जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सिभिल गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न राष्ट्र बैंकले दियो स्वीकृति

सिभिल गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न स्वीकृति दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९)’ बमोजिम कारोबार हुने जनाएको छ ।

प्राप्तिपश्चात हिमालयन बैंककाे नाममा यही फागुन १२ गतेदेखि एकीकृत काराेबार गर्ने दुबै बैंकले सूचना प्रकाशित गरेर जानकारी गराइसकेका छन् ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका