जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

बैङ्क वित्तीय संस्थालाई ब्याज, सर्भिस चार्ज लगायतमा यो गर, त्यो नगर भन्ने र हरेक कुरा बैङ्क वित्तीय संस्थाको थाप्लोमा मात्रै राख्दा नेपाल सरकारको दायित्व के ?

कोभिड–१९ र लकडाउनले विकास बैङ्कलाई कत्तिको असर पुर्याईरहेको छ, कसरी सेवा दिइरहनुभएको छ ?
कोभिड–१९ ले देशको सम्पूर्ण व्यवसाय र अर्थतन्त्रमा प्रभाव पारेको छ । त्यसको प्रत्यक्ष असर बैङ्क वित्तीय संस्था, विकास बैङ्कलाई पनि परेको छ ।

बैङ्क, वित्तीय संस्था अत्यावश्यक सेवा प्रदायकमा पर्ने हुँदा लकडाउनको अवधिमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सेवा सुचारु गरिरहेका छन् । विकास बैङ्कका सबै सेवाग्राही पूर्णरूपमा आधुनिक प्रविधिमैत्री भइनसकेका कारणले गर्दा पनि सम्पूर्ण शाखा कार्यालय खोल्नुपर्ने बाध्यात्मक स्थिति छ । सबै ग्राहक मोबाइल बैङ्किङ, आईपीएसको माध्यमबाट सेवा लिन नसक्ने, चेक काटेरै कारोबार गर्नुपर्ने अवस्था भएकाले पनि सबै शाखा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाउँदा र मालपोत, वडा कार्यालय बन्द हुँदा व्यवसायमा प्रत्यक्ष असर गरिरहेको छ, जसले गर्दा व्यवसाय वृद्धि हुन सकिरहेको छैन । प्रायः सबै विकास बैङ्कले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । कुनै पनि विकास बैङ्कको ‘रेट अफ रिटर्न’ १६ देखि २५ प्रतिशतसम्म थियो भने अहिले साढे दस–एघार प्रतिशतभन्दा बढी छैन

। कतिपय विकास बैङ्कको नेगेटिभ रिपोर्ट आएको अवस्थासमेत छ । यसबाट पनि कोरोनाले विकास बैङ्कलाई परेको असर आँकलन गर्न सकिन्छ । कोरोना महामारीको अन्त्य कहिले हुने, बन्दाबन्दीको अवस्था के हुने, सबै क्षेत्र समेट्ने गरी सरकारले कस्तो नीति ल्याउँछ भन्ने नै अनिश्चित छ । यस्तै अवस्था रहिरह्यो भने आजको दिनभन्दा भोलिका दिनमा बैङ्क, वित्तीय संस्थामा झन् अप्ठेरो अवस्था आउने महसुस गरेका छौं ।

यो बीचमा मौद्रिक नीति पनि आएको छ । मौद्रिक नीतिले विकास बैङ्कका समस्या कत्तिको समाधान गर्छ ?
मौद्रिक नीति आयो यसको प्रायः सबै क्षेत्रबाट स्वागत पनि भएको छ । हामीले पनि मौद्रिक नीति राम्रो छ भनेर आफ्नो धारणा राखेका छौँ । मौद्रिक नीति आउनुअघि विकास बैङ्कका तर्फबाट हामीले पनि सुझाव दिएका थियौँ । धेरै कुरा समेटिएका छन्, हामी खुसी छौँ र सकारात्मक पनि छौँ । बैङ्क वित्तीय संस्था नरहे व्यवसाय रहँदैन भन्ने कुरामा सबै जानकार नै छन् ।

त्यसका लागि बैङ्क वित्तीय संस्थाको ब्यालेन्स सिट सकारात्मक हुनुपर्छ र बैङ्कले केही मुनाफा कमाउनुपर्छ, त्यो आफ्नो ठाउँमा छ तर मौद्रिक नीतिमा बैङ्क वित्तीय संस्थाको आम्दानीमा गिरावट आउने खालका प्रावधान राखिएका छन् । अहिलेको अवस्थामा बैङ्क वित्तीय संस्थाले धेरै नाफा कमाउने बेला होइन र कमाउन सक्दैनन् । लगानीकर्ताले न्यूनतम रूपमा नाफा पाउनुपर्ने उहाँहरूको नैसर्गिक अधिकार हो । बैङ्क वित्तीय संस्थाका निक्षेपकर्ताले पनि न्यूनतम ब्याज पाउनुपर्ने उनीहरूको अधिकार हो त्यसलाई हामीले सम्मान गर्नुपर्छ ।अहिले विशेषगरी व्यवसायी र ऋणीका कुरा मात्र केन्द्रित गरिएका छन् ।

सस्तो दरमा ब्याज दिनुपर्ने, धेरै छुट दिनुपर्ने ‘री पेमेन्ट’ शुल्क लिनै नपाइने छ । ‘री पेमेन्ट’ शुल्क हटाउनु हुँदैनथ्यो । बैङ्क वित्तीय संस्थाले दीर्घकालीन लगानी गरेका ऋण छन्, त्यही कारणले गर्दा बैङ्क वित्तीय संस्थाबीच फाइल तानातानको अवस्था छ । यसले बजारमै अस्थिरता निम्त्याउने अवस्था रहन्छ । एउटा बैङ्कले मुद्दतीमा यति लिन्छु, यति वर्षमा यति आउँछ भनेर योजना बनाएको हुन्छ ।

त्यो योजना असफल गराउन यो मौद्रिक नीतिले सहयोगी भूमिका खेलेको छ । यसले वाणिज्य बैङ्कभन्दा पनि विकास बैङ्कलाई प्रत्यक्ष असर गरेको छ । वाणिज्य बैङ्कको लगभग २७ प्रतिशत जति अन्य आम्दानी हुन्छ भने विकास बैङ्कको ८ प्रतिशत जति मात्र छ । त्यसकारण नाफा दिने कुरामा त्यसले बढी हामीलाई हिट गरेको छ । ती बाहेक हामीले दिएका धेरै कुरा मौद्रिक नीतिमा समेटिएका छन् ।

सबैलाई समान किसिमले अगाडि लैजानुपर्छ भनेर कार्यान्वयन गर्ने क्रममा सुधार गर्दै जानुपर्छ । मौद्रिक नीतिको त्रैमासिक रूपमा समीक्षा हुन्छ । गभर्नरज्यूले पनि कहीँ कतै कसैलाई अप्ठेरो परेको भए करेक्सन हुन्छ भन्दै आइरहनुभएको छ । राष्ट्र बैङ्क हाम्रो अभिभावक हो । हामीलाई अप्ठेरो परेको कुरा करेक्सन हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

सरकारले दिनुपर्ने राहत बैङ्कले दिँदै जाँदा दीर्घकालीन रूपमा कस्तो असर पर्छ ?
मैले यो कुरा बारम्बार उठाउने गरेको छु । हाम्रो सरकारसँग फन्ड, रिजर्भ, क्यापासिटी छ भन्ने कुरा आफ्नो ठाउँमा छ । अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटनसँग निर्भर हुने क्षेत्र लगायत अति प्रभावित क्षेत्र छन् । उनीहरूका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्छ । अहिलेको अवस्थामा सरकारले पीसीआर टेस्ट लगायतका अन्य स्वास्थ्य क्षेत्रमा खर्च गर्यो होला, त्यसमा आफ्ना दायित्व, सीमा छन् ।

त्यति हुँदाहुँदै पनि व्यवसायीलाई गर्नुपर्ने सहुलियत, बैङ्क वित्तीय संस्थालाई ब्याज, सर्भिस चार्जलगायतमा यो गर, त्यो नगर भन्ने र हरेक कुरा बैङ्क वित्तीय संस्थाको थाप्लोमा मात्रै राख्दा नेपाल सरकारको दायित्व के ? भन्ने प्रश्न उठ्छ । बैङ्क–वित्तीय संस्था भनेको पनि व्यवसाय हो भन्ने कुरा बुझ्नुपर्छ । जहाँ केही रिटर्न पाइन्छ भनेर लगानीकर्ताले लगानी गरेका हुन्छन् ।

एउटा व्यवसायीलाई अप्ठेरो पार्ने नीति, पोलिसी ल्याएर अर्कालाई सजिलो पार्नु कति न्यायोचित हो सोच्नुपर्छ । यो नेपाल सरकारको दायित्व हो । सरकारले आफ्नो क्षमता कति छ र कुन क्षेत्रमा कति गर्न सकिन्छ भन्ने कुरामा विशेष चासो दिएर गर्नुपर्ने थियो । यसले गर्दा बैङ्क वित्तीय संस्था भोलि अप्ठेरोमा पर्छन् कि भन्नेमा हामी चिन्तित छौँ । त्यस्तो स्थिति आए देशको समग्र अर्थतन्त्र, आर्थिक नीति, उद्योग व्यवसाय फेल हुने अवस्था आउनसक्छ । यो कुरामा नेपाल सरकार सचेत हुनुपर्छ ।

गरिमा विकास बैङ्कको अवस्था कस्तो छ ? आगामी योजना के छन् ?
अहिलेको वित्तीय विवरण हेर्दा धेरैजसो बैङ्क वित्तीय संस्थाको अवस्था नकारात्मक देखिएको छ । हामीले गत वर्ष ९ महिनासम्म निरन्तर काम गर्न पाएका थियौँ । चैतदेखि लकडाउन भयो । त्यसले गर्दा कतिपय बैङ्कको २१ प्रतिशतसम्म आम्दानी खुम्चिएको छ ।

धेरैको पोजेटिभ देखियो र पाँच/सात प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्थामा छन् । अवस्था यस्तै रहिरहे यो आर्थिक वर्षभन्दा पनि बैङ्क वित्तीय संस्थाका लागि आगामी आर्थिक वर्ष झनै चुनौतीपूर्ण हुनेछन् । बैङ्क वित्तीय संस्थाको ब्यालेन्स सिट राम्रोसँग करेक्सन गर्न खोजेनौँ, नयाँ ठाउँ र अवसरको खोजी गर्न सकेनौँ भने अझ अप्ठेरो स्थिति आउनेछ ।

कोरोनाबाट देखिएको जुन चुनौती छ यसलाई अवसरमा परिणत गर्न सक्नुपर्छ । नेपालमा बेरोजगारी बढ्दो छ । विदेशबाट कैयौँ युवा फर्किरहेका छन् । यस्तोमा सीप अनुसारको रोजगारी सिर्जना गर्न रोजगारी कर्जा, कृषि कर्जा प्रवाह गर्नुपर्छ ।

स्थानीय सरकारले बजार व्यवस्थापन गर्ने, त्यही किसिमको अन्तर्राष्ट्रिय प्रडक्ट जुन नेपालमा आउँछन् त्यहीँ किसिमको सेवा सहुलियत दिनसके अन्य क्षेत्रमा गएको कर्जालाई अर्को ठाउँबाट रिकभर गर्न सकिन्थ्यो । हामी त्यही योजना बनाएर अगाडि बढिरहेका छौँ ।

अहिले बिना धितो कर्जा, रोजगारी कर्जादेखि लिएर कृषि कर्जामा बैङ्कले फोकस गरेका छन् । जुन अहिलेको आवश्यकता र बाध्यता हो । धितो राखेर एउटा सफल व्यवसायीलाई मात्र लगानी गर्ने प्रतिस्पर्धा थियो । अब बैङ्क वित्तीय संस्थाले नागरिकलाई व्यवसाय गर्न उत्प्रेरित गर्नुपर्छ भनेर अगाडि बढेका छौँ ।

बिना धितो कर्जा कस्तो हो, कसरी पाइन्छ ?
हामीेले सुरुवात नै बिना धितो कर्जाबाट गरेका थियौँ । अहिले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा, विदेशबाट फर्किएका युवा, स्वदेशमै कृषि गर्छु भन्ने र महिला उद्यमीलाई १५ लाख र सुरुमा १० लाख परियोजनाका आधारमा दिने व्यवस्था गरेका छौं ।

हामी त्यो परियोजनाको निरीक्षण पनि गर्छौं । त्यो यथार्थ हुनुपर्छ । परियोजनाको योजनासहित आउनेलाई हामी पनि सहयोग गर्छौं । त्यो योजना बनाइसकेपछि हामी उहाँहरूलाई लोन दिन्छौँ, बीमा पनि गर्छौं । त्यसमा कुनै झण्झट छैन । त्यो मेची महाकालीमा सम्पूर्ण बैङ्कले गर्छन् ।

यस्तो किसिमको कर्जामा अर्को फाइदा के छ भने महिलाले ६ प्रतिशत र पुरुषले ५ प्रतिशत उल्टो अनुदान पाउँछन् । त्यसमा एभरेजमा ७ प्रतिशतमा कर्जा पाउने सम्भावना रहन्छ । बेरोजगारलाई रोजगारमा परिणत गर्ने सबैभन्दा ठूलो हतियार हो यो । यसलाई हाम्रो बैङ्कले प्रडक्ट नै ल्याएर लन्च गरेको छ । असार र साउनमा झण्डै ३० करोड यसमा लगानी भइसकेको छ । हामीले यसमा अलि बढी केन्द्रित गरेका छौँ ।(समयपोष्ट)

लिवर्टी ईनर्जीको आईपीओ बाँडफाँट

लिवर्टी इनर्जी कम्पनीको आइपीओ बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालयमा दिउँसो १२ बजे आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओका लागि आवेदन दिएकाहरु सबैले शेयर पाएाक छन् । न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म सेयर पाएका हुन् । अधिकतम ४० कित्तासम्म सेयर परेको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार १ लाख ८८ हजार ३७३ जना आवेदकले१० कित्तादेखि ४० कित्तासम्म सेयर पाएका हुन् । ९४ हजार ९०४ आवेदकले १० कित्ता, ४५ हजार ४८ आवेदकले २० कित्ता र ४८ हजार २२१ आवेदकले ३० कित्ता सेयर पाएका छन् । गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्तासमेत गरी ४० कित्ता सेयर पाएका हुन् ।

कम्पनीको आइपीओमा कुल १ लाख ८८ हजार ४९९ जनाले आवेदन दिएका थिए । जसमध्ये १२६ आवेदन रद्द भएको थियो ।

बैंक अफ काठमाण्डूको संस्थागत शेयर लिलामी प्रकिया स्थगित

बैंक अफ काठमाण्डूले लिलामी शेयर खरीदका लागि आवेदन फराम विक्री र बुझ्ने कार्य निषेधाज्ञाका कारण स्थगित गरेको छ ।कम्पनीले भदौ १५ गतेसम्म लिलामी शेयरमा आवेदन गर्ने समय थप गरेकोमा निषेधाज्ञा जारी रहेकाले लिलामी शेयरको आवेदन फारम विक्री गर्न कार्य स्थगित गरेको जनाएको छ ।

कम्पनीले तीन लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर भदौ १ गते देखि ८ गतेसम्म विक्री खुल्ला गर्ने भनिएकोमा कोरोना महामारीका कारण अत्यावश्यक सेवा बाहेकका सबै सेवा संचालनमा रोक लगाएको कारणले लिलामी शेयरमा आवेदन दिने अवधि थप गरेको थियो । कम्पनीको बिक्रि प्रबन्धमा एनएमबि क्यापिटल रहेको छ ।

बैंक र वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनको प्रकृयामा रोकिदाः पूर्व सीइओहरुनै बैंक बोर्डको नेता बने !

नेपालका वाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सञ्चालक समितिका अध्यक्षमा पूर्व सीइओहरुनै छन् । भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो ।

लामो समय बैंक र वित्तियसंस्थामा कार्यकारी भूमिकामा रहि काम गरेका तर, विविध कारणले पुन सोही पदमा रहि रहन नसकेका सिटिजन्स इन्टरनेशनल बैंकका पूर्व सीइओ राजन सिंह भण्डारी सोही बैंकको सञ्चालक समितिका अध्यक्ष छन् । मुक्तिनाथ विकास बैंकका तत्कालीन सीइओ भरत राज ढकाल पनि अहिले सोही बैंकको अध्यक्ष पदमा छन् ।

यता सिभिल बैंक लिमिटेडका पूर्व सीइओ किशोर मर्हजन अहिले प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष छन् ।
बैंक तथा वित्तिय संस्थामा बैंकर व्यवसायीलाई छुट्याउने बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधनका लागि सदनमा अड्कीएर बसेको फाइदा लिँदै बैंक, बीमा र वित्तिय संस्थामा ७५ काटेका सयौ व्यक्ति सीइओ र सञ्चालक पदमा अझै आसीन छन् । प्राइम कर्मशियल बैंकका सीइओ नारायणदास मानन्धरले त सर्वोच्च अदालतबाट आदेश नै ल्याएर बैंकको सीइओ चलाएका छन् ।

 

पूराना र अनुभवी बैंकरले बैंक चलाउनु र सञ्चालक बन्नु राम्रो पक्ष होला । तर, युवा बैंकरहरुले मुख्य पद नपाउदै विदा हुनु चाहि दुखद पक्ष मान्नै पर्दछ । नेपालका दर्जनौ बैंकका सीइओहरुले तेस्रो कार्यकाल चलाउदा आफैले दिएका निर्देशन समेत उलंघन हुँदा समेत राष्ट्र बैंक बेखबर जस्तै बन्नुले के सन्देश दिन्छ ।

नेपाल राष्ट्र बैंकले २ कार्यकाल मात्रै बैंकको सीइओ बन्न पाउने निर्देशन नै जारी गरेको ६÷७ वर्ष नै भयो तर, अधिकाशं बैंक्हरुले बैंकको प्रबन्ध नियमावलीमा उक्त कुरा साधारण सभाबाट पास गरेर अझै राखेका छैनन् । केही मेगा बैंक, सिद्धार्थ बैंकले राखेपछि ती बैंकका सीइओद्वय अनिल केशरी शाह र सुरेन्द्र भण्डारीले बैंक छाडे ।तर, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक लगायत केही बैंकका सीइओ साबहरुले तेस्रो र पाँचौ कार्यकालका लागि पुन सीइओ बनेका छन् ।

शक्ति र पावरबाट राष्ट्र बैंकको निर्देशननै रद्दीको टोकरीमा फाल्ने हिमालयन बैंक र एनबी बैंक माथी नयाँ गर्भनर महाप्रसाद अधिकारीले चाहि कस्तो कारवाही गर्ने हुन् ।

त्यो हेर्न र लेख्न पाइन्छ कि पाइदैन भन्ने चासो बढेको छ । लगातार २ कार्याकाल ८ वर्ष भन्दा बढि एउटै व्यक्ति एउटै बैंकमा रहँदा बैंकको कर्पोरेट सुशासन कस्तो होला ? आर्थिक चलखेल कस्तो होला ? अरु सूचक कस्ता होलान ? अब हेरौ बैंकका सीइओबाट सञ्चालक पदमा आसिन अनुहार कस्ता छन् त ?

बैंक तथा वित्तीय संस्थामा बैंकर र व्यवसायीलाई छुट्याउन बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) संसोधनको प्रकृयामा रहँदै गर्दा व्यवस्थापनको नेतृत्व सम्हालेका पुर्व बैंकरहरु सञ्चालक समितिमा जोडिन पुगेका देखिन्छ ।
व्यवस्थापनमा रहेर सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्ने विगतको अभ्यासलाई कानुनी रुपमा निषेध गरिए पछि व्यवस्थापनबाट निबृत्त भइ सञ्चालक बन्ने क्रम बढेको देखिन्छ । बैैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ले सञ्चालक समितिमा बसेको व्यक्तिलाई व्यवस्थापनमा समेत रहेर दोहोरो भुमिका निर्वाह गर्न नपाउने व्यवस्था गरेको थियो ।

सञ्चालक समितिले तर्जुमा गर्ने योजनाको कार्यान्वायन प्रमुख कार्यकारी अधिकृतहरुले गराउँछन । विगतमा आफैंले योजना बनाएर आफैं कार्यान्वायनमा सक्रिय हुने गरेकोमा अहिले भने कार्यान्वायन गराउने अभ्यासमा पोख्त भएर योजना तर्जुमा गर्ने स्थानमा बैंकरहरु आकर्षित हुन थालेका हुन् । कि भन्ने देखिन्छ ।सीइओले एउटा संस्थामा २ कार्यकालभन्दा बढी समय बिताउन नपाउने व्यवस्था छ । यो व्यवस्थासँगै सञ्चालक समितिको निर्देशन कार्यान्वायन गराउनेहरु अहिले आफैं व्यवस्थापनलाई निर्देशन दिने ठाउँमा पुगेपछि उनीहरुको बैंकमा चर्को हालीमुहाली मात्रै छैन । सीइओको अधिकारमै हस्तक्षेप रहेको एक बैंकका सीइओले पंक्तिकारलाई नाम नलेख्ने शर्तमा बताए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया)ले कार्यकारी र सञ्चालकको भुमिकामा बस्न बन्देज लगाए यता तीन जना पुर्व प्रमुख कार्यकारीहरु बैंक सञ्चालक समितिको अध्यक्ष बनेका देखिन्छ । कहाँ छ राष्ट्र बैंक, किन बोल्दैन ?
मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति अध्यक्षमा भरतराज ढकाल छन् । ढकाल यस अघि मुक्तिनाथ विकास बैंकमा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको भुमिकामा थिए ।

यसभन्दा पहिले सिटिजन्स बैंकमा २ कार्यकाल प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका राजनसिंह भण्डारी केही समयको बिश्राम पछि सोही बैंककै सञ्चालक समिति अध्यक्षका रुपमा फर्केका छन, भने सिभिल बैंकमा २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएका किशोर महर्जन सेवा निबृत्त भए ।

यसबाट सीइओहरुको अधिकार कति कटौती होला सहजै अनुमान गर्न सकिन्छ । तरपनि वाध्यता छ । जागिरको कुरा छ ती सीइओले पंक्तिकारसंग निशास हुँदै बताए । नेपाल इन्भेष्टमेण्ट बैंकको कार्यकारी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका पृथ्बीबहादुर पाँडे अहिले दोहोरो भुमिकामा नभई नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिको अध्यक्ष मात्र छन् ।

बाफिया आकर्षित हुनु पहिले पाँडेले इन्भेष्टमेण्ट बैंकमा लामो समयसम्म कार्यकारी अध्यक्षको भुमिका निर्वाह गरेका थिए । ग्लोबल आइएमई बैंकको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा रहेका छन । भने लक्ष्मी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सिटिजन्स बैंकको सञ्चालक बनेका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका एनएमबी बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल अहिले नबिल बैंकको सञ्चालक छन् ।

कुमारी बैंक तथा बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत भैसकेका राधेश पन्त लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत बने । अहिले उनी बैंक अफ काठमाण्डूको सञ्चालक छन् । यसले के सन्देश दिन्छ भने आफ्नै हात जगन्ननाथ भन्ने उखानलाई यी माथिका पात्रबाट प्रष्ट हुन्छ कि हुँदैन ।

त्यो त नियमनकारी निकाय राष्ट्र बैंकलाई नै थाहा होला । बैंक र वित्तिय संस्थाको संशोधनको (वाफिया) थन्कीएसंगै जनताको ७० प्रतिशत पैसा रहेको बैंक र वित्तिय संस्थामा घुमाई फिराई रुम्जाटारकै नियम लागु हुनु चाहि राम्रो पक्ष मानिदैन । सचेत भया । आर्थिक बजार मासिकको आश्विन अंकबाट

ललिता निवास धितोराखी महालक्ष्मी विकास बैंकले पौडेल, गुरुङ र ढकाललाई दिइएको करिब ३ करोड कर्जा उठाउने जमर्को गरेपछि सीइओ लामिछानेलाई बर्खास्त गरिएको खुलासा !

सबै विवाद नै विवादमा फस्दै आएको तत्कालीन कामना विकास बैंक । त्यसपछिको यति विकास बैंक र अहिले बनेको महालक्ष्मी विकास बैंकले सरकारी जग्गा जान्दा जान्दै ललिता निवासका भू–माफियाद्वय मेनपावर व्यवसायी हेम बहादुर गुरुङ्ग र नेताका छोरा नविन पौडेललाई दिएको २ करोड १४ लाख जनताको पैसा डुक्ने भएको बैंक उच्च स्रोतको दाबी छ । सधै सीइओ फेर्ने राजनीति मात्रै गर्दै आएको बैंक सञ्चालक समितिले उक्त कर्जा उठाउने जमर्को कसेका दक्ष एवं अनुभवी बैंक र कृष्ण राज लमिछानेलाई आधा कार्यकाल छदाछदै दबाबमा राजीनामा गराई हटाएको एक सञ्चालकले पक्तिकारसंग बताए ।

जब लामिछाने सीइओ भएर बैंक पुगे तब उनी माथी चर्को सञ्चालक समितिबट कर्जा प्रवाह देखि गार्ड सप्लाईसम्म हस्तक्षेप भयो । बैंकका आफू मुनीका डिसीइओ ४ जनाले सीइओलाई सघाउनु भन्दा सञ्चालक समितिका (कांग्रेसी नेता) अध्यक्ष राजेश उपाध्यक्षलाई कुरा लगाउने र सीइओ लामिछानेलाई विवादमा ल्याउने काम भएको ती सञ्चालकले दाबी गरे ।

सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यक्षको दबावमा तत्कालीन यति विकास बैंकका सीइओले एसओएस मेनपावर कम्पनीका मालिक हेमराज गुरुङ्गलाई ललिता निवासको जग्गा धितो राखी १ करोड ६५ लाख पैसा कर्जा दिएको खुलेको छ । यति मात्रै होइन । एक नेताका छोरा नविन पौडेललाई एक डिपुटी सीइओको एउटै जिल्ला र सम्बन्ध भएका कारण ४९ लाख ९० हजार सोही ललिता निवासको ८ आना जग्गा धितो राखी कर्जा दिएको खुलेको छ ।

यस्तै भूमाफिया सोभाकान्त ढकालकी श्रीमती उमा कुमारी ढकालकी श्रीमती धितो राखी महालक्ष्मी बैंकले दिएको ९२ लाख उठाउन बाँकी रहेको समेत खुलेको छ । बैंक उच्च स्रोतले दिएको जानकारी अनुसार यी दुबै कर्जा उठेका छैन । जग्गा सरकारी भई सक्यो । कर्जा लिनेहरु बिरुद्ध अख्तियारले छानवीन गरि अदालतमा पु¥याएको छ । तर, बैंक नेतृत्व बोल्दैन । कर्जा खराब कर्जा भएपछि प्रोभिजन गरिएको छ ।

तर, उठ्ने कुनै छाटकाट नै छैन । तत्कालीन सीइओ लामिछानेले महालक्ष्मी विकास बैंकलाई उचाईमा पु¥याउदै तत्कालीन मर्जर हुँदा विभिन्न विकास बैंक र फाइनान्स कम्पनीबाट आएका कर्जा उठाएका थिए । तत्कालनि यति विकास बैंकबाट कमिशन खाइ दिएका कर्जा अझै नउठेको स्रोतको दाबी छ ।

यता ललिता निवासको जग्गा धितो राखेर ऋण दिने विभिन्न १७ वटा बैंक तथा वित्तीय संस्थाको लगानी डुब्ने अवस्थामा पुगेको देखिन्छ । भूमाफियाको कब्जामा रहेको सो जग्गा सरकारले जफत गर्ने भएपछि बैंक तथा वित्तीय संस्थाको झण्डै २ अर्ब २० रुपैयाँ ऋण जोखिममा परेको हो । नेपाल राष्ट्र बैंकले ललिता निवासको जग्गा धितोमा राखेर कर्जा दिने बैंकहरुको विवरण संकलन गरिसकेको छ । तर, कर्जाबारे के भएको छ । चुपचाप छ ।

यी मध्ये ३ वटा वित्तीय संस्थाले ऋण असुली गरिसकेका छन । विगतमा राष्ट्र बैंकले ललिता निवासको जग्गा धितो राखेर कर्जा दिने बैंक जति सबैलाई पत्राचार गरेको थियो । ललिता निवासको जग्गामा तत्कालीन आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक, यति डेभलपमेन्ट बैंक हाल महालक्ष्मी विकास बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, हिमालयन बैंक, आर्या तारा बचत तथा ऋण, युनिक फाइनान्स रहेको देखिन्छ ।

यस्तै बैंक अफ एसिया नेपाल हाल एनआईसी एसिया बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक र किष्ट बैंक हालको प्रभु बैंकले ऋण प्रवाह गरेको खुलेको थियो ।
कसले कति पैसा लिए ?

हिमालय बैंकले संगीता कोठारीको नाममा १३ करोड रुपैयाँ ऋण दिएको छ । कोठारीले ९ करोड ६६ लाख ९४ हजार तिर्न बाँकी छ । प्रभु बैंकले भाटभटेनी सुपर स्टोर्सको नाममा १२ करोड दिएकोमा ५ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी देखिन्छ ।

सिटिजन बैंकले नयेन्द्र थापा, रामचन्द्र कार्की, बाबा देउजा र साहिल अग्रवालको नाममा ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ दिएको छ । यसमध्ये सिटिजनले ४ करोड १६ लाख ४९ हजार २ सय ५३ उठाउन बाँकी देखिन्छ ।

ग्लोबल आइएमई बैंकले उमाकुमारी ढकाललाई ३ करोड ७५ लाख ऋण दिएकोमा ३ लाख ७४ लाख २५ हजार २०२ उठाउन बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको देखिन्छ ।

प्राइम कमर्शियल बैंकले सोहितु नेपाललाई ४ करोड २ लाख ऋण दिएकोमा उनीबाट १ करोड ७८ लाख ६५ हजार ५७१ रुपैयाँ उठाउन बाँकी छ ।

यता एनआईसी एशियाले अटो ट्रेडिङ्गलाई दिएको ४ करोड ५० लाख ऋणमध्ये ३ करोड ९५ लाख ९४ हजार रुपैयाँ उठाउन बाँकी छ ।

एनसीसी बैंकले जीवनकुमार प्रसाईं, नारायण पोखरेल, खिमानन्द भट्टराई, विष्णु केसी, आशा पौडेललाई ४ करोड ७२ लाख ५० हजार रुपैयाँ ऋण दिएको छ । बैंकले पाँच जनाबाट अझै ३ करोड ६७ लाख २६ हजार ३७३ रुपैयाँ उठाउन बाँकी छ।

सरकारी बैंक नेपाल बैंकले भारती पाण्डेलाई २५ लाख ऋण दिएकोमा २० लाख ४७ हजार २४४ रुपैयाँ उठाउन बाँकी छ ।
तत्कालिन कैलाश विकास बैंकले ओम विरमान ताम्राकारलाई ७५ लाख दिएकोमा ७५ लाख नै उठाउन बाँकी रहेको छ । महालक्ष्मी विकास बैंकमार्फत उमाकुमारी ढकाललाई दिएको ९२ लाखमा ९२ लाख नै उठाउन बाँकी छ ।

तत्कालिन देव विकास बैंकले नूतन श्रेष्ठलाई दिएको ३ लाख १० हजार ९३५ रुपैयाँ ऋण दिएकोमा पुरै रकम उठाउन बाँकी रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

किसानलाई ज्यानभन्दा मलको पीर, भदोरै घाममा लाइन बस्दा बेहोस

कोरोना भाइरसको जोखिमका कारण मानिस भेटघाट हुन जिल्लाभर कडाइ गरिएको छ। संक्रमण आफूलाई पनि सर्न सक्ने जोखिमका कारण स्वयं व्यक्ति नै सतर्क हुनुपर्ने अवस्थामा धादिङका किसानमा भने कोरोना संक्रमणभन्दा रासायनिक मलको चिन्ता बढी देखिएको छ।

कोरोना भाइरसको जोखिम भए पनि सयौं किसान युरिया मल लिन तछाड मछाड गर्दै उर्लिएका छन्। कसैलाई कोरोनाको डर छैन, ज्यान जोखिममा राखेर भए पनि १५ किलो मल लिने हतारो उनीहरुलाई परेको छ। मल लिने लाइन लाग्दा लाग्दै चर्को घामका कारण बेहोस हुनुपर्ने अवस्था आएको छ।

शुक्रबार नीलकण्ठ ४ को रायटार डिपोमा लाइन बसेकी नीलकण्ठ ४ कै एक महिला बिहान ११ बजेतिर लाइनमा बेहोस भइन्। उनलाई सँगै रहेका साथीले उपचार गराए। लामो समयपछि गत शुक्रबार र शनिबार मल आउने सुचना पाएका किसान बिहान ५ बजेदेखि मल पाइने आशामा सहकारी र डिपोमा लाइन लागेका थिए। बिहानैदेखि चर्को घाममा भोक भोकै लाइन बस्नुपरेको र कमजोरी भएकाले गर्दा लाइनमै बेहोस भएको नीलकण्ठ ४ का सुन्दर गुरुङले बताए।
गएको जेठ महिनादेखि धादिङवेशीमा युरिया मलको अभाव छ। मकैमा मल हाल्ने बेलामा पनि सहज नपाएको किसानले त्यतिबेला पनि ५-१० किलो मल किन्नको लागि धेरै दिन सदरमुकाम धाउनु परेको थियो।

अहिले पनि गएको असार साउनमा रोपाइ गरिएको खेतमा मल हाल्ने बेला भएको र सहज रुपमा नपाएकाले मल उपलब्ध भएको दिन एकैपटक सयौं किसान मल लिन थुप्रिएको किसानले बताएका छन्। नीलकण्ठ ८ का रोशनकुमालले भने, ‘खेतमा मल हाल्न पाइएन भने उत्पादन नै हुँदैन, चाहिएको बेलामा कहिल्यै पनि सहज छैन, आएको बेलाला यसरी तछाड मछाड गरिएन भने खानै नपाएर मरिने होला, अहिलेलाई के को कोरोना न सोरोना।’

शुक्रबार देखिएको भीड शनिबार पनि उस्तै थियो। बढ्दो कोरोना संक्रमणको डरले जिल्लामा निशेधाज्ञा जारी गरिएको छ। तर मल पाउने आशाले शनिबार एकाबिहानै हातमा नाम्लो र बोरा बोकेर सदरमुकामस्थित नीलकण्ठ सहकारी कार्यालय भवन परिसरमा खचाखच भए। शुक्रबार सदरमुकाम बाहिरका केही सहकारीले डिपोमार्फत बजारमै मल वितरण गरे। शनिबार नीलकण्ठ सहकारीको डिपोबाट मल वितरण गरिएको थियो।

मल नपाउने चिन्तामा एकाबिहानै सहकारीमा आइपुगेका किसानलाई सामाजिक दूरी, मास्क लगाउनुभन्दा पनि मलकै चिन्ताले सताएको थियो। किसानहरुको भीड बढ्दै गएपछि उनीहरुले मल सकिन्छ कि भन्ने चिन्ताले सहकारीको फलामे गेटसमेत फोडेर भित्रै पसेका थिए। नीलकण्ठ १२ कि सावित्री लंसालले भनिन्, ‘ज्यान जोखिमा पर्छ रोग लाग्न सक्छ भन्ने त थाहा छ नि तर समस्याले रोग र भोक भन्दो रहेनछ, अहिले मल हाल्न पाइएन उत्पादन कम हुन्छ र हिउँदमा किनेर खानुपर्छ।’

एक बोरा मल ३ जना किसानलाई बाड्दासमेत ४ सय २० बोरा मलले माग नपुगेपछि २ सयभन्दा बढी कृषकहरु रित्तो हात फर्कनुपरेको नीलकण्ठ सहकारीका व्यवस्थापक हरि रिजालले बताए। रासायनिक मल आयो रे भन्ने सुनेका किसानले रोग र भोक नभनी मल पाउनेमा ढुक्क हुँदै सदरमुकाम झरेका केही किसानहरु निराश हुँदै घर फर्किन बाध्य भएका थिए।

चारवटा कम्पनीहरुको साधारण सेयर आउँदै

विश्व नै कोरोना भाइरसले आक्रान्त भएको समयमा मानिसहरुले शेयर बजार क्षेत्रलाई लगानी गर्नको निमित्त सुरक्षित मानेका छन् । नेपालमा पनि करिब ४ महिना लकडाउन हुँदै फेरि विगत हप्तादिन देखि निषेधाज्ञामा छ । तरपनि लगानीकर्ताहरु लगानी गर्न आतुर देखिएका छन् ।

लकडाउन खोलिएको केही समयमै शेयरमार्केटमा हरियाली देखियो । लगानीकर्ताहरुमा खुशियाली देखि छायो । अन्य व्यापार व्यवसायलाई कोरोनाले ठूलो असर पारे पनि शेयर मार्केटमा भने पछिल्लो समय केही राहत महसुस गर्न सकिन्छ । यसको राम्रो उदाहरण मान्न सकिन्छ । रिलायन्स इस्योरेन्स कम्पनी, लिबर्टी इनर्जी, समाज लघुवित्त, एनआरएन इन्फाइन्ट्रचरको आईपिओमा लगानीकर्ताहरुको आवेदन । जसमा माग भन्दा कयौ गुणा बढि आवेदन परेको थियो । अझ भनु लगानीकर्ताहरुले अनलाईनबाट आवेदन दिनका लागि बनाईएको मेरो शेयर अनलाइन सिस्टमनै समस्या आयो । अर्को तर्फ निषेधाज्ञामा पनि मानिसहरु अनलाईन सिस्टम नचलेको भन्दै बैंकका शाखाहरुमा गई शेयर आवेदन दिएका थिए ।

यसरी लगानीकर्ताहरुको साधारण सेयरमा देखिएको उत्साहलाई कोरोनाले कुनै असर पारेको देखिदैन । अनलाईनमा समस्या आएको भन्दै सिडिएसले निषेधाज्ञाभर कुनै पनि कम्पनीको आइपीओ बजार नआउने जानकारी दिएको छ । तरपनि निषेधाज्ञा खुल्ने वित्तिकै थप ४ वटा कम्पनीहरुको साधारण सेयर बजारमा आउन तयार रहेका छन् । जसमा दुई इन्स्योरेन्स कम्पनी छन् ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
सानिमा जनरल इन्स्योरेन्स एक निर्जिवन वीमा कम्पनी हो । वि.स. २०७५ मा स्थापित यो संस्थामा गैह्र आवासीय नेपालीहरुको लगानी रहेको छ । प्रति कित्ता रु. १०० का दरले रु. ३० करोड बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ ।

कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । सेयर जारी पश्चात कम्पनीको चुक्ता पुजी रु. १ अर्ब पुग्नेछ । कम्पनीले तेस्रो त्रैमासमा २ करोड ६९ लाख ४७ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । हाल ७० करोड चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ३ करोड ७७ लाख ७१ हजार छ भने वीमा कोषमा ४ करोड ४१ लाख ७ हजार छ । कम्पनीको गत माघ २४ गते सम्पन्न साधारण सभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
केयर रेटिङले उक्त शेयर निष्कासनलाई बिबि प्लस दिएको छ । जसले कम्पनी औसत भन्दा तल रहेको जनाउँदछ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडएक निर्जिवन वीमा कम्पनी हो । विभिन्न बैंक, वित्तिय संस्था र समूहद्धारा प्रवद्र्धित यो संस्था वि.स. २०७५ मा स्थापित भएको हो । यस संस्थामा विगत ३ दशक लामो अनुभव भएका व्यक्तित्वहरु रहनु भएको छ । कम्पनीको मुख्य कार्यालय हात्तिसार काठमाडौमा रहेको छ ।

कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता, रु. १०० का दरले सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धक एनआइवील एस क्यापिटल मार्केट रहेको छ ।
सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ । कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैया रहेको छ । त्यसैगरी कम्पनीको वीमा कोषमा ५ करोड १० लाख रुपैया र महाविपत्ति जगेडा कोषमा ५२ लाख रुपैया सञ्चित रहेको छ । प्रति शेयर नेटवर्थ रु. ११४ रुपैया ६८ पैसा र प्रति शेयर आम्दानी ७ रुपैया २३ पैसा छ ।
केयर रेटिङले उक्त शेयर निष्कासनलाई बिबि प्लस दिएको छ । जसले कम्पनी औसत भन्दा तल रहेको जनाउँदछ ।

 डिस मिडिया नेटर्वक लिमिटेड
नेपालमा पहिलो पटक टेक्नोेलोजी क्षेत्रबाट सेयर बजार प्र्रवेश गर्न लागेको कम्पनी हो यो । बजारमा यस कम्पनीको प्रवेश सँगै अन्य टेक्नोेलोजी सेक्टरका कम्पनीहरु पनि बजारमा प्रवेश गर्ने सम्भावना बलियो हुन्छ । डिस होम स्याटालाईट प्रविधिद्ध्रारा टेलिभिजन हेर्ने एक टेलिभिजन च्यानल हो । नेपालमा टेलिभिजन बजारको करिब ३५ प्रतिशत यस डिस होमले ओगटेको छ । सन् २०१० मा स्याटालाईट च्यानल प्रा.लि. र डिस मिडिया नेटवर्क लि. मर्ज भई डिस मिडिया नेटवर्क लि. भएको हो ।


कम्पनीको हालको शेयर स्वामित्व ५३ प्रतिशत नेपाली र ४७ प्रतिशत बैदेशिक लगानी रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अरब २५ करोड रहेको छ । जसको १० प्रतिशतले हुन आउने २३ लाख ८५ हजार ९२९ (अर्थात २३.८५ करोड) कित्ता रु. १०० का दरले सेयर आउने छ । डिस मिडिया नेटवर्क लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले एचभष्mिष्लबचथ च्भखष्भध मा राखेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै बजारमा यो आउनेछ ।
कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड
नेपालमा पहिलो पटक पर्यटकीय संघ, संस्थासँग सम्बन्धित कम्पनीको साधारण सेयर निष्कासन हुन लागेको हो । बजारमा यस कम्पनीको प्रवेश सँगै अन्य सम्बन्धित सेक्टरका कम्पनीहरु पनि बजारमा प्रवेश गर्न बाध्यकारीे हुन्छन् ।
कम्पनीका मुख्य सञ्चालकहरुमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, हाथवे इन्भेष्टमेन्टका निर्देशक अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ रहनु भएको छ ।

यस चन्द्रागिरी हिल्स लिमिटेडले (१८.४० करोड) बराबरको १८ करोड ४० लाख ९१० कित्ता सेयर सर्वसाधारण तथा स्थानीयका लागि निष्कासन गरिनेछ । जस अनुसार स्थानीयलाई २ प्रतिशत अर्थात ३,०६,८१९ कित्ता र १० प्रतिशत अर्थात १५,३४,०९१ कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । यसरी हेर्दा कम्पनीको सेयर स्वामित्व १२ प्रतिशत सर्वसाधारण र ८८ प्रतिशत संस्थापकको हुनेछ । सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी रु. १ अरब ५३ करोड रुपैया पुग्नेछ । चन्द्रागिरी हिल्स लिमिटेडको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कोरोना संक्रमित बढेसंगै कोरोना बीमा ह्वात्तै बढ्यो, १० लाखको कोरोना बीमामा छ सयको भुक्तानी दाबी भुक्तानी हुँदै ?

पछिल्लो पटक राजधानीका तीन शहरमा कोरोना संक्रमण तिब्र गतिमा देखिएसंगै कोरोना बीमा गर्नेहर ह्वात्तै बढेका छन् भन्दा फरक पर्दैन । १ हजारको कोरोना बीमा गर्दा १ लाख राहत खर्च पाइने भएकाले बैकका कर्मचारी देखि सर्वसाधरणले समेत कोरोना बीमा गराउन थालेको देखिन्छ ।

कोरोना बीमा सरकारको सहयोगमा सञ्चालित बीमा हो । यसमा बीमा समितिको सक्रियता र निजीवन बीमा कम्पनीको प्रयासबाट यो बीमा बजारमा आएको देखिन्छ । कोरोना पोजेटिभ देखिने वितिकै पाइने बीमा भएकाले यस प्रति आकर्षण बढेको बीमा विज्ञहरुको बुझाई छ ।

नेपालमा तीन करोड जनता मध्ये १० लाखले कोरोना बीमा गराएको र ६ सयले कोरोना बीमाको दाबी भुक्तानी मागेको बीमा समितिको उच्च स्रोतको दाबी छ । निजीवन बीमा कम्पनीहरुले मात्रै गर्न पाउने यो कोरोना बीमा आगामी चैत्र मसान्त सम्म मान्यता पाउने देखिन्छ । यस बीचमा कोरोना महामारी चर्किए । बीमा कम्पनीहरुले भुक्तानी गर्न सक्दछन् कि सक्दैनन । यो चाहि हेर्न बाँँकी छ ।

सरकारले कर्मचारलिाई निशुल्क कोरोना बीमा गर्ने व्यवस्थासंगै सरकारी कर्मचारीहरुले कोरोना बीमा गराउने क्रम उच्च छ । यससंगै कोरोना बीमा गर्नेको संख्या १० लाख नाघेको देखिन्छ ।

बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार हालसम्म आठ लाख ३४ हजार ९३३ जनाको कोरोना बीमा गरिएको छ । सो तथ्याङ्गमा राष्ट्रिय बीमा कम्पनीबाट कोरोना बीमा गरिएको दुई लाख थप हुँदा कोरोना बीमा गर्नेको कुल संख्या १० लाख नाघेको देखिन्छ ।

बीमा पुलको तथ्याङ्क अनुसार कुल ४६ करोड ९८ लाख ७९ हजार १८२ रुपैया कोरोना बीमा शुल्क आर्जन गरेका छन् । राष्ट्रिय बीमा कम्पनीका अनुसार कोरोना बीमा शुल्क १६ करोड नाघिसकेको छ । सो समेत जोड्दा कुल कोरोना बीमा शुल्क आम्दानी ६२ कराड भन्दा माथि पुग्ने देखिन्छ ।

यससंगै कोरोना बीमामा दाबी पर्ने क्रम बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार कुल ६०० जनाको कोरोना बीमा दाबी परेको छ । कोरोना बीमा कम्पनीहरुका अनुसार दैनिक जसो बीमा दाबी पर्ने क्रम जारी छ । पछिल्लो समय कोरोना बीमाको महत्व बुझ्दै गएका शिक्षित जनशक्तिले कोरोना बीमा गराउन थालेको बीमा विज्ञहरुको ठम्याई छ ।

सेञ्चुरी मसलामा नुन मिसाएपछि कसको पो के लाग्छ र सरकार ?

मानिन्छ नुन खाएपछि नुनको सोझो गर्ने पर्दछ । यस्तै एउटा घटना फेला परेको छ । एउटा नुनको कथा ! हामीले खाने र चिन्ने नुन हो । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले बेच्दै आएको आयोडिनयुक्त नुन भन्दा फरक पर्दैन होला । तर, आज होइन विगत ३÷४ वर्ष देखि एउटा यस्तो नुन बजारमा आएको रहेछ कसैलाई थाहा नै थिएन रे । त्यो नुनको नाम हो सेञ्चुरी मसलामा मिसाउने नुन, टेबल साल्ट नुन ।

यस नुनको व्यापार सुन्दा पनि अचम्म लाग्ने ब्यापारीलेनै गर्दछन् भन्दा पत्याउन गाह्रो होला । तर, यो पनि सत्य हो ति व्यावसायी हुन् । विराटनगरका चर्चित व्यापारी एवं नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड । राज्यमन्त्री दुगडले सिंहदरबार भित्र बसेर सेञ्चुरी मसलामा मिसाएर नुन विक्री गरेको फेला परेको छ । नुन बेच्नु अधिकार होला । तर, उपभोक्ताहरुलाई ठग्नु चाहि के हो ? पद र शक्तिकै भरमा राज्यमन्त्री दुगडले सेञ्चुरी मसलासंगै टेबुल साल्ट नुनमा ब्रह्मलुट नै मच्चाएको भेटिएको छ ।

सुन्दा पनि अचम्म लाग्ने मुलुकका राज्यमन्त्रीले उद्योग दर्ता नगरी, गुणस्तर जाँच नगरी सम्बन्धीत सबै निकायसंग समेत स्वीकृत नलिई सेञ्चुरी मसलाको व्यानरमा टेबल साल्ट नुनको व्यापार गरेको छन् । भन्दा पत्याउन सकिदैन होला । तर, पनि यो सत्य हो । एउटा कुरा सत्य के छ भने नुन उत्पादन नेपालमै गर्ने र विक्री गर्ने अधिकार आजसम्म कसैलाई राज्यले दिएको छैन । हेक्का होस् ।

भारतबाट ल्याएर विगत लामो समयदेखि साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडलाई बेच्ने अधिकार सरकारले दिएको म पंक्तिकारलाई थाहा छ । खासगरी ठूला होटल र रेष्टुरेण्टमा छ्यापछ्याप्ती पाउने यो टेबल साल्टको मुल्य १२८ रुपैया रहेको छ, भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट विक्री भएको आयोडिन नुन केजीको २० रुपैयामै बजारमा पाइन्छ ।

टेबल साल्ट नुन कहाँ उत्पादन हुन्छ । कसैलाई थाहा नै छैन । सेञ्चुरी मसलाको लोकप्रियतालाई देखाउदै साल्ट टे«डिङ्ग कर्पोरेशनले विक्री गरेको आयोडिन युक्त नुन प्याकेटमा राखी नयाँ नाम टेबल साल्ट दिएको दुगड स्पाईसिज एण्ड फूड प्रोडक्सन प्रा.लि.का कर्मचारीले पंक्तिकारसंग बताए ।

मोतीलाल दुगड पछिल्लो एक वर्षयता उद्योग वाणिज्य तथा आफूर्ति राज्यमन्त्री छन् । खाद्य गुणस्तर तथा गुण नियन्त्रण विभाग कृषि मन्त्रालय अन्तर्गत परेपनि बाँकी दुई वटा निकायलाई भने वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमन गर्छ अनि किन चाहियो गुणस्तर चिन्ह सरकार ?

नयाँ उत्पादन बजारमा ल्याउनुभन्दा पहिले दर्ता गर्नुपर्ने, गुणस्तर जाँच गर्नुपर्ने, निश्चित मुल्य तोक्नुपर्ने, उत्पादन कुन कुन खाद्य पदार्थ मिलेर बनाइएको त्यो स्पष्ट खुलाउनपर्ने लगायत मापदण्ड नेपालमा पनि छ तर, यो टेबल साल्टमा यस्तो केही छैन ?

टेबुल साल्टका विषयमा राज्यमन्त्री दुगडले कुनै पनि मापदण्डको पालना गरेका छैनन् । त्यसमाथि आयोडिन नुन प्लाष्टिकको ट्याब्लेट (सानो डिब्बा)मा हालेर चर्को मुल्यमा बेच्नु ठुलो लुट हो । राज्यमन्त्रीको यो कुर्सीमा बसेर दुगडले यसरी लुट मच्चाउनु पाइन्छ ? कहाँ छ सरकार ? कहाँ छ अख्तियार ? कहाँ छ उद्योग विभाग ? आफ्नै हात जग्गननाथ जस्तै गरी प्रक्रिया नै नपु¥याई सेञ्चुरी मसलासंगै टेबुल साल्ट नुनको महंगो धन्दा गर्ने राज्यमन्त्री दुगडलाई कसले कारवाही गर्ने हो । कसले छानवीन गर्ने हो ? त्यो चाहि खोजीको विषय बनेको छ । सचेत भया ।

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन

राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले सूचना प्रकाशित गरी सो कुराको जानकारी गराएको हो ।

आफ्नो वेभ पेजमा सूचना प्रकाशित गरी बाणिज्य बेंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । नम्बर परिवर्तन पछि १६ अंकको खाता नम्मर कायम गरिएको छ । यसअघि १२ वटा अंक भएको खातानम्बर प्रयोगमा आएको थियो ।

नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईं

नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण र किरणकुमार पुगेका थिए। नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्तरेका छन्।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो । आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । उनका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। आइडल टिमकै एक जनामा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आइडल टिमको उपस्थितिमा मात्र कार्यक्रम सम्पन्न भएको हो ।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ। कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो। उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन्। ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन्।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो।

 

अर्बौको लगानीमा आम्दानी शुन्य भएपछि सीइओसाबहरु तनाबै तनावमाः राष्ट्र बैंक बेखबर

नेपालका २७ वाणिज्य बैंक ३ दर्जन विकास बैंक सयौं वित्तिय कम्पनी कोरोना महामारी बीच आम्दानी ह्वात्तै घटेपछि तनाबै तनाबमा दिन विताई रहेका छन् । भन्दा अब फरक पर्दैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक र वित्तिय संस्थाहरुलाई एटिएम शुल्क लिन नपाउने निर्देशन नै जारी ग¥यो । कर्जाका सेवा शुल्क देखि दर्जनौ अन्य सेवा शुल्कमा आधा भन्दा बढि कटैती ग¥यो । यो ग्राहक र आम नेपालीहरुका लागि राम्रो पक्ष पक्कै हो । यस्तो कोरोना महामारीका बीच । तर, अन्तर एटिएम कारोकार भएपछि सेवा शुल्क मार्फत केही आम्दानी गरेका बैंक र वित्तिय संस्थाको अहिले प्रमुख आम्दानी घटेपछि सीइओसाबहरु तनाबै तनाव थपिएको भेटिएको छ ।

कोरोना महामारीबीच जनतालाई केही राहत दिने उद्देश्यका साथ राष्ट्र बैंकले यस्ता केही कुरामा छुट दिन निर्देशन भएपछि बैंकहरुले आपत्ती जनाउन थालेका छन् । एक वाणिज्य बैंकका सीइओले पंक्तिकारलाई नाम नलेख्ने शर्तमा भनेः– हामीले करिब ५ अर्ब भन्दा बढि एटिएम मेसिनमा लगानी गरेका छौं ।

गार्ड चौविसै घण्टा राखेका छौं । अहिले पछिल्लो समय त सेटिटाईजर र सरफाईमा समेत ठुलो रकम खर्च भएको छ । तर, सेवा दिए वापत १ पैसा पनि लिन पाइदैन यो कस्तो सेवा हो ? लेख्नु प¥यो नि सर । उनीले थपे कोरोना भाइरसको महामारी छ । एटिएममा पैसा टुटाउनु हुँदैन । तर, सेवा शुल्क छैन । हामी बच्ने आधार चाहि के छ त ?

नेपालमा कोरोना भाइरस बढेसंगै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैकिङ्ग र एटिएम कार्डबाट ठुलो कारोबार भएको देखिन्छ । यो राम्रो पक्ष पक्कै हो । तर, सेवा दिए वापत केही शुल्क राज्यले पनि लिन्छ । बैंकले किन लिन नपाउने यसको उत्तर अहिले बैंकरहरुले खोजी रहेको देखिन्छ । भन्दा फरक अब चाहि पर्दैन ।

पछिल्लो समय कोरोना भाइरस नेपालमा देखिएसंगै लकडाउन भयो । यो बीचमा छुट दिँदा दिँदै बैंकहरुका सबै सूूचकमा नकारात्मक संकेत देखा त प¥यो तर, पनिबचाउँदै बैंकहरुले अगाडी बढाएको देखिन्छ । पछिल्लो समय सेव दिँदै आएका सीइओको कर्मचारीहरुमा समेत कोरोना भाइरस संक्रमण देखिएपछि बैंकहरु आफै चिन्तित बन्दै गएको ती बैंकरले दाबी गरे । खासगरी बैंकहरुको चित्त दुखाई एटिएम शुल्क लिन नपाएकोमा देखिन्छ ।

अर्को एक बैंकका सीइओले नाम नलेख्ने शर्तमा भने अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन नपाउने निर्देशनले करोडौं घाटा लागेकाले अब बैंकहरुले सेवा नै दिन सक्ने अवस्था छैन ।

उनीले भनेः– एउटा एटिएम मेसिनको मासिक खर्च ५० हजार लाग्ने तर यो निर्देशनले भविष्यमा एटिएम सुविधा बन्द नै हुने अवस्था आउँदा नआउला सकिदैन ।

उनीले दाबी गर्दै भने इन्टरनेट, मासिक मर्मत खर्च, घर भाडा, मेसिनमा पैसा राख्दा त्यसबाट गुमाउनुपर्ने ब्याज, सुरक्षाकर्मीको तलब सुविधा, बिजुली बत्ति लगायतका खर्च जोड्दा एउटा मेसिन संचालनमा बार्षिक १२÷१५ लाख खर्च हुन्छ । तर, अन्तर बैंकिङ्ग एटिएम प्रयोगबाट उठ्ने शुल्क लिन नपाउने व्यवस्थाले बैंकहरुलाई खर्च व्यवस्थापनमा अप्ठ्यारो परेको छ नि ।

नेपाल भरी ५ हजार एटिए मेसिन संचालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख देखिन्छ ।
बिगतमा अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन पाइने हुँदा लागतमा केहि राहत भएको तर अहिले बैंकहरु तनाबै तनाबमा बसेको तथ्य छलङ्ग छ ।

लकडाउन अगाडी अन्तर बैंकिङ्ग एटीएम प्रयोगबापत मासिक २० हजार आम्दानी हुने गरेको थियो । यो सेवा बापत प्रत्येक कारोबारमा १५ रुपैयाँ आम्दानी हुन्थ्यो । जसबाट जुन बैंकको एटीएम कार्ड हो उसले ५ देखि ७ रुपैयाँ पाउँथ्यो । तर आज यो आम्दानी घटेको देखिन्छ । हामी मारमा परेका छौ नि । उनीले दाबी गरे ।

विदेशी पर्यटकले सम्बन्धित देशको बैंकले उपलब्ध गराएको कार्ड प्रयोग गर्दा त्यसबाट केहि आम्दानी माबै भएको देखिन्छ । तर, अरु कुनै शुल्कमा बैंकहरुले सेवा शुल्क लिन पाउदैनन् ।

शुल्क लिन नपाउने व्यवस्थाले खर्च गरेर एटिएम सेवा दिन उत्साहित नहुने हुँदा भोलिका दिनमा एटीएम मेसिनलाई बैंकहरुले प्राथमिकतामा नराख्ने अवस्था नआउला भन्न सकिदैन । यस बारेमा समयमै सोच्नु पर्ने बेला आएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत अन्तर बैंकिङ्ग एटिएम प्रयोगमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो ।

यसले बैंक ग्राहक र आम जनतालाई त पक्कै राहत नै भएको आभाष देखिन्छ । तर, सेवा दिनेहरुले शुल्क नपाएपछि त दुख मान्नु स्वभाविक नै हो । यो देशमा सबैलाई राहत चाहिएके पक्कै छ । तर, राहत दिनुपर्ने विश्वका धनीका सूचिमा पर्ने देखि नेपालमै अर्बपति बनेका उद्योगी चाही कहाँ छन् । यसबारे राज्यले के हेरिरहेको छ त ? सचेत भया ?