जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एशियाबाट भूसाललाई घातक रोग बीमाको १५ लाख

एनआईसी एशियाबाट भूसाललाई घातक रोग बीमाको १५ लाख

एनआईसी एशिया बैंक लिमिटेडकोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख रुपैयाँसम्म बीमा सुविधा प्राप्त हुने गरेकोले त्यसको लाभ अर्घाखाँचीका बुद्धिराम भुसालले हाँसिल गरेका छन् ।

क्यान्सरबाट पीडित बनेका भुसाललाई बैंकले बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ ।

उक्त खाता खालेपछि क्यान्सर लगायतका १८ घातक रोग लागेर पहिचान हुनासाथ खातावालहरुलाई बीमा वापतको रकम १५ लाखको बीमा दावी भुक्तानी गरिने ब्यवस्था बैंकले मिलाएको जनाएको छ । चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा २ निवासी भुसाललाई क्यान्सर रोग लागेको र सो पहिचान हुने बित्तिकै उपचारका लागि बीमा रकम प्रदान गरिएको बैंकले जनाएको छ ।

खाताधारकका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गर्नुभयो ।

आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।

एनआईसी एशियाका १९ लाख ग्राहकहरु रहेको बताईएको छ ।

एनआईसी एशियाका देशभर ३ सय ११ शाखा कार्यालयहरु, ४ सय ४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाई छन् । वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

5650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका