जोडिनुहोस
आइतवार, माघ ५, २०८२
आइतवार, माघ ५, २०८२
  • होमपेज
  • लक्ष्मी बैकले दुई आर्थिक वर्ष यताकै उच्च लाभांस प्रस्ताव

लक्ष्मी बैकले दुई आर्थिक वर्ष यताकै उच्च लाभांस प्रस्ताव

लक्ष्मी बैकले दुई आर्थिक वर्ष यताकै उच्च लाभांस प्रस्ताव गरेको छ। बैकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। यस अघि बैकले ८.९५ प्रतिशत र १०.५३ प्रतिशत लाभांश दिएको थियो। यो उसको दुई वर्ष यताकै उच्च प्रतिफल हो। आर्थिक वर्ष २०७०/७१ मा २१.०५ प्रतिशत सम्म लाभांश दिएको थियो।

हाल बैकको शेयर क्यापिटल आठ अर्ब ९ करोड रुपैयाँ रहेको छ। बैकले नाफा बढाउँदै लगेको छ। गत वर्ष बैकले एक अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो भने अघिल्लो वर्ष यही अवधिमा बैकको नाफा एक अर्ब १८ करोड रुपैयाँ रहेको थियो। प्रति शेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा रहेको बैकको नेटवर्थ १४१.६७ रहेको छ।

लक्ष्मी बैंकले विगतका वर्षमा प्रदान गरेको लाभांस

आर्थिक वर्ष बोनस शेयर नगद लाभांस जम्मा लाभांस
2075/2076 10 5 15
2074/2075 8.5 0.45 8.95
2073/2074 10 0.53 10.53
2072/2073 18.29 18.29
2070/2071 20 1.05 21.05
2069/2070 15 15
2068/2069 0 10 10
2067/2068 5 10.79 15.79
7700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?