जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • निजी क्षेत्रमा सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैंक

निजी क्षेत्रमा सर्वाधिक नाफा कमाउन सफल ग्लोबल आइएमई बैंक

निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हो ग्लोबल आइएमई बैंक । २०६३ सालमा स्थापना भएको यस बैंकले २०७६ मा जनता बैंकसँग गाभिएपछि नेपालको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त यस बैंकले चालु आर्थिक वर्षको ९ महिनामा सर्वाधिक मूनाफा कमाउन सफल भएको छ । बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ३ अर्ब ७३ करोड रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको तुलनामा ४ दशमलव १३ प्रतिशत बढी नाफा हो ।

आव २०७७/७८ को चैत मसान्तसम्म बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । ९ महिना अवधीमा बैंकको खुद सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

यस अवधीमा बैंकले १३ दशमलव ८ प्रतिशतले कर्जा विस्तार गरेर २ खर्ब ६० अर्ब रूपैयाँ पु¥याएको छ । निक्षेप संकलन २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाएको छ । २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबलले रिजर्भमा ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ राखेको छ । नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसा कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकले ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद फि तथा कमिसन आम्दानी गरेको छ । त्यसैगरी, चैत मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा ५ अर्ब १७ करोड ५६ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस वितरण गरेपछि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १७ पैसा घटेर २० रुपैयाँ ८८ पैसामा झरेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.३५ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ६.१२ प्रतिशत बढेको छ । बैंकले चैत मसान्तसम्ममा २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब २० करोड ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

शाखा विस्तारमा पनि अब्बल

ग्लोबल आइएमई बैंक लिमिटेड शाखा विस्तारमा पनि अब्बल बन्दै गएको छ । बैंकले पछिल्लो पटक पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । नयाँ एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरुको संख्या ५१ पुगेको छ ।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा लिन सक्नेछन् । बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।

एटीएम सेवा

यस बैंकको टोलै पिच्छे एटिएम सेवा संचालन गर्दै आएको छ । २५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

3175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका