जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सनराइज बैंक र सानीभेरी गाउँपालिकाबिच सम्झौता, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबिच सम्झौता, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने

सनराइज बैंक लिमिटेड तथा सानीभेरी गाउँपालिकाबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख दिपक पण्डित तथा सानीभेरीका अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका हुन् ।

सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोध/सिफारीस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा रुकुम (पश्चिम) का सभासद जनार्दन शर्मा, बैंक संचालक समितीका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलको उपस्थिती रहेको थियो ।

उक्त सम्झौता पछि सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।

यी हुन् समझदारीपत्रका मुख्य बुदाँहरु

-सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा ब्यवसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको ब्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बैंक समक्ष सिफारिस गर्ने ।

-गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ ।

-कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ ।

-बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एसएमएस लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ ।

7195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका