जोडिनुहोस
सोमवार, असार २९, २०८३
सोमवार, असार २९, २०८३
  • होमपेज
  • प्रभु स्मार्ट फन्डको निष्कासन अवधि लम्बियो

प्रभु स्मार्ट फन्डको निष्कासन अवधि लम्बियो

प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फन्डको निष्कासन अवधि लम्बिएको छ।

गत फागुन १८ गतेदेखि यो योजनाका इकाइहरु निष्कासन तथा बिक्री खुला गरिएको थियो। यसमा इच्छुक लगानीकर्ताले छिटोमा आज फागुण २३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन परेकोले यसको बिक्री अवधि फागुन २८ गतेसम्म थपिएको छ। मागबमोजिम आवेदन प्राप्त भएको खण्डमा फागुन २८ गतेअगावै यो योजनाको निष्कासन बन्द गरिने योजना व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ।

यस फन्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँबराबरको ८ करोड इकाइ जारी गरिएको छ। यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ। यो योजना एक बन्दमुखी योजना हो। यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात् यो एक इक्विटी ओरिएन्डेड योजना हो।

निष्कासित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाइ गरी कूल १ करोड २० लाख इकाइ सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८० लाख इकाइका लागि सर्वसाधरणले फाल्गुण १८ गतेबाट आवेदन दिन सक्नेछन्।

नेपालको सेयर बजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन्। त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी तीमध्ये उत्कृष्ट कम्पनीहरुको सेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फन्ड राखिएको हो।

4310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?