जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजाका सम्पत्ति लिजमा लिन पाउने

राजाका सम्पत्ति लिजमा लिन पाउने

दुई तिहाईको कम्युनिष्ट सरकारले अब पूर्व राजाका सबै सम्पत्ति जनताले भाडामा लिएर आर्थिक उर्पाजनमा लगाउन पाउने कानुन ल्याउने भएको छ । नेपाल ट्रष्टमा रहेको पुर्व राजा स्व.वीरेन्द्र शाहको जग्गा, जमिन र पैत्रिक सम्पत्ति संरक्षण गर्न र भाडामा लगाउने लक्ष्यका साथ कानुन निर्माणको प्रक्रिया अगाडी बढाएको छ ।

दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूका परिवारको नाममा रहेको सम्पत्ति गणतन्त्र आइसकेपछि राष्ट्रियकरण गरिएको थियो ।

ट्रष्ट स्थापना भएको ११ वर्षपछि राजपरिवारको नाममा रहेको जग्गा तथा सम्पत्ति भाडामा दिन लागिएको यो पछिल्लो पटक हो ।

५५ वटा कानुनको संशोधनमा परेको यो कानुन विधेयकका रूपमा हाल संघीय संसदमा पुगेको छ । राजा वीरेन्द्रका परिवारका नाममा रहेको २१ हजार ५ सय ६३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । त्यसमा काठमाडौंमा मात्रै १५१ वटा कित्तामा ४ हजार ४३८ रोपनी जग्गा रहेको स्रोतको दावी छ ।

संघीय संसद सचिवालयले उक्त विधेयकका बारेमा आवश्यक निर्णय गर्ने तयारी गरेको छ । संघीय संसद्को चालू अधिवेशनमा नै सो विधेयकलाई अगाडि बढाउन लागिएको छ । सम्पत्तिको सुरक्षा पनि हुने र त्यसबाट अर्थोपार्जन गर्ने सोच राखिएको नेपाल ट्रष्ट स्रोतको दाबी छ ।

9235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका