जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनबी र एनसीसी बैंक मर्जर हुने सम्भावना

एनबी र एनसीसी बैंक मर्जर हुने सम्भावना

नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति लिएसँगै बैंकिङ क्षेत्रमा मर्जरको चर्चा अत्याधिक छ । राष्ट्र बैंकले बेला बेलामा मर्जरको विषयमा ताकेता पनि गरिरहेको छ ।

बिग मर्जरको नीति अनुसार नै ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएर मंसिरको अन्तिम साता वा पुसको पहिलो सातासम्ममा एकीकृत कारोबार गर्दैछन् ।

वाणिज्य बैंक र वाणिज्य बैंकबीच मर्जर नभए पनि ठूलो बैंक बनाउनका लागि एनएमबि बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ ।

प्राइम बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई गाभ्दै छ भने मेगा बैंकले पनि राष्ट्रियस्तरको गण्डकी विकास बैंकलाई गाभ्दै छ ।

राष्ट्र बैंकले बैंकहरुले बुझाएको मर्जरको प्रतिवद्धता अनुसार के कस्ता काम भइरहेका छन् भनेर फलोअप पनि गरिरहेको छ । राष्ट्र बैंकको फलोअपले बैंकहरुलाई मर्जरमा जान तीब्र दबाब परिरहेको छ ।

कुनैबेला खराब व्यवसायिक समुहले संचालन गर्ने एनबी र एनसीसी बैंकबीच पनि मर्जरको विषयमा केही चरण कुराकानी भएको छ । एनबी ग्रुपको लगानी अहिले दुबै बैंकमा भएपनि निकै नै कम छ । एनबी बैंकको सबैभन्दा ठूलो सेयरधनी बंगालदेशको आईएफआईसी बैंक हो । आइसीएफसीको एनबी बैंकमा ४१ प्रतिशत सेयर छ ।

एनबी बैंक र एनसीसी बैंकका केही सेयरधनीबीच कुराकानी चलेको थियो । जसमा एनबी बैंकका सेयरधनीहरुले एनबी बैंक र एनसीसी बैंक मर्जरमा जानका लागि बंगलादेशी लगानीकर्ता तयार हुनुपर्ने जानकारी गराएका थिए ।

कुराकानीमा संलग्न स्रोतले दिएको जानकारी अनुसार एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले मर्जरपछि एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाभन्दा तलको पदमा बसेर काम गर्न आफुलाई कुनै असजिलो नहुने सन्देश सुनाएका थिए ।

‘ढुंगाना सर एनबीमा जानुअघि एनसीसीमा उहाँको अण्डरमा बसेर काम गरेको हो, मर्जरपछि पनि उहाको अण्डरमा बसेर काम गर्न समस्या हुँदैन,’ अर्यालले भनेका थिए ।

मर्जरपछि बैंक ठूलो बन्ने र ठूलो बैंकको डेपुटी हुन समस्या नहुने निचोड अर्यालले समेत निकालेका थिए । एनसीसी बैंकमा अहिले ठूलो सेयरधनी कोहीपनि छैन । एनबी बैंकमा बंगलादेशी बैंक नै सबैभन्दा ठूलो सेयरधनी हो ।

5780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?