जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बैंकका कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिनु र कर्जाका साँवा व्याज नउठ्नुले सीइओ साबहरु तनावमाः छुट र दान दिने बैंक मात्रै हुन्, गर्भनर साब ?

बैंकका कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिनु र कर्जाका साँवा व्याज नउठ्नुले सीइओ साबहरु तनावमाः छुट र दान दिने बैंक मात्रै हुन्, गर्भनर साब ?

नेपाल अहिले कोरोना भाइरसको महामारीमा फस्दै गरेको छ भन्दा अब चाहि फरक पर्दैन । करिब ५० जिल्लामा अहिले राज्यले निषेधाज्ञा जारी गरेको अवस्था छ । व्यापार व्यवसाय ठप्प छ । जनता घर भित्रै छन् । अधिकाशं सरकारी कार्यालय बन्द छन् । देशका प्राय मालपोत कार्यालय खुलेका छैन भन्दा फरक पर्दैन ।

यस्तो विपत, विषम र अप्ठ्यारोमा कर्जाका साँवा, व्याज नउठेपछि २७ वाणिज्य बैंकका सीइओ सावहरु तनावमा रहेको देखिन्छ । केही दिन अगाडी लकडाउन खुलेसंगै कर्जाका सावाँ, व्याज उठेपनि फेरि निषेधाज्ञा जारीसंगै कर्जा लिने पनि छैन । व्याज तिर्ने पनि छैन । एक बैंकरले पंक्तिकारलाई बताए । खास गरि उपत्यकामा ह्वात्तै कोरोना संक्रमित बढेपछि व्यापार व्यवसाय बन्द भए । कर्जा उठ्ने कुरा पनि ठप्प झै छन् । साना तथा मझैला कर्जा पनि अहिले नगएको ती बैंकरको दाबी छ ।

कर्जा नउठेपछि बैंकहरुले कर्जा लाई खराब कर्जामा परिणत गरि कर्जा प्रोभिजन गर्नु पर्ने वाध्यता बढेर गएको प्रस्टै देखिन्छ । मुख्य शहर बीरगञ्ज, विराटनगर उपत्यकाका ३ जिल्लामा नै निषेधाज्ञा लागु भएपछि कर्जा नउठ्ने र कर्जा लिन नआउने क्रम बढेको देखिन्छ ।

झापा, नेपालगञ्ज, भैरहवा, काकडभितासंगै तराईका अधिकाशं जिल्लामा कोरोना संक्रमित बढेसंगै निषेधाज्ञा जारी छ । बैंक प्रायः बन्द जस्तै छन् । यति मात्रै होइन प्रायः सबै जस्तो बैंकका शाखाका केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । यसले गर्दा त्रासको बीचनै बैंक सञ्चालन गरेका बैंकका कर्मचारी थप कोरोना फैलिने डरका बीच दिन विताई रहेका छन् भन्दा चाहि फरक पर्दैन ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण चालु आर्थिक वर्षको ऋण उठ्नमा पनि समस्यामा आउन बैंकहरुको ठम्याई छ । कोरोना कहिले अन्त्य हुने हो कसैलाई थाहा छैन । यसको असर अब बैंक भित्र पनि देखापर्न थालेको कृषि विकास बैंकका सीइओ अनिल कुमार उपाध्यायको दाबी छ । सीइओ उपाध्यायले अगाडी भनेः– जीवन बचाउन कठिन भएको बेला कर्जा दिने र उठाउने कुरा गुण छन् । साना कर्जा गएका छन् । तर, ठूलाले मागेका छैन नि ।
पछिल्लो समय आक्रमकरुपमा व्यवसाय विस्तार गरेका ठुला दर्जनौ बैंक पनि अहिले थन्किएर बसेको अवस्था छ । कारण हो कोरोना संक्रमित बढ्दै जानु र मालपोत कार्यालय बन्द हुनु ।

एनआईसी एशिया बैंकबाट १ करोड २० लाख कर्जा लिएका एक ऋणीले नाम नलेख्ने शर्तमा पंक्तिकारसंग भने यस्तो बेला कहाँबाट ल्याएर तिर्ने । व्यवसाय बन्द छ । सरसापटी दिने मित्र घटेका छन् । कोरोना भाइरसको संक्रमण बढेको छ । हामी त घर न घाटको हुने बेला आयो । उनीकै शब्द सापटी लिने हो भने अब बैंकहरुको खराब कर्जा बढ्ने र कर्जा ऋणीले तिर्न नसके घर जग्गानै बैंकले लिलाम गर्ने अवस्था नआउला भन्न सकिदैन ।
नेपालका बैंक र वित्तिय संस्थाहरुले हालसम्म ३२ खर्ब २२ अर्ब रुपैया कुल ऋण लगानी गरेका छन् । भने यस मध्ये आधाको पनि कर्जाको साँवा, व्याज गत लकडाउन पछि उठेको छैन । यस मध्ये २९ खर्ब चाहि घर जग्गामा बैंकहरुले कर्जा दिएको केन्द्रीय बैंकको तथ्याङ्कमा उल्लेख छ ।

वाणिज्य बैंकका सीइओ साबहरुलाई लगानीकर्तालाई प्रतिफल दिनै पर्ने वाध्यता एकातिर छ भने अर्को तिर राष्ट्र बैंकका पछिल्ला निर्देशन पालना गर्ने पर्ने वाध्यता पनि छ । यी वाध्यता बीच जागिर नै जाने अर्को खतरा पनि छ । यहि कारणले सीइओ साबहरुले तनाब नलिने त कुनै हुँदैन नि एक सीइओले पंक्तिकारसंग बताए ।

नेपालमा कोरोनाका कारण भएको लकडाउन बीच ब्याज छुट सेवा शुल्कमा छुट जस्ता दर्जनौ छुट बैंकहरुले दिएपछि करिब ५ प्रतिशत नाफा स्वतः घटेको ती बैंकरको दाबी छ । जीवन बचाउने तनाव त छदैछ । तर, पनि बैंकका सूचकलाई बचाउने दायित्व पनि हामी बैंकरलाई नै भएका कारण रातमा निन्द्रा र दिनमा भोक छैन । अबका दिन बैंकहरुका लागि दुखद र पीडादायी बन्ने ती सीइओले दाबी गरे ।
राज्यले जताततै राहत दिने नाममा बैंक र वित्तिय क्षेत्र नै रोज्यो यति मात्रै होइन कोरोना राष्ट्रिय रोगथाम कोषमा पनि बैंकहरुले नै पैसा दिनुपर्ने दायित्व थप गरेपछि बैंक नाफा होइन अब घाटाको व्यापार तीर पुगेको बैंकरहरुकै दाबी छ । जे भएपनि जीवनलाई जीवित राख्दै समय अनुसार नै चल्नुको विकल्प छैन । श्रीमान् गर्भनर साब यो देशमा कोरोना भाइरसको रोगथामका लागि ठूलो धनराशी दिने र सबैलाई छुट दिने बैंक मात्रै हुन् । यसको उत्तर अब जनतालाई कसले दिने हो । सचेत भया ।

6970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?