जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब कुमारी बैंकलाई पाँचौं हुने छुट छैन : उपेन्द्र केशरी न्यौपाने

अब कुमारी बैंकलाई पाँचौं हुने छुट छैन : उपेन्द्र केशरी न्यौपाने

बैंकिङ्ग क्षेत्रका लागि मर्जर प्रकृया सहज कार्य थिएन । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच ९७ दिनभित्र एकीकृत कारोबार भएको छ । नेपालको इतिहासमा प्रारम्भिक सम्झौता भएको यति छोटो दिनमा एकीकृत कारोबार गरेर रेकर्ड कायम गरेको छ । छोटो समयमा मर्जर सम्पन्न गर्न कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणाले सबैभन्दा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । अध्यक्ष राणाले एनसीसी बैंकलाई सहज रुपमा ग्रहण गर्नु भएको छ । कुमारी बैंकको परिवारले एनसीसी बैंकलाई ग्रहण गर्नु र एक हुन रोज्नु भयो ।

म फरक विधाबाट बैंकिङ्ग व्यवसायमा आएको व्यक्ति हो । बैंकिङ व्यवसायमा २०७३ पुस १८ गतेदेखि पदभार ग्रहण गरेको थिए । आज २०७९ साल पुस १७ गते ६ वर्ष पुगेको छ । यो यात्रालाई मैले सफल बनाएको छु । बैंकको अध्यक्षको रुपमा रहेर काम गर्दा कहिलेकाँही गल्ति भएका हुन सक्छन् । तर, मेरो सदनियत, विवेक र असल परिणाम ल्याउन कसैलाई बिझाएको भए क्षमा माग्छु । त्यसमा मेरा ब्यक्तिगत स्वार्थहरु केही पनि थिएनन् ।

कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणाले मलाई अध्यक्षको रुपमा स्वीकार गर्नु भएको थियो । नम्बरको खेलमा जानु हुँदैन । एनसीसी बैंकबाट ४ जना सञ्चालक पदमा नियुक्त हुने र ४ जनाले अध्यक्ष बनाउँछ भन्ने सोचाइ हुन सक्छ । यो सोचाईको ठिक विपरित पनि व्यक्तिहरु उभिन सक्छन् र परिणाम दिन सक्छन् भन्ने मान्यता स्थापित गर्न सफल भएको छु । एनसीसी बैंकले भन्दा कुमारी बैंकले राम्रो परिणाम दिइरहेको छ । त्यो सक्रिय उर्जालाई फेरी सक्रिय मेरो भूमिका रहन्छ । अध्यक्षको कार्यभार तपाईं आफैले ग्रहण गर्न उपयुक्त हुन्छ । मैले प्रस्ताव र समर्थन गर्छु भनेर मैले आग्रह गरेको हो । उहाँले प्रस्ताव स्वीकार गर्नु भयो र एकीकृत कारोबार पश्चात् कुमारी बैंकको अध्यक्ष अमिर प्रताप राणा नियुक्त हुनु भएको छ ।

हामीहरु नम्बरको खेलमा धेरै विश्वास गर्छौं । तर, नम्बर कहिल्यै पनि निर्णायक हुँदैन । त्यसको पछाडी तर्क, विवेक र परिणाम हुन्छ भन्ने विषयलाई स्वीकार गरेनौं भने नम्बरको खेल जहिल्यै पनि उँदोगति तिर जान्छ । मान्छेले निर्माण गरेको कुनै वस्तु छ भने सबैभन्दा बलियो कानून हो । त्यो कानून पनि विवेक, तर्क र परिणामसँग हार्छ । यो अनुभूति मर्जरबाट दिन सक्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासमा छौं । समाज मूल्य र मान्यताका आधारमा चलिरहेको बेला यी कुराहरुलाई फेरी पनि स्थापित गर्न सकिन्छ भन्ने अपेक्षा छ । यस कार्यमा सबैको सहयोग हुनुपर्छ ।

सेवाको प्रदानता व्यापारको आधारमा हुनुपर्छ । व्यापारलाई व्यापारको रुपमा मात्रै होइन सेवाका रुपमा पनि ग्रहण गर्नुपर्छ । सेवाबाट आएको मेवा सबैभन्दा मिठो हुन्छ । नेपाली फलफूलमा सबैभन्दा उत्तम फल मेवालाई लिइन्छ । यसकारण यो उखान बनेको हो । त्यसैले बैंकका कर्मचारीहरुले सेवाको प्रदानता व्यापारको आधारमा गर्न सक्नुपर्छ । तपाईंको नम्र निवेदन यसको उर्जा बनोस् । त्यो छवी निर्माण गर्न सक्नुपर्छ ।

एनसीसी बैंकको अध्यक्ष हुनुभन्दा अगाडि म एक बैंकको ग्राहक थिए । त्यो बैंकमा एकजना कर्मचारी हुनुहुन्थ्यो । त्यो बैंकमा बस्ने एकजना कर्मचारी जुनजुन बैंकमा जानु भयो त्यहि बैंकमा मैले आफ्नो कारोबार गर्थे । यद्यपी उहाँले पहिले शुरु गर्नु भएको बैंकको ब्याजदर भन्दा पछि सुरु गरेको बैंकको ब्याज बढी थियो । तर, उहाँको सेवाका लागि मैले बढीभन्दा बढी ब्याज तिरे । सेवा राम्रो गर्नसक्नु भयो भने बढी ब्याज पाइन्छ । त्यसैले बढी नाफा कमाउन सेवा भाव प्रदान कायम गर्नुपर्छ ।

सञ्चालक समितिको एकता भएन भने कुनै पनि उर्जा प्राप्त गर्न सकिँदैन । नेपाली बैंंकिङ्ग क्षेत्रमा जुन बैंकको सञ्चालक समितिमा समस्या छ, त्यो बैंक पक्कै पनि समस्यामा रहेका छन् । मूल मन्त्रका रुपमा लिएर हाम्रो सञ्चालक समितिभित्र सबैभन्दा ठूलो सृजनशील एकता हो भनेर बुझ्नुपर्छ । एनसीसीका सेयरधनीहरुले ११ प्रतिशतभन्दा बढी पाए भने र कुमारी बैंकका सेयरधनीहरुले साढे १२ प्रतिशतभन्दा बढी पाए भने मात्रै हामीले क्षमाबाट छुट पाउने छौं । अन्यथा हाम्रो कर्तव्य दायित्व सेयरधनीहरु प्रति पुर्याउन लागि रहेका छौं । सञ्चालक समिति, व्यवस्थापन समिति र कर्मचारीहरुबीच मतभेद हुनु हुँदैन ।

बैंकको व्यवस्थापन सीईओ र डीसीईओहरुमा निर्भर रहन्छ । नीतिगत प्रष्टता, नीतिगत सपोर्ट व्यवस्थापनको मूल आधार हो । यी बाहेक सबै कुराहरुमा सीईओ र उहाँको टीमले प्रमुख रुपमा व्यवसाय गर्न अग्रता लिएको हुनुपर्छ । त्यो सीईओ र डीसीईओले प्रमाणित गरेर देखाउनु पर्छ । तपाईंको दक्षताका आधारमा नै बैंकको प्रगति हुने हो । बैंकका सबै सूचकहरुले तपाईंको जवाफ दिएन भने तपाईंका तर्कहरु गफ मात्रै हुन्छन् । बैंकका सीईओ र कर्मचारीहरुले इण्डिकेटरलाई जवाफ हुन् र तर्कहरु जवाफदेही होइनन् भनेर स्वीकार गर्नुपर्छ ।

आजदेखि दुई वटा परिवारबाट एउटा ठूलो परिवार बनेका छौं । त्रेतायां मंत्र शक्तिश्च, ज्ञानशक्तिः कृते युगे । द्वापरे युद्ध शक्तिश्च, संघशक्ति कलौ युगे । अर्थात् आजको युगमा संगठन नै सबैभन्दा ठूलो शक्ति हो । सत्य युग तथ्यको थियो, त्रेता युग मन्त्र शक्ति थियो, द्धापर युग युद्ध शक्ति थियो र कलि युग संगठन शक्तिको हो । हामी एकीकृत हुनुको पछाडी यो शक्ति निर्माण गर्नु पनि हो । यो शक्ति निर्माण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ । कन्फिल्क्ट अफ इन्ट्रेस्ट प्रमुख कम्प्लायन्स हेर्ने सुपरभिजन हुनुपर्छ । यो भूमिकामा हामी आफू पनि जोगिनु पर्छ ।

एनसीसी बैंकमा खराब कर्जाले धेरै ठूलो भूमिका निर्वाह गरेको थियो । त्यसलाई हामीले लामो समयपछि घटाउन सफल भयौं । मर्जर पश्चात् खराब कर्जाका विषयमा ध्यान दिन आवश्यक छ । खराब कर्जालाई न्यूनीकरण गरेर अघि बढ्नुपर्छ । बैंकिङ्ग क्षेत्रमा मर्जर भएका बैंकहरुमध्ये कुमारी बैंक चौथो नम्बरमा छ । बैंकका सीईओ र कर्मचारीहरुलाई तेस्रो हुने अवसर छ, पाँचौ हुने छुट छैन । पहिलो बैंक हुनलाई सुवर्ण अवसर रहेको छ । यसका लागि सबैजना एकाकार भएर अघि बढ्नुपर्छ । यसैमा जीवनको एउटा उर्जा निश्चित गर्न सक्नुपर्छ ।

(उपेन्द्र केशरी न्यौपानेले कुमारी र एनसीसी बैंकबीचको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा राखेका मन्तव्य । एनसीसी बैंकका पूर्वअध्यक्ष न्यौपाने अहिले कुमारी बैंकको सञ्चालक हुन् ।)

1080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका