जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडी

समाचार

नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडी

ज्याेति र गरिमाकाे प्रगति उच्च

नाफामा वाणिज्य बैंकभन्दा विकास बैंक अगाडी

राष्ट्रिय स्तरका विकास बैंकहरुको प्रगति वाणिज्य बैंकहरुको भन्दा उच्च देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विकास बैंकहरुको नाफा करिब १६ प्रतिशत वृद्धि भएको हो । विकास बैंकहरुले अघिल्लो वर्ष १ अर्ब १ करोड रुपैंया नाफा कमाएका थिए । यो आकार यो वर्ष १ अर्ब १७ करोड रुपैंया पुगेको छ । यो १६.८ प्रतिशतको वृद्धि हो । वाणिज्य बैंकहरुले उक्त अवधिमा ६ प्रतिशतभन्दा कममात्रै नाफा वृद्धि गर्दा विकास बैंकहरुको भने नाफा एग्रेसिभ नाफा देखिएको हो ।

वृद्धि भएको नाफामध्ये ज्योति विकास बैंकले सबैभन्दा बढी नाफा बढाएको छ । ज्योतिले अघिल्लो वर्ष ६ करोड ३३ लाख रुपैंया रहेको नाफालाई ११७ प्रतिशतले वृद्धि गरी १३ करोड ८० लाख पुर्याएको छ । त्यस्तै, गरिमाले २.३२ करोड सांग्रिलाले २.१४ करोड तथा कामना सेवा विकास बैंकले १.५९ करोड रुपैंया वृद्धि गरेको हो ।

नाफाको आकारको आधारमा भने मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी २२.८८ करोड तथा कामना सेवा विकास बैंकले सबैभन्दा कम १.८७ करोड रुपैंया नाफा कमाएको छ । वाणिज्य बैंकहरुमध्ये ८ ओटाको नाफा घट्दा यो त्रैमासमा गण्डकी विकास बैंकको नाफा घटेको छ भने अन्य ९ ओटा विकास बैंकको नाफा बढेको छ ।

बैंकहरुको उक्त नाफा चुक्ता पुँजीको आधारमा वार्षिक रुपमा १६ रुपैंया ६४ पैसा हो । राष्ट्रिय स्तरका विकास बैंकहरुको पहिलो त्रैमाससम्म २८ अर्ब २० करोड रुपैंया चुक्ता पुँजी छ । असोज मसान्तसम्ममा विकास बैंकहरुले २ खर्ब ९१ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब रुपैंया कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो वर्षभन्दा क्रमशः ७.९ र १३.७ प्रतिशत बढी हो ।

9855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका