जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया र ग्लोबल बैंक सहितको फसेको ४ अर्ब पैसा उठेपछि ….

एनआईसी एशिया र ग्लोबल बैंक सहितको फसेको ४ अर्ब पैसा उठेपछि ….

भूपेन्द्र आचार्य । ८५ वटा फैसला र १९ वटा मेलमिलाप भएका कारण बैंकहरुको ४ अर्ब १३ करोड डुबेको पैसा उठेको छ भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो ।

ऋण असुली न्यायधिकारण कार्यालयमा १ वर्षमा वाणिज्य बैंक, विकास बैंक र वित्तिय संस्थाहरुका १ सय ४० मुद्दा दर्ता भएका थिए । ती मध्ये ८५ वटा मुद्दाको फैसला भएका छन् भने १९ वटा मेलमिलाप भएको तथ्य ऋण असुली न्यायाधिकारणको कार्यालयबाट खुलेको छ ।

गत बर्ष बाणिज्य बैंकतर्फ सबैभन्दा धेरै एनसीसी बैंकको ७१ थान, ग्लोबल आइएमई बैंकको २७, एनआइसी एसियाको २६ मुद्दा निर्णय र मिलापत्र भएको थियो। महालक्ष्मी विकास बैंकको १४, तत्कालिन भिवोर विकास बैंकको ११ र तत्कालिन सम्झना फाइनान्सको ९ मुद्दा निर्णय र मिलापत्र भएको देखिन्छ ।
८५ वटा फैसलाबाट ८० करोड ३४ लाख रुपैयाँ असुली भएको छ । भने तामेली वा मिलापत्रबाट ३ अर्ब ५१ करोड ४५ लाख ७३ हजार १ ९४ रुपैयाँ उठेको देखिन्छ ।

यस्ता मेलमिलाप र मुद्दा फैसलाले बैंक, विकास बैंक र वित्तिय संस्थाहरुलाई ठूलो राहत मिलेको एनसीसी बैंकका सीइओ रमेश अर्यालले बर्ताए । उनीले भने हाम्रो बैंकको पैसा केही उठेका छन् । जनताको सम्पत्ती उठ्नु राम्रो पक्ष हो । यसले बैंकको सबै सूचकमा थप राहत पुग्ने सीइओ अर्यालले दाबी गरे ।

6350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका