जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकद्वारा ग्लोबल मनि विक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा ग्लोबल मनि विक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकले पनि ग्लोबल मनि विक एक कार्यक्रम गरी मनाएको छ । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता कार्यक्रमलाई कृषि विकास बैंकले पनि साथ दिएको हो । 

कृषि विकास बैंक बागमती प्रदेश कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि विक मनाएको हो । बैंकको शाखा कार्यालय पाँचखालले पाँचखाल नगरपालिकामा रहेको सर्वमङ्गला माध्यमिक विद्यालयमा ग्लोबल मनि विकको पहिलो दिनको वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा वित्तीय साक्षरताका सम्बन्धमा बैंक, बैंकका सेवाहरू, विद्युतीय बैंकिंङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा बैंकका उप महाप्रबन्धक यज्ञ प्रकाश न्यौपानेले प्रकाश पारेका थिए । 

विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंक खाताको महत्त्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा पालन जस्ता विषयका सम्बन्धमा जानकारी गराएका थिए । 

सन् २०१२ देखी सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरिका १७६ मुलुकका ४० हजार संस्थाहरूको संलग्नता मार्फत १२ करोड जनसङ्ख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् । 

बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको छ । 

कार्यक्रम सर्वमङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बैंकका प्रदेश निर्देशक गिरिधारी पौडेल, पाँचखाल नगरपालिका शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइराला लगायतले बैंक मार्फत कारोबार गर्नुको फाइदाका सम्बन्धमा प्रकाश पारेका थिए । 

बागमती प्रदेश कार्यालयका वरिष्ठ शाखा अधिकृत मधुसूदन खकुरेलले सञ्चालन गरेको कार्यक्रममा शाखा कार्यालय पाँचखालका प्रबन्धक विनोद कोइरालाले स्वागत मन्तव्य राखे । 

1030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका