जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • फर्जी बिल बनाएर योजनाको रकम हिनामिना गर्ने प्रशासकीय अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

फर्जी बिल बनाएर योजनाको रकम हिनामिना गर्ने प्रशासकीय अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै उक्त कार्यमा संलग्न ९ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, ६ नम्बर वडाका अध्यक्ष श्यामबाबुर साह, पालिकाका इन्जिनियर, वडा अध्यक्षसमेत ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

प्रशासकीय अधिकृत साह, वडाध्यक्ष साह, पालिकाका इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौं मोहम्मद रिफक, सबइन्जिनियर शशिरञ्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू, कोषाध्यक्ष सुरतीय कुमारीलाई अख्तियारले प्रतिवादी बनाएको छ ।

कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०–०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतो गरी रकम अनियमितता गरेको निष्कर्षसहित अख्तियारले उनीहरूलाई जनही सात लाख ७९ हजार २०५ रुपैया बराबर बिगो तथा कैद सजाय माग गरेको छ ।

1380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?