जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महराविरूद्ध अदालतमा मुद्दा दर्ता

समाचार

महराविरूद्ध अदालतमा मुद्दा दर्ता

साढे ७ वर्ष जेल सजायको माग

महराविरूद्ध अदालतमा मुद्दा दर्ता

जिल्ला अदालत काठमाडौं तत्कालिन सभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार महराविरूद्ध जवरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको हो ।

जसमा साढे ७ वर्षसम्मको जेल कैद सजायको माग गरिएको छ ।

काठमाडौं अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार महराविरूद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता भएको हो ।

उक्त उपदफामा कसुर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

महरामाथि अनुसन्धानका लागि तीन पटक म्याद थप गरिएको थियो । पछिल्लो पटक यही कात्तिक ७ गते थप अुनसन्धानका लागि ७ दिनको म्याद थप गरिएको थियो ।
पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थप गरिएको थियो ।

महरालाई रोशनी शाहीलाई रातिको समयमा उनकै निवास तीनकुनेस्थित डेरामा पुगेर जवरवस्ती करणी गरेको आरोप लागेको छ ।

आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

4250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका