जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनआईसी एशियाको ग्राहकलाई सपिङ्गमा छुटैछुट

एनआईसी एशियाको ग्राहकलाई सपिङ्गमा छुटैछुट

एन आई सी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ । देशकै विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा प्रत्येक  ६ हजार ६ सय ७६रुपैयाँको खरिदमा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका सबै आउटलेटहरुमा यो सुविधा उपभोग गर्न सक्नुहुनेछ  ।

आश्विन ८ गतेदेखि शुरु भएको यो योजनासँगै एन आई सी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार सोही गतिमा भइरहेको बैंकले जनाएको छ ।

यससँगै बैंकका प्रतिनिधिहरु ग्राहकहरुलाई डिजिटल कारोबार गर्दाका फाइदा र सहजताबारे जानकारी गराउनुका साथै यसप्रति अभिप्रेरित गराइएको पाइएको भाटभटेनी सुपरमार्केटमा सपिङ गर्न पुगेका सर्वसाधारणको भनाइ छ । भक्तपुर ठिमीका सन्त कुमार कोजुले आफू केटाकेटीको लागि लुगा किन्न आएको तर एन आई सी एशिया बैंकको स्टलमा तुरुन्त डेबिट कार्ड बनाउने अफर देखेपछि सो कार्ड प्रयोग गर्दा पाएको छुटले आफ्नो लागि पनि नयाँ जुत्ता किन्न पाउँदा खुशी लागेको बताए ।

यसै गरी ललितपुर पुलचोकको भाटभटेनी पुग्नुभएकी अनुराधा शर्माले दशैंमा घर जानुअघि भाटभटेनीको अफर सुनेर सपिङ गर्न पुगेको बताउँदै डिस्काउन्ट अफरले आफूजस्ता विद्यार्थीलाई  राहत भएको अनुभव बताएका छन ।

कात्र्तिक १६ गतेसम्म लागू हुने यो योजना अवधिभर देशभरका १६ स्थानका भाटभटेनी सुपरमार्केटबाट हजारौंले तिहार र छठ पर्वसम्म यो अवसरको सदुपयोग गर्नसक्ने बैंकले जनाएको छ ।

8495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका