जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जेल जानबाट बच्न सक्छन महरा

समाचार

जेल जानबाट बच्न सक्छन महरा

जेल जानबाट बच्न सक्छन महरा

तात्कालिन सभामुख कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन । संसद सचिवालयमै कार्यरत प्रेमिका रोशनी शाहीले बलात्कार र कुटपीट गरेको अभियोग लगाएपछि सम्माननीय सभामुखबाट प्रहरी हिरासतमा पुगेका महरालाई आज मात्रै अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । सभामुखको सरकारी निवासबाटै गत असोज १९ गते पक्राउ परेका महरालाई यो तेस्रो पटक म्याद थपिएको हो ।

लामो समयदेखि प्रेम सम्बन्ध रही सहमतिमै यौन सम्पर्क राख्दै आएका महरा र शाहीबीच पछिल्लो समय एउटी महिलाकै कारण बलात्कारसम्मको अभियोगमा आइपुगेको छ । महरा निकट ब्यक्ति तथा तात्कालिन माओवादीका नेताहरुकै भनाईमा महरा–रोशनी प्रेम सम्बन्धको लामो कहानी रहेको छ । आफ्नै प्रेमिका रोशनीलाई आवश्यक सवै कुरा पुर्याउने महरा पछिल्लो समय अर्कै महिलासँग हिमचिम बढाएको जानकारी पाएपछि आफ्नो ब्यवस्थापनमा बानेश्वरमा घर किन्न दवाव बढाएकी रोशनीले त्यो मागमा बेवास्था गरेपछि महरामाथि नै हातपात गर्दै बलात्कारको अभियोग लगाएको देखिएको छ । अर्की महिलासँग महराको सम्बन्ध बढेको शाहीको आशंकाबीच महराले पहिलाको जस्तो केयर गर्न छाडेकै कारण रोशनीसँगको १४ वर्षदेखिको अगाध प्रेम बलात्कारमा परिणत भएको देखिएको छ । उनले अव महराले अर्की प्रमिका भेट्यो, मलाई छाडने भयो भन्ने निश्कर्षमा पुगेर नै शाहीले आवेगमा आएर १४ बर्षदेखिको रिलेशनलाई बलात्कारमा परिणत गरिदिएकी थिइन ।

महराको प्रेमिका भएकै कारण उनी अहिले मिडियादेखि अदालतसम्म आफैले बलात्कार गरेको किटानी जाहेरी दिएका अभियुक्त महराको बचाउमा निवेदन दिएकी छन । तर महरा र शाही दुवैको यो बयानले जेल जानबाट बच्न सक्ने अवस्था नरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र सरकारी वकिल तथा कानून ब्यवसायीको बुझाइ छ । महरा जेल जानबाट रोक्ने एउटै मात्र बिकल्प रहेको उनीहरु बताउँछन । ‘महरा र रोशनीले आफूहरु प्रेमी–प्रेमिका रहेको तथ्यलाई अदालतमा स्वीकार गर्दै सहमतिमै यौन सम्बन्ध कायम गर्ने गरेको अवस्थामा जेल जानबाट बच्न सक्छन, अहिलेसम्मको सवुत प्रमाणको आधारमा यो भन्दा अर्काे बिकल्प छैन,’ अवकाशप्राप्त एक न्यायाधीशले भने । उनका अनुसार अव अदालतदेखि आम नागरिकसम्म महरा र रोशनीबीच नियमित सारिरीक सम्पर्क थियो, प्रेमि–प्रेमिका हुन भन्ने कुरा चिर्न गाह्रो छ । ‘दुवैले आफूहरुको प्रेम सम्बन्ध स्वीकार गरी यथार्थ राखेको अवस्थामा अदालतले जेल नपठाउन सक्छ, तर अहिले जस्तै बयान फेर्दै आएकै छैन, भएकै छैन भनेर प्राप्त सवतलाई काटन सक्दैन,’ ती न्यायाधीशको भनाई छ ।

प्रहरीले बलात्कार भएको भनिएको दिन महरा रोशनीको कोठामा पुगेको प्रमाण संकलन गरिसकेको छ । महराले प्रहरीसँगको बयानमा कोठामा नगएको बताए पनि त्यस दिन रोशनीले महराको चस्मा फुटाइ दिएको र तानातानमा थुतेको जुत्ताको तलुवादेखि अन्य सवै प्रमाणले उनी रोशनीको कोठामै पुगेको देखिन्छ । पटक–पटक शाहीको कोठामा पुग्नुमा महरा र उनीबीचको प्रेम नै हो । घटना भएको दुई साता अघि मात्रै पनि महरा शाहीको कोठामा पुगेका थिए ।

तत्कालीन सभामुख महरा गत भदौ २२ गते निजी सुरक्षाकर्मी नै लिएर रोशनी शाहीको डेरामा पुगेका थिए । पहिला झैं उनले छिटो आउने भए आउनुहोस, नत्र जे पनि गर्छु भनेर फोन गरेपछि महरा शाहीको डेरामा पुगेका हुन । त्यसो त उनी भदौ १४ र १८ गते पनि शाहीको कोठामा पुगेका थिए । कहिले औषधि सकियो, कहिले आत्महत्या गर्छु, त कहिले भएको औषधि एकैपटक खाइदिन्छु भन्ने धम्की दिने गरेका कारण महरा पटक–पटक रोशनीको निवासमा पुग्ने, सम्झाउने र आवश्यकता पूरा गरिदिने गरेका थिए । त्यसो त पूर्वसभामुख ओनसरी घर्तीमगरले एम सरको गर्लफ्रेण्डलाई संसद सचिवालयमा सरुवा गर्नुपर्यो भनेर आफू निकटलाई भनेको र उहाँकै पालामा रोशनी संसद सचिवालयमा आएको बताउनेहरुको संख्या पनि ठुलै रहेको छ ।

खोज पत्रकारितामा चाख राख्ने स्तम्भकार दिल निशानी मगरले लोकान्तर डटकममा महरा शाहीबीचको प्रेम सम्बन्धको सवै पाटो खुलासा गरेका छन । असोज १७ गते लेखेको लामो अनुसन्धानमुलक लेखमा मगरले महरा र शाहीबीचको प्रेम सम्बन्ध र उतार चढावबारे बिभिन्न तथ्य प्रस्तुत गरेका छन । जुन तथ्यले महरा र शाहीबीचको नियमित सम्पर्क र सम्बन्धबारे बुझ्न सहज बनाउँछ । आफ्नै प्रेमिकाले अर्काै युवतीसँग नजिकिएको आरोप लगाएर ब्यवस्थापन गर्न भन्दा चुकैकै कारण महरा यतिबेला हिरासतमा पुगेका छन ।

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?