जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एकैपटक ४ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्न अर्थको सहमति

एकैपटक ४ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्न अर्थको सहमति

आर्थिक वर्ष १० महिना हात बाँधेर बसेको सरकारले कोभिड-१९ का लागि छुट्याइएको बजेट खर्च सुरु गरेको छ । कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यले ‘कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्नसक्ने औषधि, उपकरण तथा उपचार सामग्री कमी हुन नदिन ६ अर्ब बजेट व्यवस्था’ गरेको छ । त्यसबाहेक अन्य खर्च समेत जोडर सात अर्ब ६१ करोड रुपैयाँ कोभिड–१९ न्यूनिकरणका लागि छुट्याइएको थियो । तर, आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा सरकारले ५० प्रतिशतभन्दा कम खर्च गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालय अनुसार बुधबारसम्मको तथ्यांक अनुसार १० महिनामा तीन अर्ब ७२ करोड ४३ लाख रुपैयाँ मात्रै कोभिड खर्च भएको छ । यो विनियोजित रकमको ४८.४९ प्रतिशत मात्रै हो । जसअनुसार ३ अर्ब ८९ करोड रुपैयाँ (झन्डै चार अर्ब) रुपैयाँ खर्च हुन बाँकी छ ।

विनियोजित बजेटमा छ करोड ४७ लाख रुपैयाँ पुँजीगत बजेट छ । कोभिड–१९ का लागि छुट्याइएको पुँजीगत बजेटमा २२ लाख २८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । यो विनियोजनको ३.४४ प्रतिशत हो । जसअनुसार छ करोड २५ लाख रुपैयाँ पुँजीगत खर्च गर्न बाँकी छ ।

अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियु स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।

2855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका