जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • नेपालको बैंकिङ्ग सेक्युरेटी सिस्टममा कालो धब्बा

नेपालको बैंकिङ्ग सेक्युरेटी सिस्टममा कालो धब्बा

नेपालको बैंकिङ सिस्टम कत्तिको मजबुद रहेछ भन्ने कुरा ५ चिनीयाँ नागरिकले देखाइदिएका छन् । एटीएमबाट अनधिकृत रुपमा रकम चोरी गर्ने ५ जना चिनियाँलाई प्रहरीले पक्राउ गर्न सफल त भएको छ । शनिबार मध्यरातमा दरबारमार्गस्थित नवलि बैंकको एटीएमबाट पैसा निकाल्दानिकाल्दै पक्राउ परेका चिनीया नागरिकले नेपालको बैंकिङ्ग सेक्युरेटी सिस्टमको धज्जी उडाएका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ ।

6715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका