जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दुई महिनामै २८ अर्ब ३८ करोड प्रिमियम संकलन

दुई महिनामै २८ अर्ब ३८ करोड प्रिमियम संकलन

बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ३३.२० प्रतिशतले व्यवसाय बृद्धि गरेका छन्। असोज मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गत वर्षको असोज मसान्तमा यस्तो आर्जन २१ अर्ब ३८ करोड रुपैयाँ थियो।

जीवन बीमा कम्पनीहरुको बीमा लेख संख्या ११ प्रतिशतले सुधार हुँदा प्रिमियम संकलन भने ४१ प्रतिशतले बढेको छ। त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले बीमा लेख ४७ प्रतिशतले बढाए पनि प्रिमियम भने जम्मा १३ प्रतिशतले मात्रै सुधार गरेका छन्।

पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले सस्तोमा बीमा लेख जारी गरिरहेको कम्पनीहरुले नै स्वीकार गर्दै आएका छन्। अस्वस्थ प्रतिस्पर्धाले गर्दा बीमा कम्पनीहरुले सस्तो प्रिमियममा बीमा बीमा लेख जारी गरिरहेका छन्।

बैदेशिक रोजगारमा जाने नेपालीको संख्या घट्दै गर्दा यसतर्फको बीमा लेख १२ प्रतिशतले घटेको छ। गत चालु आर्थिक वर्षको असोज मसान्तमा १३ लाख ८६ हजार बैदेशिक रोजगार बीमा लेख जारी भएका छन्।

दुई महिनामा १९ वटा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ४९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले २० वटा जीवन बीमा कम्पनीहरुले ६ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

गत वर्षको यहि अवधिमा बीमाको दायरामा १७ प्रतिशत रहेकोमा यस वर्षको असोज मसान्तसम्मा २० प्रतिशत पुगेको छ। नयाँ सञ्चालनमा आएका बीमा कम्पनी र पुराना बीमा कम्पनीहरुले शाखा कार्यालय विस्तार गर्ने क्रममा ३० प्रतिशतले बढाएका छन्।

बीमा कम्पनीहरुको शाखा कार्यालय २६ सय तीन वटा पुगेको छ। गत वर्षको यहि अवधिमा १९ सय ९६ वटा थियो। कर्मचारीको संख्या थप २३ प्रतिशतले बढेको छ। असोज मसान्तसम्ममा बीमा कम्पनीहरुले ९ हजार ६६१ जनालाई रोजगारी दिएका छन्। गत वर्षको यहि अवधिमा ७ हजार ८३६ जनाले रोजगार पाएका थिए।

बीमा समितिले एकै पटक १० वटा जीवन बीमा कम्पनी र तीन वटा निर्जीवन बीमा कम्पनीहरुलाई व्यवसायिक अनुमति दिदा व्यवसाय उच्च गतिमा बढ्दै आएको छ। समितिले नयाँ कम्पनीहरुलाई अनुमति सँगै पुराना बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाएर कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न दवाव दिएको थियो।

9555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका