जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ४ करोड लुटने ह्याकर दीपक पक्राउ

४ करोड लुटने ह्याकर दीपक पक्राउ

कृषि विकास बैंकको लाहान शाखाबाट क्रेडिन्सियल सिस्टम ह्याक गरी ४ करोड रकम लुट्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका – २ घर भएका दीपक नेपाललाई एक करोड नगदसहित महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

दीपकले नाईजेरियन र भारतिय नागरिकहरुसँग लामो समयदेखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैंक तथा वित्तिय संस्थाहरूबाट रू.५ अर्व (५० मिलियन डलर) भन्दा बढी रकम ह्याक गरी लुट्ने योजना बनाईरहेका थिए । सोही योजना अनुसार उनले बिभिन्न नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोडभन्दा बढी रकम निकाली ठगी गरेको वारदातमा फरार रहेका थिए ।

४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुष १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

कृषि विकास बैंककाे रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैंकहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले पिटरको खोजी तीव्र बनाएको छ । यसअघि यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको अपराध महाशाखाका सूचना अधिकृत एसपी मुकेशकुमार सिंहले नेपालबहस डटकमलाई बताएका छन् ।

कृषि विकास बैंक स्रोतका अनुसार बैंककाे लाहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा यसअघि नै दुई जना पक्राउ परेका थिए ।

8870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका