जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकको नाफा ४३ करोड

कामना सेवा विकास बैंकको नाफा ४३ करोड

ब्याज आम्दानी बढेपनि खराब कर्जा उल्लेख्य हुँदा कामना सेवा विकास बैंकको नाफामा भारी गिरावट आएको छ। बैंकको नाफा गत आर्थिक वर्ष अघिल्लो वर्षको तुलनामा २६.९३ प्रतिशतले घटेको हो।

गत वर्ष बैंकले ४३ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ। यो रकम अघिल्लो वर्ष ५९ करोड रुपैयाँ थियो। खराब कर्जा ह्वात्तै बढ्दा र संचालन खर्चको भारले नाफा प्रभावित भएको बैंकले जनाएको छ।

अघिल्लो वर्षको तुलनामा बैंकको प्रोभिजनिङ दोब्बर छ। उसले असार मसान्तसम्म प्रोभिजनिङलाई ५० करोड रुपैयाँ छुट्याएको छ।

निष्कृय कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ। यो अघिल्लो त्रैमासको भन्दा भने कम हो। चैतमा निष्कृय कर्जा ३.२७ प्रतिशत थियो। बैंकले कर्जा बिस्तार गत आर्थिक वर्ष ३.६६ प्रतिशत मात्र गर्न सकेको छ।

नाफा उल्लेख्य घट्दाको असर वितरणयोग्य मुनाफामा परेको छ। अघिल्लो वर्ष १९ करोड ८९ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत वर्ष ५ करोड ८० लाखमा सीमित भएको छ। प्रतिसेयर १.७७ प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता बैंकसँग छैन।

पोहोर उसले अवितरित नाफा कोषबाट झिकेर ४.६४ प्रतिशत लाभांश बाँडेको थियो। सो कोषमा अहिलेको वितरणयोग्य मुनाफाबाहेक रकम छैन। जगेडा कोषको आकार भने ३६.३६ प्रतिशत बढको छ। कोषमा १ अर्ब ४६ करोड रुपैयाँ छ।

नाफा घटेकाले प्रतिसेयर आम्दानी १८.७८ रुपैयाँबाट १३.१४ रुपैयाँमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४६.६ रुपैयाँ कायम छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका