जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल लाइफले ल्यायो तिहार गीत, कम्पनीकै कर्मचारीले तयार पारेको गीतमा बीमा सम्वन्धि जनचेतना

नेपाल लाइफले ल्यायो तिहार गीत, कम्पनीकै कर्मचारीले तयार पारेको गीतमा बीमा सम्वन्धि जनचेतना

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
सगरमाथाझै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल…।’

यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्वन्धी जनचेतना जगाउने उदेश्यसहित तयार पारेको गीतका शब्दहरु हुन्। कम्पनीको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो।

स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिने कम्पनीले जनाएको छ। तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा स्वर दिएका छन्।

गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ। त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन्। गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने शब्द छ। आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ।

त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ।

4655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका