जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भित्री कारोबार गर्ने अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर

भित्री कारोबार गर्ने अध्यक्ष गुरु न्यौपाने सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर

रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको कसुरमा दोषी ठहरिएका छन् ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो । उनी दोषी ठहर भए पनि सजाय निर्धारण हुन भने बाँकी छ ।

न्यौपाने अध्यक्ष भएको समयमा रिडी पावर कम्पनीमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै सम्पत्ति शुद्धीकरण विभागले कात्तिक २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

न्यौपानेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ विपरीत कार्य गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो । सेयरको भित्री कारोबारसम्बन्धमा विभागले दायर गरेको यो पहिलो मुद्दा हो।

न्यौपानेले १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ जानीजानी प्राप्ति गरेको भन्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा तोकिएको निषेधित कार्य गरेको पाएपछि उल्लिखित रकम बराबर बिगो कायम गरी ऐनको दफा ३० को उपदफा १ बमोजिम बिगोको दोब्बर जरिवाना, कसुरको मात्रा अनुसार कैद सजायको माग सुद्धीकरणले गरेको थियो ।

न्यौपाने २०७७ चैत १९ देखि २४ साउन २०७८ सम्म रिडी पावर कम्पनीका अध्यक्ष थिए । न्यौपाने अध्यक्ष भएको समयमा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म रिडी पावरको १४ पटकमा ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद र १२ पटक २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर बिक्री गरेका थिए ।

उनी अध्यक्ष भएका बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निणर्य गरेका थिए । उक्त निर्णय जेठ ४ गते भएको भए पनि २०७७ चैत १९ गते, २२ गते, २३ गते, २४ गते, २०७८ वैशाख १४ गते १५ गते ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद गरेका थिए । यस्तै न्यौपानेले २०७८ असार २ गते, ३ गते र साउन २४ गते २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर खरिद गरेका थिए ।

1125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका