने उहाँहरूको नैसर्गिक अधिकार हो । बैङ्क वित्तीय संस्थाका निक्षेपकर्ताले पनि न्यूनतम ब्याज पाउनुपर्ने उनीहरूको अधिकार हो त्यसलाई हामीले सम्मान गर्नुपर्छ ।अहिले विशेषगरी व्यवसायी र ऋणीका कुरा मात्र केन्द्रित गरिएका छन् ।

सस्तो दरमा ब्याज दिनुपर्ने, धेरै छुट दिनुपर्ने ‘री पेमेन्ट’ शुल्क लिनै नपाइने छ । ‘री पेमेन्ट’ शुल्क हटाउनु हुँदैनथ्यो । बैङ्क वित्तीय संस्थाले दीर्घकालीन लगानी गरेका ऋण छन्, त्यही कारणले गर्दा बैङ्क वित्तीय संस्थाबीच फाइल तानातानको अवस्था छ । यसले बजारमै अस्थिरता निम्त्याउने अवस्था रहन्छ । एउटा बैङ्कले मुद्दतीमा यति लिन्छु, यति वर्षमा यति आउँछ भनेर योजना बनाएको हुन्छ ।

त्यो योजना असफल गराउन यो मौद्रिक नीतिले सहयोगी भूमिका खेलेको छ । यसले वाणिज्य बैङ्कभन्दा पनि विकास बैङ्कलाई प्रत्यक्ष असर गरेको छ । वाणिज्य बैङ्कको लगभग २७ प्रतिशत जति अन्य आम्दानी हुन्छ भने विकास बैङ्कको ८ प्रतिशत जति मात्र छ । त्यसकारण नाफा दिने कुरामा त्यसले बढी हामीलाई हिट गरेको छ । ती बाहेक हामीले दिएका धेरै कुरा मौद्रिक नीतिमा समेटिएका छन् ।

सबैलाई समान किसिमले अगाडि लैजानुपर्छ भनेर कार्यान्वयन गर्ने क्रममा सुधार गर्दै जानुपर्छ । मौद्रिक नीतिको त्रैमासिक रूपमा समीक्षा हुन्छ । गभर्नरज्यूले पनि कहीँ कतै कसैलाई अप्ठेरो परेको भए करेक्सन हुन्छ भन्दै आइरहनुभएको छ । राष्ट्र बैङ्क हाम्रो अभिभावक हो । हामीलाई अप्ठेरो परेको कुरा करेक्सन हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

सरकारले दिनुपर्ने राहत बैङ्कले दिँदै जाँदा दीर्घकालीन रूपमा कस्तो असर पर्छ ?
मैले यो कुरा बारम्बार उठाउने गरेको छु । हाम्रो सरकारसँग फन्ड, रिजर्भ, क्यापासिटी छ भन्ने कुरा आफ्नो ठाउँमा छ । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटनसँग निर्भर हुने क्षेत्र लगायत अति प्रभावित क्षेत्र छन् । उनीहरूका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्छ । अहिलेको अवस्थामा सरकारले पीसीआर टेस्ट लगायतका अन्य स्वास्थ्य क्षेत्रमा खर्च गर्यो होला, त्यसमा आफ्ना दायित्व, सीमा छन् ।

त्यति हुँदाहुँदै पनि व्यवसायीलाई गर्नुपर्ने सहुलियत, बैङ्क वित्तीय संस्थालाई ब्याज, सर्भिस चार्जलगायतमा यो गर, त्यो नगर भन्ने र हरेक कुरा बैङ्क वित्तीय संस्थाको थाप्लोमा मात्रै राख्दा नेपाल सरकारको दायित्व के ? भन्ने प्रश्न उठ्छ । बैङ्क–वित्तीय संस्था भनेको पनि व्यवसाय हो भन्ने कुरा बुझ्नुपर्छ । जहाँ केही रिटर्न पाइन्छ भनेर लगानीकर्ताले लगानी गरेका हुन्छन् ।

एउटा व्यवसायीलाई अप्ठेरो पार्ने नीति, पोलिसी ल्याएर अर्कालाई सजिलो पार्नु कति न्यायोचित हो सोच्नुपर्छ । यो नेपाल सरकारको दायित्व हो । सरकारले आफ्नो क्षमता कति छ र कुन क्षेत्रमा कति गर्न सकिन्छ भन्ने कुरामा विशेष चासो दिएर गर्नुपर्ने थियो । यसले गर्दा बैङ्क वित्तीय संस्था भोलि अप्ठेरोमा पर्छन् कि भन्नेमा हामी चिन्तित छौँ । त्यस्तो स्थिति आए देशको समग्र अर्थतन्त्र, आर्थिक नीति, उद्योग व्यवसाय फेल हुने अवस्था आउनसक्छ । यो कुरामा नेपाल सरकार सचेत हुनुपर्छ ।

गरिमा विकास बैङ्कको अवस्था कस्तो छ ? आगामी योजना के छन् ?
अहिलेको वित्तीय विवरण हेर्दा धेरैजसो बैङ्क वित्तीय संस्थाको अवस्था नकारात्मक देखिएको छ । हामीले गत वर्ष ९ महिनासम्म निरन्तर काम गर्न पाएका थियौँ । चैतदेखि लकडाउन भयो । त्यसले गर्दा कतिपय बैङ्कको २१ प्रतिशतसम्म आम्दानी खुम्चिएको छ ।

धेरैको पोजेटिभ देखियो र पाँच/सात प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्थामा छन् । अवस्था यस्तै रहिरहे यो आर्थिक वर्षभन्दा पनि बैङ्क वित्तीय संस्थाका लागि आगामी आर्थिक वर्ष झनै चुनौतीपूर्ण हुनेछन् । बैङ्क वित्तीय संस्थाको ब्यालेन्स सिट राम्रोसँग करेक्सन गर्न खोजेनौँ, नयाँ ठाउँ र अवसरको खोजी गर्न सकेनौँ भने अझ अप्ठेरो स्थिति आउनेछ ।

कोरोनाबाट देखिएको जुन चुनौती छ यसलाई अवसरमा परिणत गर्न सक्नुपर्छ । नेपालमा बेरोजगारी बढ्दो छ । विदेशबाट कैयौँ युवा फर्किरहेका छन् । यस्तोमा सीप अनुसारको रोजगारी सिर्जना गर्न रोजगारी कर्जा, कृषि कर्जा प्रवाह गर्नुपर्छ ।

स्थानीय सरकारले बजार व्यवस्थापन गर्ने, त्यही किसिमको अन्तर्राष्ट्रिय प्रडक्ट जुन नेपालमा आउँछन् त्यहीँ किसिमको सेवा सहुलियत दिनसके अन्य क्षेत्रमा गएको कर्जालाई अर्को ठाउँबाट रिकभर गर्न सकिन्थ्यो । हामी त्यही योजना बनाएर अगाडि बढिरहेका छौँ ।

अहिले बिना धितो कर्जा, रोजगारी कर्जादेखि लिएर कृषि कर्जामा बैङ्कले फोकस गरेका छन् । जुन अहिलेको आवश्यकता र बाध्यता हो । धितो राखेर एउटा सफल व्यवसायीलाई मात्र लगानी गर्ने प्रतिस्पर्धा थियो । अब बैङ्क वित्तीय संस्थाले नागरिकलाई व्यवसाय गर्न उत्प्रेरित गर्नुपर्छ भनेर अगाडि बढेका छौँ ।

बिना धितो कर्जा कस्तो हो, कसरी पाइन्छ ?
हामीेले सुरुवात नै बिना धितो कर्जाबाट गरेका थियौँ । अहिले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा, विदेशबाट फर्किएका युवा, स्वदेशमै कृषि गर्छु भन्ने र महिला उद्यमीलाई १५ लाख र सुरुमा १० लाख परियोजनाका आधारमा दिने व्यवस्था गरेका छौं ।

हामी त्यो परियोजनाको निरीक्षण पनि गर्छौं । त्यो यथार्थ हुनुपर्छ । परियोजनाको योजनासहित आउनेलाई हामी पनि सहयोग गर्छौं । त्यो योजना बनाइसकेपछि हामी उहाँहरूलाई लोन दिन्छौँ, बीमा पनि गर्छौं । त्यसमा कुनै झण्झट छैन । त्यो मेची महाकालीमा सम्पूर्ण बैङ्कले गर्छन् ।

यस्तो किसिमको कर्जामा अर्को फाइदा के छ भने महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत उल्टो अनुदान पाउँछन् । त्यसमा एभरेजमा ७ प्रतिशतमा कर्जा पाउने सम्भावना रहन्छ । बेरोजगारलाई रोजगारमा परिणत गर्ने सबैभन्दा ठूलो हतियार हो यो । यसलाई हाम्रो बैङ्कले प्रडक्ट नै ल्याएर लन्च गरेको छ । असार र साउनमा झण्डै ३० करोड यसमा लगानी भइसकेको छ । हामीले यसमा अलि बढी केन्द्रित गरेका छौँ ।(समयपोष्ट)