जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पैसाको सहि सदुपयो गर्न नसक्दा नेपालीहरु गरीबीको रेखामुनी परेका छन्

पैसाको सहि सदुपयो गर्न नसक्दा नेपालीहरु गरीबीको रेखामुनी परेका छन्

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पैसाको महत्व नबुझेका गलत सोच भएका प्रतिनिधिहरु रहेको बताएका छन् । वित्तीय जागरण अभिवृद्धि गर्ने कार्यक्रमहरु बैंक तथा वित्तीय क्षेत्रहरुले सहभागी हुन चासो नदेखाएको भन्दै गभर्नर नेपालले पैसाको महत्व नबुझेको गलत सोच भएका व्यक्तिहरु रहेको बताएको हुन् ।

‘बैंकिङ एक्पो शुरु भएको ३ वर्ष भइसक्यो तर यसको प्रभावकारीता बैक तथा वित्तीय क्षेत्रमा न्युन छ,’ गभर्नर नेपाल भने,‘अत्यन्तै पढेलेखेका व्यक्तिहरु यो काम गर्छन् तर कसरी पैसा कमाउने, पैसाको सदुपयोग कसरी गर्ने र मान्छेलाई कसरी धनी बनाउने भन्ने विषयमा भएको कार्यक्रममा उनीहरुको सहभागी न्युन हुँदा यो क्षेत्रमा नै गतल मान्छे पुगेका छन् भन्ने हुन्छ ।

नेपालमा बैंकिङ एक्पो सन् २०१७ देखि शुरु भएको हो । हाल काठमाडौंको भृकृटी मण्डपमा तेस्रो बैंकिङ एक्पो २०१९ सञ्चालन भइरहेको छ । सो एक्पोको पहिलो संकरणमा ४० वटा, दोस्रोमा ४२ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता थियो भने तेस्रो संसकरणमा ४८ वटा बैंक तथा वित्तीय संस्थाहरुको सहभागीता रहेको छ ।

नेपालमा २०० भन्दा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु संचालनमा छन् । बैंकहरुले हाल सम्म ३५ खर्ब रुपैयाँ निक्षेप संकलन गरि १४ हजार ऋणीलाई ३४ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ एक्सो २०१९ को उद्घाटन गर्दै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरु व्यवसायमुखी भन्दापनि सेवामुखी बढी हुनुपर्ने बताउँदै बैंकिङ क्षेत्र, बीमा क्षेत्र र पुँजी बजार क्षेत्रमा सर्वसाधारणमा वित्तीय पहुँज बढाउने कार्यक्रमहरुमा आगामी दिनमा झारो टार्ने प्रकारको सहभागीताभन्दा वृहत रुपमा सहभागी हुन निर्देशन दिए । पैसाको सहि सदुपयो कसरी गर्ने भने सम्बन्धीत निकायहरु सर्वसाधारणमा बुझाउन नसक्दा नेपालीहरु गरीबीको रेखामुनी परेको उनको भनाई छ ।

सो कार्यक्रममा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ र लघुवित्त बैंकर्स संघका प्रतिनिधिहरुले बैंकिङ एक्पोले वित्तीय पहुँच विस्तारमा ठुलो मद्दत गरेको र सबैले आ– आफ्नो क्षेत्रबाट यसका लागि सहयोग गर्नेे बताएका थिए ।

यस्तै कार्यक्रममा धितो पत्र बोर्ड, बीमा समिति, नेपाल बैंकर्स संघ, डेभपलमेन्ट बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ, लगाएत विभिन्न बैंक, बीमा कम्पनी तथा लघुवित्त कम्पनीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

9140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका