जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकले सञ्चालनमा ल्यायो चन्दननाथ नगरपालिकामा जुम्ला शाखा

कुमारी बैंकले सञ्चालनमा ल्यायो चन्दननाथ नगरपालिकामा जुम्ला शाखा

कुमारी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका- ६ मा जुम्ला शाखा सञ्चालनमा ल्याएकोे छ । कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बताएको छ ।

कम्पनीले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको पनि बताएको छ। विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कम्पनीले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखारहित बैंकिङ इकाईहरु मार्फत् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका