जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकद्वारा बर्दिबासका ५० जना गरीब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

सनराइज बैंकद्वारा बर्दिबासका ५० जना गरीब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको श्री जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित श्री जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्र्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् । बैंकले विद्यार्र्र्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक दिलीप कुमार तिवारीले बैंकलाई धन्यबाद दिंदै आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्र्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको समेत जानकारी दिए । कार्यक्रममा बर्दिबास नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धिरेन्द्र कुमार सिंह लगायत अन्य समाजसेवी र वरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहेको थियो ।

3855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका