जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनएमबि र ओम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुरु

एनएमबि र ओम डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुरु

एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बिच एकीकृत कारोवारको शुभारम्भ भएको छ । दुबै संस्था गाभिए पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ । मर्ज पश्चात बैंकको नाम एनएमबि बैंक लि. र मुख्य कार्यालय एनएमबि भवन, बबरमहल, काठमाडौं रहको छ ।

दुबै संस्था गाभिए पश्चातको एनएमबि बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि कुल शाखा सञ्जाल १६३, एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ पुगेको छ ।

एकिकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका माननिय अर्थमन्त्री श्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालज्यूको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलज्यूबाट पढेर सुनाईएको थियो ।

यस एनएमबि बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V.९एफ.एम.ओ.०, कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । FMO सँगको सहकार्यले एनएमबि बैंकले वातावरण र सामाजिक जोखिम व्यवस्थापन गर्न तथा नविकरणिय उर्जा, साना तथा मझौला व्यवसाय र कृषि उद्यममा अग्रता हासिल गर्न सफलभएको छ । बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधीप्राप्त गर्न सफलभएको छ ।

4750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका