जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकको नाफा ५२ करोड १४ लाख

सिद्धार्थ बैंकको नाफा ५२ करोड १४ लाख

सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ५२ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ।

गत आर्थिक वर्षको तुलनामा नाफा ०.६९ प्रतिशतले घटेको छ। गत वर्ष ५२ करोड ५० लाख रुपैयाँ थियो। बैंकले स्प्रेडदर घटाउँदा नाफा थोरै असर देखिएको हो।

बैंकको व्याज खर्च २९ प्रतिशतले बढ्दा व्याज आम्दानी २३ प्रतिशतले मात्रै बढेको छ। जबकी कर्जा बिस्तार र निक्षेप संकलनको बृद्धिदर उस्तै छ। खुद व्याज आम्दानी १५ प्रतिशतले बढेर एक अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

तीन महिनाको अवधिमा बैंकको निक्षेप संकलन ३.०५ प्रतिशतले बढेको छ भने ऋण लगानी ३.६३ प्रतिशतले बृद्धि भएको छ। बैंकले कुल एक खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

पूँजीकोष अनुपात १२.०२ प्रतिशतबाट बढेर १३.२६ प्रतिशत पुगेको छ। खराव कर्जा १.४० प्रतिशतबाट १.२८ प्रतिशतमा झारेको छ। बैंकको कस्ट अफ फण्ड (स्रोत लागत) ७.२० प्रतिशतबाट बढेर ७.३३ प्रतिशत पुग्दा नाफामा केहि असर गरेको हो।

नेपाल राष्ट्र बैंकको निर्देशन मान्ने क्रममा स्प्रेडदर ४.७७ प्रतिशतबाट ४.४३ प्रतिशतमा झार्न सफल भएको छ। प्रतिशेयर आम्दानी एक रुपैयाँले खुम्चिएर २३ रुपैयाँ छ ।

7330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार