जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ३० हजार घुस लिएको आरोपसहित पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर

३० हजार घुस लिएको आरोपसहित पक्राउ परेका कर्मचारीविरुद्ध मुद्दा दायर

गत चैतमा ३० हजार घुस रकम लिएको आरोपसहित पक्राउ परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक सञ्जय चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम जरिवाना सजाय मागदाबी गरेर सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगले चौधरीलाई चैत १६ गते उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत मागेर हैरानी दिएको सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ । उनले पक्राउ पर्दा ३० हजार घुस रकम लिइसकेको पनि आयोगले जनाएको थियो ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?