जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

विशेष अदालतले कर फर्छ्यौट आयोगका सदस्य चुडामणि शर्मा ढकाललाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

 ‘सूचित आदेश र कानुनको अख्तियारीको बदनीयतपूर्व प्रयोग गरी १ अर्ब ३३ करोड बर्क्यौता कर छुट दिएको’ पुष्टि भएको भन्दै अदालतले यस्तो आदेश दिएको हो। 

‘विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड घ बमोजिम प्रतिवादी चुडामणि शर्मा ढकालबाट पचास लाख रुपैयाँ धरौटी माग गरिएको छ,’ विशेष अदालतले आदेशमा भनिएको छ, ‘सो माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके लिई निजहरुलाई तारेखमा राख्नु र सो दिन नसके मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (२) तथा दफा ८० बमोजिम थुनुवापूर्जी दिई कारागार कार्यालयमा पठाइदिनु…’ 

आदेशमा आयोगका सदस्य शर्मा समेतको निर्णयबाट विभिन्न करदाताहरुको कर मिनाह गर्दा बदनियतपूर्वक गरेको भन्ने प्रमाणहरुबाट देखिएको भन्दै यस्तो आदेश जारी गरेको हो।

शर्मा तत्काल फरार हुने अवस्था नभएको र प्रमाण नष्ट गर्ने अवस्था नरहेको जनाउँदै धरौटी माग गरिएको आदेशमा उल्लेख छ।

6925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका