जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नौ वर्षमा पन्ध्र हजारबाट २५ लाखको शेयर पूँजी

नौ वर्षमा पन्ध्र हजारबाट २५ लाखको शेयर पूँजी

पन्ध्र लाख शेयर पूँजीबाट स्थानीय महिलाले शुरु गरेको घट्टेकुलोस्थित सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको नौ वर्षमा रु २५ लाख ३८ हजारको शेयर पूँजी बनाएको छ ।

सो सहकारीले पछिल्ला वर्षमा घाटा न्यूनीकरण गर्दै सुधारको दिशामा आफूलाई रुपान्तरण गर्न प्रयासरत रहेको संस्थाका अध्यक्ष अम्बिका सुवेदीले जानकारी गराइन । संस्थाको २०७६ असार मसान्तसम्मको वार्षिक बासलात प्रतिवेदनमा शेयर पूँजी बढेर रु २५ लाख पुगेको जनाइएको छ ।

संस्थाका कोषाध्यक्ष निरा शर्मा रेग्मीका अनुसार सो अवधिमा साधारण बचत रु ८९ लाख ९३ हजार ३०२, जगेडा तथा अन्य कोषमा रु १७ लाख ९५ हजार ८७, ऋण लगानी रु ८७ लाख १६ हजार ६२७ र अन्य शीर्षकमा गरी रु ११ करोड ८८ लाख चार हजार ८७ कारोवार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा कूल रु सात करोड ८६ लाख एक हजार ५२४ को कारोवार भएको थियो ।

संस्थाको शुक्रबार सम्पन्न नवौँ साधारणसभामा काठमाडौँ महानगरपालिका–२९ अध्यक्ष कुशकुमार ढकालले कतिपय सहकारीमा पदाधिकारीकै बीचमा हुने झगडा, ऋण लिएर व्यवसाय नगर्नेजस्ता समस्या वडा कार्यालयमा आउन थालेको जनाउँदै त्यस्तो प्रवृत्तिबाट बच्न सुझाव दिए ।

पूर्वसांसद कल्याणी रिजाल र नेपाल महिला सङ्घका प्रमुख सल्लाहकार सिर्जना सिहंले सानो पूँजीबाट शुरु भएको सो सहकारीको प्रगतिको कामना गरे । कार्यक्रममा विभिन्न असल बचत र ऋणिलाई पुरस्कृत गरिएको थियो । संस्थामा हाल करिब ३०० सदस्य छन् ।

4735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका