जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ललिता निवास धितोराखी महालक्ष्मी विकास बैंकले पौडेल, गुरुङ र ढकाललाई दिइएको करिब ३ करोड कर्जा उठाउने जमर्को गरेपछि सीइओ लामिछानेलाई बर्खास्त गरिएको खुलासा !

ललिता निवास धितोराखी महालक्ष्मी विकास बैंकले पौडेल, गुरुङ र ढकाललाई दिइएको करिब ३ करोड कर्जा उठाउने जमर्को गरेपछि सीइओ लामिछानेलाई बर्खास्त गरिएको खुलासा !

सबै विवाद नै विवादमा फस्दै आएको तत्कालीन कामना विकास बैंक । त्यसपछिको यति विकास बैंक र अहिले बनेको महालक्ष्मी विकास बैंकले सरकारी जग्गा जान्दा जान्दै ललिता निवासका भू–माफियाद्वय मेनपावर व्यवसायी हेम बहादुर गुरुङ्ग र नेताका छोरा नविन पौडेललाई दिएको २ करोड १४ लाख जनताको पैसा डुक्ने भएको बैंक उच्च स्रोतको दाबी छ । सधै सीइओ फेर्ने राजनीति मात्रै गर्दै आएको बैंक सञ्चालक समितिले उक्त कर्जा उठाउने जमर्को कसेका दक्ष एवं अनुभवी बैंक र कृष्ण राज लमिछानेलाई आधा कार्यकाल छदाछदै दबाबमा राजीनामा गराई हटाएको एक सञ्चालकले पक्तिकारसंग बताए ।

जब लामिछाने सीइओ भएर बैंक पुगे तब उनी माथी चर्को सञ्चालक समितिबट कर्जा प्रवाह देखि गार्ड सप्लाईसम्म हस्तक्षेप भयो । बैंकका आफू मुनीका डिसीइओ ४ जनाले सीइओलाई सघाउनु भन्दा सञ्चालक समितिका (कांग्रेसी नेता) अध्यक्ष राजेश उपाध्यक्षलाई कुरा लगाउने र सीइओ लामिछानेलाई विवादमा ल्याउने काम भएको ती सञ्चालकले दाबी गरे ।

सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यक्षको दबावमा तत्कालीन यति विकास बैंकका सीइओले एसओएस मेनपावर कम्पनीका मालिक हेमराज गुरुङ्गलाई ललिता निवासको जग्गा धितो राखी १ करोड ६५ लाख पैसा कर्जा दिएको खुलेको छ । यति मात्रै होइन । एक नेताका छोरा नविन पौडेललाई एक डिपुटी सीइओको एउटै जिल्ला र सम्बन्ध भएका कारण ४९ लाख ९० हजार सोही ललिता निवासको ८ आना जग्गा धितो राखी कर्जा दिएको खुलेको छ ।

यस्तै भूमाफिया सोभाकान्त ढकालकी श्रीमती उमा कुमारी ढकालकी श्रीमती धितो राखी महालक्ष्मी बैंकले दिएको ९२ लाख उठाउन बाँकी रहेको समेत खुलेको छ । बैंक उच्च स्रोतले दिएको जानकारी अनुसार यी दुबै कर्जा उठेका छैन । जग्गा सरकारी भई सक्यो । कर्जा लिनेहरु बिरुद्ध अख्तियारले छानवीन गरि अदालतमा पु¥याएको छ । तर, बैंक नेतृत्व बोल्दैन । कर्जा खराब कर्जा भएपछि प्रोभिजन गरिएको छ ।

तर, उठ्ने कुनै छाटकाट नै छैन । तत्कालीन सीइओ लामिछानेले महालक्ष्मी विकास बैंकलाई उचाईमा पु¥याउदै तत्कालीन मर्जर हुँदा विभिन्न विकास बैंक र फाइनान्स कम्पनीबाट आएका कर्जा उठाएका थिए । तत्कालनि यति विकास बैंकबाट कमिशन खाइ दिएका कर्जा अझै नउठेको स्रोतको दाबी छ ।

यता ललिता निवासको जग्गा धितो राखेर ऋण दिने विभिन्न १७ वटा बैंक तथा वित्तीय संस्थाको लगानी डुब्ने अवस्थामा पुगेको देखिन्छ । भूमाफियाको कब्जामा रहेको सो जग्गा सरकारले जफत गर्ने भएपछि बैंक तथा वित्तीय संस्थाको झण्डै २ अर्ब २० रुपैयाँ ऋण जोखिममा परेको हो । नेपाल राष्ट्र बैंकले ललिता निवासको जग्गा धितोमा राखेर कर्जा दिने बैंकहरुको विवरण संकलन गरिसकेको छ । तर, कर्जाबारे के भएको छ । चुपचाप छ ।

यी मध्ये ३ वटा वित्तीय संस्थाले ऋण असुली गरिसकेका छन । विगतमा राष्ट्र बैंकले ललिता निवासको जग्गा धितो राखेर कर्जा दिने बैंक जति सबैलाई पत्राचार गरेको थियो । ललिता निवासको जग्गामा तत्कालीन आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक, यति डेभलपमेन्ट बैंक हाल महालक्ष्मी विकास बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, हिमालयन बैंक, आर्या तारा बचत तथा ऋण, युनिक फाइनान्स रहेको देखिन्छ ।

यस्तै बैंक अफ एसिया नेपाल हाल एनआईसी एसिया बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इमपलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक र किष्ट बैंक हालको प्रभु बैंकले ऋण प्रवाह गरेको खुलेको थियो ।
कसले कति पैसा लिए ?

हिमालय बैंकले संगीता कोठारीको नाममा १३ करोड रुपैयाँ ऋण दिएको छ । कोठारीले ९ करोड ६६ लाख ९४ हजार तिर्न बाँकी छ । प्रभु बैंकले भाटभटेनी सुपर स्टोर्सको नाममा १२ करोड दिएकोमा ५ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी देखिन्छ ।

सिटिजन बैंकले नयेन्द्र थापा, रामचन्द्र कार्की, बाबा देउजा र साहिल अग्रवालको नाममा ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ दिएको छ । यसमध्ये सिटिजनले ४ करोड १६ लाख ४९ हजार २ सय ५३ उठाउन बाँकी देखिन्छ ।

ग्लोबल आइएमई बैंकले उमाकुमारी ढकाललाई ३ करोड ७५ लाख ऋण दिएकोमा ३ लाख ७४ लाख २५ हजार २०२ उठाउन बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको देखिन्छ ।

प्राइम कमर्शियल बैंकले सोहितु नेपाललाई ४ करोड २ लाख ऋण दिएकोमा उनीबाट १ करोड ७८ लाख ६५ हजार ५७१ रुपैयाँ उठाउन बाँकी छ ।

यता एनआईसी एशियाले अटो ट्रेडिङ्गलाई दिएको ४ करोड ५० लाख ऋणमध्ये ३ करोड ९५ लाख ९४ हजार रुपैयाँ उठाउन बाँकी छ ।

एनसीसी बैंकले जीवनकुमार प्रसाईं, नारायण पोखरेल, खिमानन्द भट्टराई, विष्णु केसी, आशा पौडेललाई ४ करोड ७२ लाख ५० हजार रुपैयाँ ऋण दिएको छ । बैंकले पाँच जनाबाट अझै ३ करोड ६७ लाख २६ हजार ३७३ रुपैयाँ उठाउन बाँकी छ।

सरकारी बैंक नेपाल बैंकले भारती पाण्डेलाई २५ लाख ऋण दिएकोमा २० लाख ४७ हजार २४४ रुपैयाँ उठाउन बाँकी छ ।
तत्कालिन कैलाश विकास बैंकले ओम विरमान ताम्राकारलाई ७५ लाख दिएकोमा ७५ लाख नै उठाउन बाँकी रहेको छ । महालक्ष्मी विकास बैंकमार्फत उमाकुमारी ढकाललाई दिएको ९२ लाखमा ९२ लाख नै उठाउन बाँकी छ ।

तत्कालिन देव विकास बैंकले नूतन श्रेष्ठलाई दिएको ३ लाख १० हजार ९३५ रुपैयाँ ऋण दिएकोमा पुरै रकम उठाउन बाँकी रहेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

12080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?