जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनआइसी एशिया बैंक र हिमालयन बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि

एनआइसी एशिया बैंक र हिमालयन बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि

तरलता अभाव खेपिरहेका बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेप र कर्जा दुबैको ब्याजदर वृद्धि गरेका छन् ।

एनआइसी एशिया बैंक र हिमालयन बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि पुर्याएका छन् । अधिकांश वाणिज्य बैंकहरुले ९.५५ प्रतिशतको हाराहारी कायम राखेको मुद्दति निक्षेपको ब्याज दर यी दुई वाणिज्य बैंकले ११ प्रतिशतभन्दा माथि कायम गरेका हुन् ।

कात्तिक महिनाको लागी लागू हुने गरी प्रकाशित ब्याज दर अनुसार एनआइसी एशिया बैंकले १ वर्षे मुद्दति निक्षेपको ब्याज दर ११.१० प्रतिशत कायम गरेको छ । एनआइसी एशियाले बचतको आधारभूत ब्याज दरमा ६ प्रतिशतसम्म थप जोडेर कर्जाको ब्याज दर कायम गर्ने सूचना प्रकाशन गरेको छ । यसैगरी कर्जाको लागी स्थिर ब्याज दर १३.८९ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी हिमालयन बैंक लिमिटेडले मुद्दति निक्षेपको ब्याज दर ११.६७ प्रतिशत कायम गरेको छ । एनआइसी एशियाले साधारण बचत खाताको ब्याज दर ६.१० देखि ८.१० प्रतिशत कायम गरेको छ ।

4405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका