जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • चारवटा कम्पनीहरुको साधारण सेयर आउँदै

चारवटा कम्पनीहरुको साधारण सेयर आउँदै

विश्व नै कोरोना भाइरसले आक्रान्त भएको समयमा मानिसहरुले शेयर बजार क्षेत्रलाई लगानी गर्नको निमित्त सुरक्षित मानेका छन् । नेपालमा पनि करिब ४ महिना लकडाउन हुँदै फेरि विगत हप्तादिन देखि निषेधाज्ञामा छ । तरपनि लगानीकर्ताहरु लगानी गर्न आतुर देखिएका छन् ।

लकडाउन खोलिएको केही समयमै शेयरमार्केटमा हरियाली देखियो । लगानीकर्ताहरुमा खुशियाली देखि छायो । अन्य व्यापार व्यवसायलाई कोरोनाले ठूलो असर पारे पनि शेयर मार्केटमा भने पछिल्लो समय केही राहत महसुस गर्न सकिन्छ । यसको राम्रो उदाहरण मान्न सकिन्छ । रिलायन्स इस्योरेन्स कम्पनी, लिबर्टी इनर्जी, समाज लघुवित्त, एनआरएन इन्फाइन्ट्रचरको आईपिओमा लगानीकर्ताहरुको आवेदन । जसमा माग भन्दा कयौ गुणा बढि आवेदन परेको थियो । अझ भनु लगानीकर्ताहरुले अनलाईनबाट आवेदन दिनका लागि बनाईएको मेरो शेयर अनलाइन सिस्टमनै समस्या आयो । अर्को तर्फ निषेधाज्ञामा पनि मानिसहरु अनलाईन सिस्टम नचलेको भन्दै बैंकका शाखाहरुमा गई शेयर आवेदन दिएका थिए ।

यसरी लगानीकर्ताहरुको साधारण सेयरमा देखिएको उत्साहलाई कोरोनाले कुनै असर पारेको देखिदैन । अनलाईनमा समस्या आएको भन्दै सिडिएसले निषेधाज्ञाभर कुनै पनि कम्पनीको आइपीओ बजार नआउने जानकारी दिएको छ । तरपनि निषेधाज्ञा खुल्ने वित्तिकै थप ४ वटा कम्पनीहरुको साधारण सेयर बजारमा आउन तयार रहेका छन् । जसमा दुई इन्स्योरेन्स कम्पनी छन् ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
सानिमा जनरल इन्स्योरेन्स एक निर्जिवन वीमा कम्पनी हो । वि.स. २०७५ मा स्थापित यो संस्थामा गैह्र आवासीय नेपालीहरुको लगानी रहेको छ । प्रति कित्ता रु. १०० का दरले रु. ३० करोड बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ ।

कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । सेयर जारी पश्चात कम्पनीको चुक्ता पुजी रु. १ अर्ब पुग्नेछ । कम्पनीले तेस्रो त्रैमासमा २ करोड ६९ लाख ४७ हजार रुपैया खुद नाफा आर्जन गरेको छ । हाल ७० करोड चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ३ करोड ७७ लाख ७१ हजार छ भने वीमा कोषमा ४ करोड ४१ लाख ७ हजार छ । कम्पनीको गत माघ २४ गते सम्पन्न साधारण सभाले साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
केयर रेटिङले उक्त शेयर निष्कासनलाई बिबि प्लस दिएको छ । जसले कम्पनी औसत भन्दा तल रहेको जनाउँदछ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडएक निर्जिवन वीमा कम्पनी हो । विभिन्न बैंक, वित्तिय संस्था र समूहद्धारा प्रवद्र्धित यो संस्था वि.स. २०७५ मा स्थापित भएको हो । यस संस्थामा विगत ३ दशक लामो अनुभव भएका व्यक्तित्वहरु रहनु भएको छ । कम्पनीको मुख्य कार्यालय हात्तिसार काठमाडौमा रहेको छ ।

कम्पनीले ३० करोड बराबरको ३० लाख कित्ता, रु. १०० का दरले सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धक एनआइवील एस क्यापिटल मार्केट रहेको छ ।
सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्ने छ । कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैया रहेको छ । त्यसैगरी कम्पनीको वीमा कोषमा ५ करोड १० लाख रुपैया र महाविपत्ति जगेडा कोषमा ५२ लाख रुपैया सञ्चित रहेको छ । प्रति शेयर नेटवर्थ रु. ११४ रुपैया ६८ पैसा र प्रति शेयर आम्दानी ७ रुपैया २३ पैसा छ ।
केयर रेटिङले उक्त शेयर निष्कासनलाई बिबि प्लस दिएको छ । जसले कम्पनी औसत भन्दा तल रहेको जनाउँदछ ।

 डिस मिडिया नेटर्वक लिमिटेड
नेपालमा पहिलो पटक टेक्नोेलोजी क्षेत्रबाट सेयर बजार प्र्रवेश गर्न लागेको कम्पनी हो यो । बजारमा यस कम्पनीको प्रवेश सँगै अन्य टेक्नोेलोजी सेक्टरका कम्पनीहरु पनि बजारमा प्रवेश गर्ने सम्भावना बलियो हुन्छ । डिस होम स्याटालाईट प्रविधिद्ध्रारा टेलिभिजन हेर्ने एक टेलिभिजन च्यानल हो । नेपालमा टेलिभिजन बजारको करिब ३५ प्रतिशत यस डिस होमले ओगटेको छ । सन् २०१० मा स्याटालाईट च्यानल प्रा.लि. र डिस मिडिया नेटवर्क लि. मर्ज भई डिस मिडिया नेटवर्क लि. भएको हो ।


कम्पनीको हालको शेयर स्वामित्व ५३ प्रतिशत नेपाली र ४७ प्रतिशत बैदेशिक लगानी रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अरब २५ करोड रहेको छ । जसको १० प्रतिशतले हुन आउने २३ लाख ८५ हजार ९२९ (अर्थात २३.८५ करोड) कित्ता रु. १०० का दरले सेयर आउने छ । डिस मिडिया नेटवर्क लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले एचभष्mिष्लबचथ च्भखष्भध मा राखेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने बित्तिकै बजारमा यो आउनेछ ।
कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेड
नेपालमा पहिलो पटक पर्यटकीय संघ, संस्थासँग सम्बन्धित कम्पनीको साधारण सेयर निष्कासन हुन लागेको हो । बजारमा यस कम्पनीको प्रवेश सँगै अन्य सम्बन्धित सेक्टरका कम्पनीहरु पनि बजारमा प्रवेश गर्न बाध्यकारीे हुन्छन् ।
कम्पनीका मुख्य सञ्चालकहरुमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, हाथवे इन्भेष्टमेन्टका निर्देशक अम्बिका प्रसाद पौडेल, नवराज नेपाल र कल्याण गुरुङ रहनु भएको छ ।

यस चन्द्रागिरी हिल्स लिमिटेडले (१८.४० करोड) बराबरको १८ करोड ४० लाख ९१० कित्ता सेयर सर्वसाधारण तथा स्थानीयका लागि निष्कासन गरिनेछ । जस अनुसार स्थानीयलाई २ प्रतिशत अर्थात ३,०६,८१९ कित्ता र १० प्रतिशत अर्थात १५,३४,०९१ कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । यसरी हेर्दा कम्पनीको सेयर स्वामित्व १२ प्रतिशत सर्वसाधारण र ८८ प्रतिशत संस्थापकको हुनेछ । सेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी रु. १ अरब ५३ करोड रुपैया पुग्नेछ । चन्द्रागिरी हिल्स लिमिटेडको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

9220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका