जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वाणिज्यको छापामा व्यापारीको विरोध   

वाणिज्यको छापामा व्यापारीको विरोध   

चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ ।

खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो । यसैक्रममा आज विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको छ ।

अनुगमनका क्रममा मूल्य सूची नराखी तथा बिलबिजक जारी नगरी कारोबार गरेको पाइएपछि विभागको टोलीले चार वटा थोक पसलेमाथि जरिवाना गरेको छ । उनीहरुलाई प्रत्येकलाई रु ५०/५० हजारको जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

प्रहरीसहित विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि त्यस क्षेत्रका व्यापारीले अनुगमनको चर्को विरोध गर्दै गालीगलौजमा उत्रिएका थिए । व्यापारीले उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै अनुगमन टोलीमाथि दुव्र्यवहार गरेका थिए । उनीहरुले अनुगमन टोलीलाई अवरोध गर्ने प्रयास गरेका थिए ।

व्यापारीको अवरोधपछि विभागको आग्रहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सुरक्षाकर्मी पठाएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि व्यापारी पछि हटेका थिए ।

पछिल्लो साता विभागको टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, बानेश्वरलगायतका फेन्सी पसलमा अनुगमन गरेको थियो । ती क्षेत्रका अनुगमनका क्रममा तयारी पोशाकमा उपभोक्ता चर्को ठगीमा परेको पाइएको विभागले जनाएको छ ।

तीनै व्यापारीले दिएको सूचनाका आधारमा आज विभागले तयारी पोशाकको होलसेल मानिएको रञ्जना क्षेत्रमा अनुगमन गरेको हो । नजिकिँदो दशैँ, तिहारलगायत चाडबाडमा कपडा खरीदमा ठूलो धनराशी खर्च गर्ने हुँदा उपभोक्ता चर्को ठगीमा नपरुन् भनेर विभागले तयारी पोशाकका क्षेत्रमा अनुगमनलाई व्यापकता दिएको हो ।

4750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका