जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज बैंकको २०७६ सालको क्यालेन्डर सार्वजनिक

सनराइज बैंकको २०७६ सालको क्यालेन्डर सार्वजनिक

सन्राइज बैंक लिमिटेडको नयाँ वर्ष २०७६ सालको क्यालेन्डरको विमोचन एक औपचारिक समारोहका बिच बैंकको केन्द«ीय कार्यालय, गैरिधारामा गरिएको छ ।

बैंकले अन्नपूर्ण पोष्ट दैनिकको अंकुर र नागरिक दैनिकको जुनकीरि पृष्ठमा १ वर्ष भित्र प्रकाशित विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ५ सम्मका बालबालिकाहरुका चित्रहरूलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । स–साना बालबालिकाहरुले आफ्ना मानसपटलमा रहेका सोच, जिज्ञासा तथा रचनाहरुलाई चित्रकारीताको माध्यमबाट अभिव्यक्त गरेकोमा बालबालिकाकोे प्रतिभालाई अझै प्रस्फुटन र प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त चित्रहरूलाई समावेश गरेको हो ।

उक्त विमोचन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड, शारदा शर्मा पुडासैनी, दीपक नेपाल, ओम कृष्ण जोशी तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप नगद तथा खाद्य सामाग्रीहरु प्रदान गरेका हुन् ।

6535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

धेरै टिप्पणी गरिएका