जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • जनता बैंकको सहकार्यमा मोरङको मुसहर बस्तिमा कम्बल वितरण

जनता बैंकको सहकार्यमा मोरङको मुसहर बस्तिमा कम्बल वितरण

जनता बैंक नेपाल लिमिटेडले बिराटनगर महानगरपालिका वडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरेको छ । सो कार्यक्रम निजामतीकर्मचारी श्रीमती संघको सहकार्यमा गरिएको थियो ।
बैंकको प्रतिनिधि, निजामतीकर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिकावडा नं. १९ का वडा अध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरणगरिएको थियो ।

विपन्न बर्गकामुसहर समुदायको बाहुल्यता रहेको उक्तक्षेत्रकाबस्तिको १५० परिबारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्बल उपलब्ध गराएको थियो । निजामती कर्मचारी श्रीमती संघलाई उक्त बस्तिका परिवारको विवरण मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको थियो ।

10230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?