जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना, पहिलो पटक महिला राष्ट्र बैंकको उच्च पदमा

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना, पहिलो पटक महिला राष्ट्र बैंकको उच्च पदमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुङ्गाना तिमिल्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन्।

बाणिज्य मन्त्री लेखराज भट्टले दुबै जनाको नियुक्ति पुष्टी गरेका छन।

गभर्नर महाप्रसाद अधिकारीको सीफारिसमा मन्त्रीपरिषद्ले मंगलबार उनीहरुलाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो।

ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन्। ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन्।

अर्थमन्त्रीले मन्त्रीपरिषद्मा डेपुटी गभर्नर नियुक्तिको प्रस्ताव लैजानु पर्छ। अहिले अर्थमन्त्रीको रोजाइमा अर्थमन्त्रालयको सल्लाहकार डा. प्रकाश श्रेष्ठ छन्। यस हिसाबले सबैको अनुमान थियो डेपुटी गभर्नरमा श्रेष्ठ नियुक्त हुने छन्।

स्रोतहरुको दाबी पत्याउने हो भने, ढुङ्गाना गभर्नर अधिकारीको तर्फबाट नियुक्त भएकी हन्। एकथरीको दाबी भने उनी राष्ट्रपति विद्यादेवी भण्डारीका कारणले नियुक्त भएकी हुन्। मिश्र भने प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा नियुक्त भएका हुन्।

मिश्रसँग बाणिज्य बैंकहरुमा पनि काम गरेको अनुभव छ। उनले तत्कालिन एनआइसी बैंकमा काम गरेका थिए। त्यपछि उनी राष्ट्र बैंक छिरेका हुन्। मिश्रको पेन्सन पाक्ने समय पनि भएको छैन। उनले डेपुटी गभर्नरपछि पेन्सन पाउने छैनन्।

स्रोतहरुका अनुसार, श्रेष्ठको नहुने भएपछि अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई उनको नाम सीफारिस नगर्न भनेका थिए। जबकी मन्त्री हुँदा नै पौडेलले श्रेष्ठलाई डेपुटी गभर्नर बनाउने आस्वासन दिएर अर्थमन्त्रालय लगेका थिए। अर्कोथरी स्रोतको दावी पत्याउने हो भने, श्रेष्ठको नाम सीफारिस भएको थियो। उनीबाहेक देवकुमार ढकालको पनि नाम सीफारिस भएको थियो।

6195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका